सरकारले बाढी पीडितका लागि उपलब्ध गराएको राहत रकम अझै पीडितलाई नदिइएको भन्दै मंगलबार डुडुवा गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
सरकारले गाउँपालिकाको खातामा बाढी पीडितका लागि प्रति परिवार २ हजार १ सय रुपैयाँ राहत उपलब्ध गराएपनि गाउँपालिकाले अझै सम्म वितरण नगरेकाले तालाबन्दी गरिएको बताइएको छ ।
डुडुवा गाउँपालिका वडा नं. ३ का बासिन्दाले वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।