माघ ११ गतेदेखि आयोजना हुने प्रादेशिक महोत्सवका लागि गठित २२ वटा उपसमितिले आफ्नो जिम्मेवारीलाई सक्रियतापूर्वक निर्वाह गरिरहेको जनाएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ २२ गतेसम्म आयोजना हुने प्रादेशिक महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको मूल समिति संयोजक नन्दलाल वैश्यले जानकारी दिए । ‘सबै समितिहरु पूर्ण रुपमा सक्रिय भएर तयारीका कामहरु गरिरहेका छन्’, दैनिक नेपालगन्ज स“ग कुरा गर्दै आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका मूल समिति संयोजक वैश्यले सोमबार भने, ‘स्टल बुकिङ्ग सकिएको छ ।’ वैश्यका अनुसार, स्टल तयारी पनि पूरा भएको छ ।
संघले प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीको संयोजकत्वमा स्टल बुकिङ्ग व्यवस्थापन उपसमिति बनाएको छ । महोत्सवको सम्पूर्ण सुरक्षा व्यवस्थापनको जिम्मा पनि उपाध्यक्ष मन्सुरीलाई नै छ । ‘सुरक्षाका हरसम्भव उपायहरु अपनाइएका छन्’, उपाध्यक्ष मन्सुरीले स्टल बुकिङ्गको जिम्मेवारी पूरा भएको जानकारी दिंदै भने । अर्का उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीले निर्माण तथा स्वागत द्वार व्यवस्थापनको नेतृत्व लिएका छन् । महासचिव अजय कुमार टण्डनको नेतृत्वमा सचिवलय सक्रिय रहेको प्रचार संयोजक, संघका वरिष्ठ सदस्य बसन्त लामिछानेले जानकारी दिए ।
उपमहासचिव तारा कुमारी खत्रीले ब्याच तथा प्रवेश पास व्यवस्थापन उपसमिति सम्हालेकी छन् भने कोषाध्यक्ष आदेश कुमार अग्रवालको जिम्मेवारीमा सम्पूर्ण आर्थिक व्यवस्थापन छ । ‘टिकट व्यवस्थापनको जिम्मेवारी पनि कोषाध्यक्ष अग्रवालको छ’, प्रचार संयोजक लामिछानेले भने । संघका प्रवक्ता अभय कुमार बस्नेतले स्मारिका प्रकाशन व्यवस्थापनमा आफ्नो जिम्मेवारी सम्हालेका छन् । स्मारिकाका लागि वरिष्ठ स्रष्टा सनत रेग्मीको नेतृत्वमा सम्पादकीय टिम समेत बनाइएको छ ।
आयोजनालाई भव्यता दिन विभिन्न २२ वटा उपसमिति बनाइएको संघले जनाएको छ । तपेन्द्र विक्रम शाह र श्याम सुन्दर अधिकारीले सांस्कृतिक व्यवस्थापन गरिरहेका छन् । धु्रव दाहालले स्वास्थ्य तथा सरसफाई व्यवस्थापन, रोहित टण्डनले पर्यटन तथा खेलकुद प्रदर्शनी, अब्दुल वाहिद अन्सारी नगर सजावट देखि खानेपानी, विद्युत व्यवस्थापन सम्मको जिम्मेवारीमा छन् । हरिश्चन्द्र श्रेष्ठ पार्किङ्ग तथा यातायात व्यवस्थापन, टंक धामी प्रचार र्याली, झा“की व्यवस्थापन, मञ्च सजावट, उद्घाटन तथा समापन कार्यक्रम व्यवस्थापन उपसमिति र सुनिल सिंघलले प्रायोजक संकलन उपसमितिको कमाण्ड सम्हालेका छन् ।
एशोसिएट सदस्य कन्हैयालाल वैद्यले निर्देशन व्यवस्थापन र संजय कुमार जैनले जडिबुटी प्रदर्शनको जिम्मेवारी लिएका छन् । सम्बद्ध सदस्य नारायण प्रसाद ज्ञवालीले पुरस्कार तथा रमेश बहादुर शाहले कृषि तथा जडिबुटी व्यवस्थापन उपसमितिको नेतृत्व गरेको संघले जनाएको छ । ‘सबै संयोजकहरु अहोरात्र खटेर महोत्सवलाई भव्यता दिनेमा केन्द्रित हुनुहुन्छ’, अध्यक्ष वैश्यले भने । सदस्यहरु रमारानी गुप्ता, विन्दु चर्तिमगर, रोमनाथ न्यौपाने र सलाउद्दिन जसगढले क्रमशः महिला, लघु उद्यम तथा हस्तकला प्रदर्शनी, स्वागत तथा अतिथि सत्कार, तथ्यांक संकलन र बाल उद्यान व्यवस्थापनको जिम्मा लिएर कार्यसम्पादन गरिरहेको संघले जनाएको छ ।
‘प्रत्येक नेतृत्वले आ–आफ्नो जिम्मेवारी ठिक ढंगले निर्वाह गरेका कारण महोत्सवको भव्यतामा कुनै कसर बाकी राखिने छैन’, प्रचार संयोजक लामिछानेले तयारी तिव्र ढंगले अगाडी बढिरहेको जानकारी दिंदै भने । कारकादो स्थित सडक डिभिजनको जग्गामा संघले बहुउद्देश्यीय सभा–गृह तथा प्रदर्शनी स्थल निर्माण गर्ने लगायतको उद्देश्य राखेर महोत्सवको आयोजना गर्न लागिएको हो ।
राष्ट्रिय कलाकार सुनिश्चित
प्रादेशिक महोत्सव–२०७४ चर्चित राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् । महोत्सवका लागि नेपालगन्ज उद्योग वाणिज्य संघको सांस्कृतिक उपसमितिले महोत्सवमा कलाकारहरुको प्रस्तुति सुनिश्चित गरेको हो ।
‘अन्जु पन्त, सुगम पोख्रेल, राजनराज सिवाकोटी, प्रमोद खरेल, पशुपति शर्मा, रामजी खांड, खुमनअधिकारी, ज्योती मगर लगायत स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहनेछ’, सांस्कृतिक उपसमितिले सोमबार दिएको जानकारीमा उल्लेख छ ।
अमेरिकी ब्याण्डका पाहुना कलाकार, चचिृत डान्सर कार्टुन क्रियुको बिशेष प्रस्तुती र माग्ने बुढा, ज्योती काफ्ले, कमल गाउ“ले राजा राजेन्द्र, दिनेश काफ्लेले आ–आफ्नो प्रस्तुति दिने सांस्कृतिक उपसमितिले जानकारी दिएको छ । महोत्सवमा स्थानीय कलाकारहरुको प्रतिभा उजागर समेत गरिने भएको छ । त्यसका लागि ‘राही मार्ट डान्सीङ्ग स्टार’ आयोजना गर्न लागिएको सांस्कृतिक उपसमितिले जनाएको छ । उक्त प्रतियोगिता विजेतालाई १ लाख रुपैया“ नगद पुरस्कारको व्यवस्था समेत गरिएको छ ।