बाके : तात्न खोज्दै राजधानीको माग

विभिन्न सामाजिक सञ्जालहरु मार्फत प्रादेशिक राजधानीको माग बढ्दै जा“दा संस्थागत रुपमा नेपालगन्ज उद्योग वाणिज्य संघले हरेक दृष्टिले नेपालगन्ज प्रादेशिक राजधानीका लागि उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ ।
संघका अध्यक्ष नन्दलाल वैश्य र महासचिव अजय कुमार टण्डनले बिहीबार संयुक्त विज्ञप्ति मार्फत ‘सामथ्र्य र पूर्वाधारका दृष्टिले अनुकुल भएको औद्योगिक सहर नेपालगन्जलाई प्रदेश राजधानी घोषणा गर्न’ गरेका हुन् ।

 

‘ऐतिहासिक रुपमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट संघीय संरचना निर्माण भई प्रदेशमा जनप्रतिनिधिहरु निर्वाचित भएकोमा नेपालगन्ज उद्योग वाणिज्य संघ हर्षित छ’, विज्ञप्तिमा भनिएको छ, ‘इतिहासको काल खण्डमा जंग बहादुर राणाको सपनाको रुपमा परिचित नयाँ मुलुक र हाल यस प्रदेशको व्यवसायिक केन्द्र बिन्दु नेपालगन्ज सहरबाट जन समुदायले धेरै अपेक्षा गरेका छन् ।’

 

प्रदेश नं. ५ को राजधानीकै विषयलाई लिएर कोहलपुरमा राजनीतिक दल, कोहलपुर नगर विकास समिति, नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गर्ने भएका छन् । ‘प्रदेश राजधानीका लागि चाहिने सम्पूर्ण सम्पूर्ण पूर्वाधार हामी उपलब्ध गराउन तयार छौं’, राजधानी पहलका लागि गठित संयोजन समितिका सुर्य ढकालले दैनिक नेपालगन्जस“ग भने, ‘हाम्रो माग राजधानी बा“केमा बन्नुपर्छ भन्ने हो ।’

प्रतिक्रिया

प्रतिक्रिया