आज पूर्व राजा ज्ञानेन्द्र नेपालगन्ज आउँदै, स्वागतको तयारी

पूर्व राजा ज्ञानेन्द्र शाह आज बिहीबार पश्चिम नेपाल भ्रमणका लागि नेपालगन्ज आउने भएका छन् ।
नेपालगन्जमा जनवरी १ देखि सञ्चालनमा आउन लागेको होटल सोल्टीको उद्घाटन समेत गर्ने कार्यक्रम सहित पूर्व राजा ज्ञानेन्द्र नेपालगन्ज आउन लागेका हुन् । ‘भ्रमण तालिका साथ पूर्व राजा आज नेपालगन्ज आइपुग्ने कार्यक्रम छ’, बा“के प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले दैनिक नेपालगन्ज स“ग भने, ‘धेरै कुरा हामीलाई पनि जानकारी दिइएको छैन ।’ सुरक्षा स्रोतका अनुसार, दुई दिनअघि देखि नै होटल सोल्टीलाई सुरक्षा संवेदनशीलताका साथ सुरक्षा निकायले निगरानीमा राखेको छ ।

 

पूर्व राजा नेपालगन्ज आउने खबर स“गै राजावादीहरुले संगठित रुपमा दिउ“सो ३ बजे नेपालगन्ज विमानस्थलमा स्वागत कार्यक्रम राखेका छन् । अधिवक्ता दिपक बहादुर सिंहको संयोजकत्वमा २ सय १ सदस्यीय देशभक्त नागरिक स्वागत मूल समारोह समिति गठन गरेका उनीहरुले अन्तरक्रियात्मक भेटघाट पनि गर्ने बताइएको छ । नेपाल विद्त परिषद्का उपाध्यक्ष सिंहको संयोजकत्वमा गठित स्वागत मूल समारोहमा अधिवक्ता भुवन कृष्ण श्रेष्ठ सहसंयोजक र मख्खन कुमार नाग कोषाध्यक्ष रहेको बताइएको छ । पूर्व राजाको स्वागतमा राप्रपा र राप्रपा प्रजातान्त्रिकका कार्यकर्ता पनि स्वागतका लागि जाने बताएका छन् ।

 

पूर्व राजा ज्ञानेन्द्र यसबीच प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा पुजाअर्चना गर्नेदेखि पर्यटकीय गन्तव्य बर्दियाको ठाकुुरद्वारामा विश्रामका लागि जाने कार्यक्रम समेत रहेको बताइएको छ । उनी एकसाता नेपालगन्ज टुर मुकाम बनाएर राजनीतिक, आध्यात्मिक र निजी अनौपचारिक भ्रमण गर्दैछन् ।

प्रतिक्रिया

प्रतिक्रिया