महोत्सव : प्राथमिकतामा स्थानीय उद्योग

नेपालगन्ज उद्योग वाणिज्य संघले पहिलो पटक आयोजना गर्न लागेको प्रादेशिक स्तरको महोत्सवमा स्थानीय उद्योगलाई प्राथमिकतामा राखेको जनाएको छ । यसअघि क्षेत्रीय स्तरमा आयोजना गरिएको औद्योगिक व्यापार महोत्सवलाई यसपटक प्रादेशिक स्तरमा गर्न लागिएकाले स्थानीय उद्योग आयोजनाको प्राथमिकतामा परेको आयोजकको भनाइ छ ।

 

‘हाम्रो उद्देश्य स्थानीय, उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नु नै हो’, संघका कार्यवाहक अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सोमबार अगुवा सञ्चारकर्मीहरुस“गको अन्तरक्रियामा भने । संघमा उद्योग तर्फको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका मन्सुरीले मुख्य प्रायोजकदेखि सहप्रायोजक सम्म स्थानीय उद्योगहरुलाई नै प्राथमिकता दिइएको तर्क गर्दै भने, ‘हाम्रो उद्देश्य नै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु हो ।’ महोत्सवलाई जय मंगलम सिमेन्ट प्रा.लि.ले मुख्य प्रायोजन गरिरहेको छ भने केएल दुगड उपमुख्य प्रायोजकका रुपमा साझेदारी गरिरहेको छ ।

 

शिखर प्लाइ उड इन्डष्ट्रिज देखि नेपालगन्ज मेडिकल कलेज सम्मले महोत्सवमा सहप्रायोजकका रुपमा सहयोग गरेको जानकारी दिंदै मन्सुरीले भने, ‘समग्रमा स्थानीय उद्योग, व्यवसायको प्रवद्र्धन नै यो आयोजनाको उद्देश्य हो ।’ महोत्सवका प्रचार प्रमुख बसन्त लामिछानेका अनुसार, महोत्सवलाई अभूतपूर्व ढंगले सफल बनाउन प्रचार अभियानलाई तिव्रता दिइएको छ । प्रदेश नं. ५ को अग्रणी आयोजनाका रुपमा लैजान विभिन्न जिल्लामा प्रचार सामाग्रीहरु पुर्याउने काम भैरहेको प्रचार प्रमुख लामिछानेको भनाइ थियो । ‘हामी प्रचारका हरसम्भव माध्यमहरुलाई गतिशिल ढंगले प्रयोग गर्दैछौं’, प्रचार उपप्रमुख चिरञ्जीवि ओलीले भने ।

 

प्रचार अभियानलाई तिव्रता दिन र सार्थक बनाउन महोत्सव प्रचार उपसमितिले जिल्लाका अगुवा ञ्चारकर्मीहरुसग नेपालगन्जमा सोमबार अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाकेका अध्यक्ष ठाकुर सिंह थारुले आयोजनाले व्यापारी र उपभोक्ता बीचको दुरी कम गर्ने उपाय खोज्नुपर्ने सुझाए । ‘त्यसका लागि यथासम्भव अन्तरक्रिया पनि गर्नुस्’, अध्यक्ष थारुले भने, ‘उपभोक्ताहरु सीमापारी किन जादैछन् भन्ने कुराको खोजी पनि यसखालका महोत्सवबाट गर्नु जरुरी छ ।’

 

महासंघका पूर्व शाखा अध्यक्ष समेत रहेका निवर्तमान केन्द्रीय सदस्य झलक गैरेले प्रदेश नं. ५ को आर्थिक समृद्धिलाई नेपालगन्जले निर्देशित गर्न सक्नुपर्ने बताए । ‘त्यसका लागि प्रादेशिक महोत्सवमा बौद्धिक बहस जरुरी छ’, गैरेले आयोजकलाई सुझाव दिंदै भने, ‘अब पनि परम्परागत ढंगका आयोजनाहरु बाट अपेक्षित परिणाम सम्भव छैन ।’

 

पूर्व अध्यक्ष हेमन्त कर्माचार्यले नाफामूखि भन्दा स्थानीय उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्य आयोजकको हुनुपर्ने बताए । ‘कृषि उद्यमलाई फोकस गरेर महोत्सवलाई परिणामूखि बनाउनुहोस्’, पत्रकार कर्माचार्यले भने, ‘अब आयोजनाका शैली परिवर्तन गरिनुपर्छ ।’ कर्माचार्यले महोत्सवमा आउने दर्शकहरुको ‘मोटिभ चेन्ज’ गर्ने खालका आयोजनाहरु जरुरी भएको बताए । महासंघका पूर्व अध्यक्ष निरज गौतम, शुक्रऋषि चौलागाई, रुद्र सुवेदी, पत्रकार दामोदर भण्डारी लगायतले आयोजनाका विविध पक्षबारे सुझाव दिएका थिए ।

उद्देश्य, ‘आयात विस्थापन’

नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी माघ ११ गतेदेखि हुने प्रादेशिक महोत्सवलाई ‘आयात विस्थापनको उद्देश्य’ का लागि आयोजना गर्न लागिएको जनाएको छ ।

 

राजधानी काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी आयोजक मूल समितिका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘यो आयोजनाले आयात विस्थापन र निर्यात प्रवद्र्धनलाई लक्ष्य बनाएको छ ।’ पहिलो पटक नेपालगन्जमा प्रादेशिक महोत्सव २०७४ गर्न लागेको जानकारी दिंदै अध्यक्ष वैश्यले भने, ‘यद्यपि केही स्रोत संकलन गरेर नेपालगन्जमा बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माणको सपना साकार पार्न खोजिएको छ ।’

 

नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जग्गामा बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ महोत्सव आयोजना गर्न लागिएको जानकारी अध्यक्ष वैश्यले भने, ‘यसको निर्माण संघ एक्लैले गर्न सक्दैन ।’ अध्यक्ष वैश्यले सभागृह र प्रर्शनीस्थल निर्माणको लागि नेपाल सरकार समक्ष सहयोग लागि आग्रह गर्दै भने, ‘यसमा सरकारले पूर्ण रुपमा प्रतिबद्ध भएर निर्माण कार्य अगाडी बढाउनु पर्छ ।’ माघ ११ गते देखि २२ गतेसम्म महोत्सव सञ्चालन तयारी भैरहेको छ ।

 
पत्रकार सम्मेलनमा अध्यक्ष वैश्यले जडिबुटी, पर्यटन, कृषि उत्पादनको प्रर्बद्धनको लागि महोत्सव गर्न लागेको जानकारी गराउ“दै नेपाली उत्पादनलाई प्रचारप्रसार गरी आयातलाई विस्थापत गर्दै निर्यात बढाउने महोत्सवको उद्देश्य रहेको बताए ।अध्यक्ष वैश्यले सिमेन्टमा नेपाल आत्मानिर्भर हुने अवस्थाको रहेको बताउदै नेपाल उत्पादनको प्रचार प्रसार गर्नु महोत्सवको उद्देश्य रहेको बताए । उनले महोत्सवमा ३ स्टल रहने र १ करोड बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।

 
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अब आयोजना हुन लागेको महोत्सव ७ औं भएको बताए । उनले प्रदेश नं. ५ मा लगानी भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना हुन लागेको बताए । प्रदेश ५ को कला, संस्कृति, परम्परा, संकारलाई महोत्सवमा मार्फत देश विदेश सम्म पु¥याउने श्रेष्ठको भनाइ थियो ।

 

नेपाल उद्योग बाणिज्य महासंघका मेला संयोजक दिलचन्द श्रेष्ठले महासंघले नेपालगन्जमा आयोजना हुने महोत्सवमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आयातमुखी अर्थतन्त्र लाई निर्यात मुखी बनाउनको लागि त्यस्ता महोत्सव सार्थक हुने बताए । पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग वाणिज्य संघका उपमहासचिव तारादेवी रोकाय, कोषाध्यक्ष आदेश अग्रवाल, प्रेस सल्लाहकार सुरेन्द्र काफ्ले लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया