नेपालगन्ज स्थित बेलापसपुरमा विहान शौचालयका लागि निश्किएकी महिला वेपत्ता भएको तथ्य बाहिर आएपछि प्रहरीले थालेको खोजी प्रयासमा उनी आफ्नै भिनाजुको घरमा फेला परेकी छन् ।
नेपालगन्ज बेलासपुर बस्ने ओम प्रकाश चिडिमारकी १९ वर्षिय पत्नी वसन्ती चिडिमार तीन दिन अघि वेपत्ता भएकी थिइन ।, परिवारका सदस्य र प्रहरीले निरन्तर खोजी कार्य अघि बढाएपछि उनी भारत बहराईच स्थित आफ्नै भिनाजुको घरमा बसेको अवस्थामा फेला परेकी हुन् ।
घरमा शौचालय नभएका कारण बाहिर जाने भनी निश्किएकी पत्नी नफर्किपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँके र परिवारका सदस्यहरु सक्रिय थिए । घरमा सामान्य विवाद भएको विषयमा बसन्ती चिडिमार रिसाएर आफ्नो भिनाजुको घरमा बसेको सूचना आएको हो, उनका पति ओम प्रकाशले भने ।
महिलाको खोजीका लागि सक्रिय रहेको प्रहरीले मंगलवार साँझ करिब ८ बजेको समयमा बसन्ती भेटिएको सूचना पाएपछि खोजी कार्य स्थगित गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले पारिवारिक विवादमा रिसाएर महिला भिनाजुको घरमा गएको बताए ।