सोमबार पक्राउ परेका डा। गोविन्द केसीलाई रिहा गर्न माग गर्दै देशभर प्रदर्शन गरिएको छ । त्यसक्रममा नेपालगन्जमा मंगलवार पनि युवाहरुले डा। केसीको रिहाइ माग्दै प्रदर्शन गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालका प्रा। डा। गोविन्द केसी विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज बयान भएको छ । बयानका क्रममा डा। केसीले आफुले नभई प्रधानन्यायधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बताएका थिए ।
केसी आज पनि हिरासतमै रहने छन् ।