नेपालगन्ज उपमहानगरपालिकामा कर्मचारी भर्नाको विषयलाई लिएर विवाद सिर्जना भएको छ । महत्वपूर्ण निर्णयहरु बोर्ड बैठकले गर्नुपर्नेमा आफुखुशी गर्दै गैरहेको आरोप लगाउँदै वडाध्यक्षहरु आक्रोशित भएका हुन् ।
वडाध्यक्षहरुले स्वास्थ्य कर्मचारी भर्ना सम्बन्धमा मनोमानी गर्न खोजिएको र उपमहानगरपालिका बोर्डलाई त्यसबारे कुनै जानकारी नै नदिएको भन्दै २४ घण्टा भित्र बोर्ड बैठक राखी जानकारी दिन अन्यथा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी वडाध्यक्षहरुले दिएका हुन् ।