नेपालगन्जमा के गर्दैछन् पूर्व राजा ?

सपरिवार बिहीबार नेपालगन्ज आइपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबारदेखि भेटघाट, छलफल सुरु गरेका छन् । त्यसक्रममा शुक्रबार नेपालगन्जका उद्योगी, व्यवसायी, विभिन्न नागरिक समाजका अगुवाहरु स“ग भेटघाट गरेका हुन् ।
सम्बद्ध स्रोतका अनुसार, पूर्व राजा ज्ञानेन्द्रको भेटघाट नितान्त पश्चिम नेपालको व्यवसायिक अवस्था र भविष्यको सम्भावना सग जोडिएर हुने गरेको छ । ‘उहासगका भेटघाट नितान्त पर्यटकीय विकासको सम्भावनासग जोडिएर राखिएको चासोपूर्ण छन्’, झण्डै डेढ घण्टा अन्तरक्रियामा सहभागी युवा व्यवसायी देवानन्द अर्यालले दैनिक नेपालगन्जसग भने, ‘विशुद्ध व्यवसायिक उद्देश्य देखिएको छ ।’
उद्योगपति कन्हैयालाल वैद्यले व्यवसायिक क्षेत्रका जिज्ञासाहरु धैर्यपूर्वक सुनेका पूर्व राजा ज्ञानेन्द्र पश्चिमको पर्यटकीय सम्भावनास“ग जोडिएका कुरा जान्न चाहेको बताए । ‘उहा हामीसग धारणा बुझ्ने काम मात्र गर्नुभयो’, उद्योगपति वैद्यले निकै सरल ढंगले प्रस्तुत भएका पूर्व राजा फोटोसेसन देखि अंकमाल गर्नेसम्मका व्यवहारबाट सबैस“ग नजिकिएको अनुभूत गरेको बताउ“दै भने, ‘उहा“ले आफ्नो धारणा भने राख्नु भएन ।’

 

 

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले यस क्षेत्रका उद्योगी, व्यवसायीहरुसग पूर्व राजा ज्ञानेन्द्रले खुलेर अन्तरक्रिया गरेको बताए । ‘नेपालगन्जको विकास देखि पश्चिम क्षेत्रको सम्भावनासग जोडिएर व्यवसायिक क्षेत्रका प्रतिनिधिहरुले उहा समक्ष धारणा राखे’, अध्यक्ष वैश्यले दैनिक नेपालगन्ज सग भने, ‘राजनीतिक भन्दा विकास र पर्यटकीय सम्भावनाका कुरा नै बढी भए ।’

 

 

संघका पूर्व प्रवक्ता, आइटी व्यवसायी सञ्जय थापाले पनि पूर्व राजा ज्ञानेन्द्रको उद्देश्य यस क्षेत्रका व्यवसायिक अगुवाहरुस“ग पर्यटकीय सम्भावना बुझ्ने नै रहेको बताए । ‘मध्य र सुदूरपश्चिमाञ्चलका पर्यटकीय क्षेत्रलाई गन्तव्यका रुपमा विकास गर्न होटल सोल्टीको व्यवस्थापनले व्यवसायीहरुसग अन्तरक्रिया गर्न चाहेको’ धारणा राख्दै थापाले भने, ‘त्यसबाहेकको अरु उद्देश्य महसुस भएन ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाई, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, उद्योगपति प्रदिप छाजेड, सञ्जय जैन, संघका महासचिव अजय टण्डन, प्रवक्ता अभय बस्नेत, कानुनी सल्लाहकार विश्वजित तिवारी लगायतको टोली अन्तरक्रियामा पुगेको थियो ।
सम्बद्ध स्रोतका अनुसार, सबैसग सामूहिक र व्यक्तिगत तस्वीरका लागि सहजै तयार भएका उनी सुरक्षाकर्मीको अवरोधलाई आफै टाढा सारेका देखिन्थ्ये । ‘उनी व्यवसायिक व्यक्तित्वका रुपमा आफुलाई प्रस्तुत गरिरहेका थिए’, कार्यक्रमका सहभागीले दैनिक नेपालगन्जसग भने, ‘प्रतिस्पर्धा भन्दा बजार बिस्तारमा उनीहरुको रुचि देखिन्थ्यो ।’
प्रत्येकलाई व्यक्तिगत रुपमै स्वागतमा प्रस्तुत भएका पूर्व राजा ज्ञानेन्द्रको व्यवहारलाई एक उद्योगपतिले धारणा राख्दै भने, ‘उनले हामीलाई मेहमान (पाहुना)का रुपमा राम्रै मेजमानी गरे ।’

 

होटल व्यवस्थापनका तर्फबाट रविभक्त श्रेष्ठ, राजेश श्रेष्ठ, दिनेश विष्ट, इन्द्र खड्का लगायतले सहभागी रहेको अन्तरक्रियामा बाकेका विशेषत व्यवसायिक क्षेत्रका अगुवाहरु सहभागी थिए । औपचारिक अन्तरक्रिया अघि पूर्व राजा ज्ञानेन्द्र व्यक्तिगत भेटघाटमा सक्रिय रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया