३० करोड लागतमा नेपालगन्जमा अत्याधुनिक रंगशाला बन्ने निश्चित

नेपालगन्जमा अत्याधुनिक रंगशाला निर्माण हुने भएको छ । झण्डै 30 करोड लागत अनुमान गरिएको अत्याधुनिक रंगशाला निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्न लागिएको हो ।

 

 

‘सम्भवत शुक्रबार नै टेण्डर आव्हान हुन्छ’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्ज सग भने, ‘राखेपले रंगशालाको मोडालिटि फाइनल गरिसकेको छ ।’ राखेप सदस्य सचिव केशव विष्टले बिहीबार नै उक्त कुराको खुलासा गरेका हुन् । ‘ट्रयाक एण्ड फिल्ड सहितको रंगशाला बनाइने भएको छ’, सदस्य सचिव विष्टले भने । यसअघि रंगशाला मात्रै बनाउने कि ट्रयाक एण्ड फिल्ड सहितको बनाउने भन्ने बारे नेपालगन्जमा चर्को विवाद उत्पन्न भएको थियो ।

 

 

फुटबल खेलसग जोडिएकाहरुले विशुद्ध रंगशालालाई जोड दिंदै आएका थिए भने एथलेक्टिस लगायतका खेलकर्मीहरुले ट्रयाक एण्ड फिल्ड सहितको रंगशाला निर्माणमा दबाब दिएका थिए । कतिपयले ‘तालिम केन्द्र बनाउने कि रंगशाला ?’ भन्दै पौने अर्ब बढीको लगानीमा प्रस्ताव गरिएको रंगशालामा जोड दिएका थिए । तर, एथलेक्टिस लगायतका खेलकर्मीहरुले सबै खेलको विकासमा जोड दिनुपर्ने भन्दै ट्रयाक एण्ड फिल्डको वकालत गरेका थिए ।

 
‘राष्ट्रिय खेलकुद समयमै’
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्व निर्धारित समयमै आयोजना गर्ने प्रतिबद्धता दोहोर्याइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बिहीबार नेपालगन्जका सञ्चारकर्मीहरुस“ग कुरा गर्दै भने, ‘हरेक दृष्टिबाट पूर्वनिर्धारित समयमै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भैरहेको छ ।’
बर्दियामा आयोजित राखेप च्याम्पियनशीप कबड्डी प्रतियोगिता समापन गरेर फर्किएका सदस्य सचिव विष्टस“ग अगुवा सञ्चारकर्मीहरुले संक्षिप्त अन्तरक्रिया गरेका हुन् ।

 

 

‘माघ २३ गतेभित्र नेपालगन्जमा आठौंको सचिवालय, लोगो, गीत र नाराको टुंगो लगाइसक्छौं’, सदस्य सचिव विष्टले सञ्चारकर्मीहरुलाई आश्वस्त पार्दै भने, ‘सरकारले समयमै पूर्वाधारका लागि आवश्यक बजेट उपलब्ध गराओस् भन्ने कुरामा तपाईहरुको पनि सतर्कता आवश्यक छ ।’

 

 
सदस्य सचिव विष्टले ६ देखि ९ महिनाभित्र भौतिक पूर्वाधारका कामहरु सक्ने गरी टेण्डर तयारी पनि भैरहेको जानकारी दिंदै भने, ‘निर्माण कार्यलाई जसरी हुन्छ समयमै सक्ने गरी योजनाबनाइएको छ ।’ सदस्य सचिव विष्टले कर्मचारीतन्त्रको जर्जरताले मन्त्रालयबाट आउने बजेटको प्रक्रिया आफैमा एउटा समस्याका रुपमा औंल्याए । ‘समयमै तोकिएको बजेट आइदिनेहो भने समयमै निर्माण कार्य पूरा गर्न सकिन्थ्यो’, विष्टले भने ।

 

 
त्यसअघि बुधबार नेपालगन्जमै खेल प्राविधिकहरुस“ग आयोजनाका विविध प्राविधिक पक्षहरुबारे सदस्य सचिव विष्टले छलफल आयोजना गरेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । अध्यक्ष ओलीका अनुसार, सदस्य सचिव विष्टको प्रमुख आतिथ्यतामा बिहीबार बर्दियामा राष्ट्रिय कबड्डी प्रतियोगिता समापन समारोह आयोजना गरियो । अध्यक्ष ओलीले आठौंलाई मध्यनजर खेलकुदका राष्ट्रिय आयोजना नेपालगन्जको सेरोफेरोमा जोड गरिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया