सदरलाइन विस्तार अन्तिम चरणमा, घर भत्काउने लिखित सहमति प्रस्ताव पनि स्वीकार

पुष २५ गते – नेपालगञ्ज त्रिभुवन चौक–त्रिवेणीमोड (सदरलाइन) सडक विस्तार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एशियाली बिकास बैंकको सहयोगमा नेपालगञ्जमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत अब चाँडै सडक तथा नाला निर्माण हुँदैछ ।

 

 

सदरलाईन सडक विस्तारमा देखीएको विवाद र निकास बारे सम्वाद समूह बाँकेले पटक पटक गरेको सम्वाद प्रक्रियापछि घरधनीहरु स्वस्फुर्त घर भत्काइरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज उद्योग वाणीज्य संघ, सम्वद्ध वडा अध्यक्ष, सरोकारवाला घर धनी लगायतसँगको सम्वाद प्रक्रिया पछि सबै पक्ष उत्साही मात्र हैन, सडक विस्तारमा अग्रसर पनि देखीएका हुन् । स्वस्फुर्त घर÷पसल भत्काउन सामुहिक तयार भइसकेतापनि परियोजनाले फेरी प्रत्येकसँग छुट्टा छुटटै लीखीत सहमती माग्ने(फर्म भर्ने) जनाएपछि देखिएको अन्यौलतापनि सम्वाद समूहको सहजीकरण पछि सहज भएको छ । परियोजनाको फर्ममा घरको पेटी( वरान्डा, पर्खाल)एवं सेड व्याक एक फुट छोडने र घर वराण्डाको दोस्रो पीलर नभत्काउने गरि यस अघि भएको सहमतीलाई कार्यान्वयन गर्न विनाशर्त राजी खुसी छौं भन्ने लिखीत हस्ताक्षर सहितको प्रतिवद्धता मागीएको छ ।

 

 
समूहका सहजकर्ता शुक्रऋषि चौलागाईको अग्रसरतामा आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाको समुपस्थितीमा बसेको वडा अध्यक्ष र घरधनीसँगको सम्वादमा अधिकांसले घर भत्काइसकेकाले औपचारिक(लिखीत) प्रतिवद्धता गर्न कुनै कन्जुस्याई नगर्ने घरधनीले जनाएका हुन् । उपमहानगरपालिकाका प्रमुख राणाले सरकारी प्रक्रिया, कानूनी÷प्रविधिक चुनौतीका कारण केही ढिलाई भएपनि अब पर्खन पर्ने र छुट्टै सहमती गर्ने अवस्था नआउने स्पष्ट पार्नु भयो । यसैवीच फर्म भर्न आवश्यक सहजीकरणका लागि वडा अध्यक्षहरु उज्वलसिंह राठौर, मों अयूव सिद्धीकी, सुरेन्द्र गुप्तासहितको ११ सदस्यीय समन्वय समिति समेत निर्माण गरिएको छ ।

 

 
दुई सय १९ घर धुरी रहेको सदरलाईन क्षेत्रमा फरम भर्न सहज बातावरण सिर्जनाका लागि स्वयं नगर प्रमुख राणा, उपप्रमुख उमाथापा मगर, अगुवा उद्योगी÷व्यवसायी सहीतको टोली पनि केही बेर खटीएको थियो । परियोजनाका टिम लिडर डा जनार्दन आचार्य, इन्जीनियनर शैलेन्द्र महजर्नसहितको एउटा टिम भने आज दिनभर घरधनी भेटन र फारम भर्न व्यस्त रह्यो । हस्ताक्षरसहितको सहमती गर्नु पर्ने अनीवायर्ततालाई पुरा गर्न क्रियाशिल रहेको इन्जीनियर महजर्नले बताउनु भयो । सदरलाइन सडक विस्तारको कामको जिम्मा(ठेक्क) यस अघि नगरको सडक तथा ढल निर्माण गरिसकेको वहुचर्चित कम्पनि कालिका कन्सट्रक्शनले पाएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया