बाकेमै नेपालगन्ज राजधानीको माग सशक्त हुन नसकी रहदा बर्दियाले नेपालगन्ज राजधानीको मागलाई जोडदार ढंगले उठाएको छ ।
प्रदेश नं. ५ को राजधानी हरेक दृष्टिले नेपालगन्ज उपयुक्त हुने भन्दै बर्दियाका नागरिक तथा राजनीतिक अगुवाहरुले औपचारिक रुपमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्जलाई तोक्नुपर्ने माग अघि सार्दै त्यसो नगरिए बर्दियालाई ६ नम्बर प्रदेशमा गाभ्न चेतावनी दिएका छन् । मंगलबार बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गर्दै उनीहरुले आन्दोलनको चेतावनी पनि दिए ।
काग्रेस नेता विद्याप्रसाद खनाल, तेजबहादुर भाट, पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताल, कमलप्रसाद रेग्मी लगायतले बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउदै प्रदेश नम्बर ५को मुख्य तथा पुरानो व्यापारिक केन्द्र नेपालगन्जलाई प्रदेशको राजधानी तोक्नुपर्ने माग अघि सारेका हुन् ।
पिछडिएको समुदाय थारु, मधेशी सबैको सबैको सहज पहुचका लागि पनि नेपालगन्ज नै राजधानीका लागि उपयुक्त हुने तर्क अघि सार्दै उनीहरुले बुटवल वा दाङ्ग राजधानी तोके आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिए ।
प्रजिअ भट्टराईले प्राप्त ज्ञापन पत्र तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाइएको जानकारी दिएका थिए ।