प्रादेशिक राजधानिको माग सबैले आफ्नै जिल्लामा हुनु पर्ने माग बड्दो
सरला सुबेदी/पौष ७ कोहलपुर
यतिबेला संघीय सरचनामा ५ नम्बर प्रदेशको राजधानिका लागी विभिन्न जिल्लाले दावी गरिरहेका छन् ।प्रदेश राजधानीको बहसले सबैको ध्यान तानेको छ । प्रदेश नम्वर ५ को राजधानी बाँकेको नेपालगन्ज र कोहलपुरमा हुनु पर्ने माग दिनदिनै उठ्न थालेकोछ । सबै कुराले प्रदेशको राजधानी बनाउन कोहलपुर उपयूक्त रहेको बताउँदै कोहलपुरका अगुवा नेताहरुले प्रदेश नम्वर ५ को राजधानी कोहलपुर मै बनाउन दवाव सृजना गरिरहेको छन ।
‘प्रदेश राजधानीका लागि चाहिने सम्पूर्ण पूर्वाधार बाँकेको कोहलपुरमा तयारी अबस्थामा रहेको भन्दै ‘सामर्थ र पूर्वाधारका दृष्टिले बाँके अनुकुल रहेको र बाकेको जुनसुकै स्थानमा राजधानी भएनी हुने एमाले नेता सूर्य ढकालले बताए। प्रदेश नम्बर ५को राजधानी दाङ हुनुपर्ने मा बुटवल हुने वातावरण सिर्जना भएकोले बाके जिल्लामै हुनु पर्छ भन्ने माग बढेको हो। राजधानी दाङ नभए बाके तर शक्ती केन्द्रको हिसाबले बुटवल बनाइएमा हाम्रो माग र अबको लडाई भनेको बाके र बर्दियालाई सुर्खेतमा अर्थात ६नम्बर प्रदेशमा मिसाउने हाम्रो निरन्तर अभियान रहने कुरा उनले बताए।
बाँकेको कोहलपुरमा प्रादेशिक राजधानीको माग गर्दै शुक्रवार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बाँकेको कोहलपुरमा प्रदेश राजधानीको लागि आवश्यक पुर्वाधार र भौतिक संरचनाहरु रहेको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले बताए । उनले भने–‘हाम्रो माग राजधानी बाकेमा बन्नुपर्छ भन्ने हो,आवश्यक सवै संरचना दिन हामि तयार छौं ।प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने भौतिक संरचनाहरु र आवश्यक करिव २ सय विगाह जग्गा समेत उपलब्ध गराउन सक्ने नगर विकास समितिका खड्काले बताए ।प्रदेश नम्वर ५ को राजधानी बाँकेको कोहलपुरमा बनाउदा आवश्यक पर्ने संरचनाहरु भएको बताउँदै कोहलपुर नगर विकास समितिले पूर्वाधारहरुको सुचि समेत सार्वजनिक गरेको छ ।
यसै गरि पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघ कोहलपुरका पुर्व अध्यक्ष नरेन्द्र शर्मा,होटेल व्यवसाय संघका अध्यक्ष बलराम भट्टराईले राजधानी बाकेमै हुनुपर्छ भन्दै आ -आफ्नो भनाई राखेका थिए।