सिमामा भारतको अर्को सडक योजना ! नेपाल डुब्ने जोखिम

ब्यापार बढाउने बहानामा सिमामा भारतको अर्को सडक योजना !

भारत सरकारले यसअघि सिमा क्षेत्रमा निर्माण गरेको सडक बाँधझैं भएर नेपाली भूभागमा बाढीको समस्या उत्पन्न गरेको विषय समाधान हुन नपाउँदै ब्यापार बृद्धिको नाममा भारतले अर्को सडक थप्न लागेको छ । नेपाल, बंग्लादेश सिमा क्षेत्रमा ब्यापार बृद्धिको उद्देश्यले भारत सरकारले ठूलो हाइवे निर्माणको तयारी गरेको हो । अन्तर्राष्ट्रिय टे«ड प्वाइन्ट संग जोड्ने उद्देश्यले सडक निर्माण गर्ने योजनालाई केन्द्र सरकारले पारित गरेपछि यसले दुबै देशमा पर्ने प्रभावको विषयले पनि चर्चा लिएको हो ।

 

सिमाक्षेत्रमा ब्यापारिक स्थानलाई एकअर्का सहर संग सजिलै आवागमन गर्ने हिसाबले सडक निर्माणको तयारी भएको केन्द्रीय परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले आइतबार संचार माध्यमलाई जानकारी दिए । २५ हजार करोड रुपैयाको लागतमा नेपाल र बंगलादेशलाई जोड्ने गरि सिमा क्षेत्रमा अर्को सडक निर्माण गरी ब्यापारलाई बृद्धि गर्ने योजना रहेको मन्त्री गडकरीले भारतीय संचार माध्यमलाई बताए ।

 

सडकका कारण छिमेकी देशहरुसंग ब्यवसायिक सम्बन्ध राम्रो हुने र ब्यापारमा सहज हुने मन्त्री गडकरीले बताए । गडकरीले सिमा क्षेत्रसंग देशका मुख्य सहरलाई जोडने गरी करिब २ हजार किलोमिटर सडक निर्माणको तयारी रहेको बताउँदै, सडक अधिकाँश स्थानमा नेपाल र बंगलादेशका सहरलाई जोडने हिसाबले सिमाक्षेत्रमा निर्माण हुने बताए ।
केन्द्रीय सरकारको प्रोजेक्ट ‘भारतमाला’ अन्तर्गत दुबै देशमा ब्यापार बृद्धिको योजनाका साथ सडकलाई मञ्जूरी दिइएको मन्त्री गडकरीले बताए । सडकका कारण भूटान, म्यानमारमा पनि केहि सहजता आउने भारतीय सरकारको दावी छ ।
केन्द्रीय क्याविनेटले मार्च २०२२ सम्म ८३ हजार ६७७ किलोमिटर सडक निर्माण पूरा गर्ने शर्तका साथ काम अघि सारेको छ । पूरै परियोजनाका लागि ७ लाख करोड रुपैया रहेको बताउँदै जसमा भारतमाला परियोजनाका लागि ५.२५ करोड रुपैया“ खर्च हुने गडकरीले बताए ।

 

संचारकर्मीले नेपालको ‘पोष्टल हाइवे’ हुलाकी सडक परियोजनाको बारेमा प्रश्न गरेपछि गडकरीले उक्त परियोजनाको उद्देश्यपनि यसै सडकबाट पूरा हुने बताए । उनले नेपालको अधिकाँश सिमावर्ती स्थानमा ‘सिमा सडक’ यसअघि नै निर्माण भएको बताउँदै तराईका बासिन्दालाई समेत लाभान्वित गर्ने योजना सडकको रहेको बताए ।
२०४९ सालमा भारतले नेपालको हुलाकी राजमार्ग निर्माण गर्ने आश्वासन दिएको थियो । पटक पटक आश्वासनमैं अड्काउँदै आएकोे सडक पूर्व प्रधानमन्त्री केपी ओलीको बेलामा नेपाल सरकारले आफै बनाउने निर्णय गरेपछि अहिले निर्माण कार्य अघि सरेको छ ।

 

 

यसअघि सिमावर्ती क्षेत्रमा २०१३ मा भारतीय सरकारले सिमा क्षेत्रमा सैन्य आवागमनका लागि सडक निर्माणको योजना थालेको थियो । जुन योजना २०१७ भित्र पूरा हुने लक्ष्य रहेको थियो । बाँकेमा भारतीय सडकको दुष्प्रभावले यसअघि डुबान नभएका स्थानमा पनि डुबान भएको पीडितहरुले बताउँदै आएका छन् ।

 

हालै साउन २९ मा आएको बाढीले नरैनापुर गाउँपालिकाको नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुईंयामा समेत प्रभाव पर्यो । ‘सिमावर्ती गाउँरहेकोले दक्षिण क्षेत्रमा भारतले बनाएको सडकले खोलाहरुको मुहान थुनेपछि पानी निकास हुन पाएन’, पीडितहरु भन्छन्, ‘जंगली खोलाको पानी थुनिएका कारण पहिलो पटक ४ वटा वडा क्षेत्रमा डुबान भयो ।
त्यसैगरि होलियाको उच्च स्थान डुबामा परे, फत्तेपुर, विनौना, बैजापुर र कम्दीको हाल सम्म डुबान नभएका गाउँमा पानी पस्यो । स्थानीयहरुले साउन २९ को बाढी अहिले सम्मकै उच्च रहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया