मूल्यवृद्धिको विरोधमा विद्यार्थी आन्दोलित, विपीचोकमा चक्काजाम

विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपालगन्जको विपीचोकमा प्रदर्शन गरेका छन् ।

त्यसक्रममा बुधबार विद्यार्थीहरुले मूल्य वृद्धि गरेकोमा सरकार विरुद्ध नाराबाजी गर्दै एक घण्टा चक्का जाम समेत गरेका थिए । त्यसक्रममा विद्यार्थीहरुले काठमाडौंमा विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोमा विरोध समेत गरेका थिए ।

चक्काजाम सहितको आन्दोलनमा विद्यार्थीहरु अनेरास्ववियु बाके अध्यक्ष मोहित शाह, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तुल्सीमणि केसी, विद्यार्थी नेता टेकेन्द्र, सुरेन्द्र शाही लगायत सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया