बाके नरैनापुर जहा वडाध्यक्षलाई थाहा छैन बजेट र योजना किन ? पढ्नुस्

बाँके नरैनापुर गाउँपालिकाको गाउँसभा झण्डै तीन महिना ढिला गरि भयो । विवादको जरो थियो, कार्यकारी अधिकृत मित्रलाल भट्टराईले प्राप्त गरेको ५५ लाख रुपैया । कार्यालय ब्यवस्थापनका लागि आएको ५५ लाख मध्ये २५ लाख बराबरको सामाग्री खरीद गरेर वडा कार्यालयमा पठाएको दावी गर्दै आएका कार्यकारी भट्टराईको कुरामा कुनै वडा अध्यक्षको साथ समर्थन भएन । लामो समय अनियमितताको अरोपमा भौतारिएका कार्यकारी अधिकृत भित्र भित्रै कुरो मिलाएपछि उनको २५ लाख अनियमितता थाहै नदिई पारित भयो ।

 

‘गाउँसभामा ढिलाईको मुख्य कारण नै कार्यकारी भट्टराईको २५ लाख थियो’, स्थानीय गोबरे खाँले भने, ‘पछि नेताहरु संग कुरो मिल्यो र समस्या समाधान भयो ।’ विभिन्न सकसपछि मंसिर १३ गते झारो टार्ने हिसाबको गाउँसभा भयो । ३५ हजार मतदाता रहेको नरैनापुर गाउँपालिकामा गाउँसभामा ३५० ब्यक्ति पनि सहभागी थिएनन् ।

 

गाउँसभामा न बजेटको कुरा कसैले थाहा पाए न योजनाको नै । वडा अध्यक्षहरु अहिले सम्म पनि आफ्नो वडाको योजना र बजेट बारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । नरैनापुर गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले वडामा आएको बजेट बारे जानकारी नरहेको बताए । ‘गाउँपालिका अध्यक्षले आफ्नै किसिमले बजेट तयार गरेका
छन्’, मौर्यले भने, ‘जनमुखी योजनाको बजेट नदिएपछि मैले बजेट माथि चासो राख्ने काम बन्द गरेको हुँ ।’

 

मौर्यले बाँध र केहि ग्राभेल सडक योजना बारे आफुलाई मात्र जानकारी रहेको बताए । उनले गाउँसभामा बजेटको कुनै कुरा नभएको र हाल सम्म कुनै लिखित सूचना प्राप्त नभएकोले बजेट बारे जानकारी हुन नसकेको बताएका छन् । नीति, योजना, कार्यक्रम, बजेट बारे केहि थाहा हुन सकेन गाउँसभामा सहभागी उदयराज यादवले भने, ‘कार्यकारी अधिकृत भट्टराईले तयार गरेको सामान्य योजनाहरु पढेर सुनाइयो, वडाको बजेट, कुन योजनामा कस्तो लगानी केहि थाहा भएन ।’

 

‘नरैनापुर गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष दिनेश प्रसाद शर्मा भन्छन्, माँग भएका मुख्य योजनाहरु कटौती भए । प्रष्ट बजेट विवरण छैन’, उनले भने, ‘योजना अनुसार बजेट आउने कुरो तय भएको हो ।’ गाउँपालिकाको सबै भन्दा बढि बजेट वडा नं.२ मा छ । गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहका भाई मसूद अहमद शाह भएकोले सबै भन्दा बढि बजेट २ करोड ६९ लाख रुपैया वडा नं.२ मा गएको वडा अध्यक्षहरुको आरोप छ ।

 

३२ करोडको बजेट पारित भएको नरैनापुर गाउँपालिकामा ६ वटै वडाको हिसाबले बजेट बाँडफाँड नभएको कार्यकारी अधिकृत मित्रलाल भट्टराईले बताए । उनले भने, हामीले नियम बमोजिम बाहेक कुनै काम कारवाही गरेका छैनौं ।
‘योजना अनुसार नै बजेट बाँडफाँड गर्ने, परिपत्र अनुसार बजेट दिने योजना छ’, भट्टराईले भने, ‘वडालाई यति बजेट भनेर कसैले दिएको छ भने त्यो कानून विपरीतको काम हो ।’ उनले सबै बजेट गाउँपालिकाको कार्यालयमा रहने र वडालाई आवश्यक्ता अनुसार पेश्की दिएर काम गराउने तयारी रहेको बताए । ‘२५ लाखको प्रकरण बारे कुरा गर्दै भट्टराईले स्थानीय तह आउनु अघि नै कार्यालय ब्यवस्थापन र कार्य सम्पादनका लागि आएको बजेट खर्च भएको हो’, उनले भने, ‘त्यसमा कुनै प्रकारको अनियमितता भएको छैन ।’

 

 

फर्निचर, तलब भत्ता, प्रशासनिक खर्च, कार्यालय संचालन सबै प्रकारको खर्च ६ वडा वडामा २५ लाख भएको हो, कार्यकारी अधिकृत भट्टराई आक्रोशित हुँदै भने, खासमा नरैनापुरमा कर्मचारीले काम गर्न सक्ने वातावरण नै छैन । कार्तिक २२ गते नै सरुवा भइसकेको र हिसाब बुझाउन बाँकी रहेकोले आफु अड्किएको दावी भट्टाईको छ । उनले नरैनापुरमा कुनै कर्मचारी काम गर्न नसक्ने बताए । यस प्रसंगमा बुझ्न गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहलाई गरिएको सम्पर्क प्रयास सफल हुन सकेन ।

प्रतिक्रिया

प्रतिक्रिया