झलक गैरे/नेपालगन्ज
नेपालगन्जमा पहिलो पटक पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजना भैरहेको छ । पाच दिनदेखि चलिरहेको महोत्सवमा एकैदिन ५० हजारसम्म दर्शक भित्रिएका छन् । आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“के सम्बद्धहरु महोत्सवमा सर्वसाधारणको उपस्थितिबाट उत्साहित छन् ।
हामीले बुझ्यौं, पहिलो पटक आयोजना गरिएको शैक्षिक महोत्सव उद्देश्य प्राप्तिमा कति सफल छ ? ‘जिल्लामा पठन सस्कृतिको विकास गर्न शैक्षिक महोत्सवको आयोजना गरिएको हो’, आयोजक मूल समितिका अध्यक्ष बुद्धि प्रसाद अधिकारी देखि प्रचार प्रमुख बसन्त लामिछानेसम्मको एउटै आवाज छ । समारोह उद्घाटनका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुनले पुस्तकको महत्वबारे नै आफ्ना धारणा राखे । आयोजकदेखि अतिथिसम्मका अपेक्षा एउटै थिए, पठन संस्कृति बढाउने ।
महोत्सवको पाचौं दिन दैनिक नेपालगन्जले पुस्तक प्रदर्शनीमा अहोरात्र खटिएका व्यवसायीहरुसग सोध्यौं, ‘कारोबार कस्तो भैरहेको छ ?’ सबैको एउटै जवाफ थियो, ‘हामी यहा व्यापार गर्न आएका होइनौं ।’ अर्थात् आयोजक र महंगो खर्चका साथ हजारौं पुस्तक बोकेर महोत्सवमा आएका प्रकाशक, वितरकहरुको पनि आयोजक जस्तै नाफाको उद्देश्य राखेका छैनन् । ‘तर, नेपालगन्जमा पटक्कै पठन संस्कृति देखिएन’, पाच दिनदेखि स्टलमा सयौं पुस्तक सजाएर राखिरहेका शब्दार्थ प्रकाशनका निर्देशक विनय कुमार शर्मा नेपालले दैनिक नेपालगन्ज सग भने, ‘शैक्षिक महोत्सव भन्दा रमाइलो मेला जस्तो देखियो ।’ उनले दर्शकहरुको उत्साहजनक सहभागिता देखिएको प्रतिक्रिया दिंदै भने, ‘अभिभावकले पनि आफ्ना बालबालिकालाई सोझै मञ्चमा तान्ने र शिक्षकहरुले पनि विद्यार्थीहरुलाई मञ्च तिरै लैजाने गरेका छन् ।’
प्रदर्शनीमा ६ रुपैयाको बाल कथा देखि ५ हजार मूल्य पर्ने अन्तर्राष्ट्रिय स्तरका पुस्तकहरु उपलब्ध छन् । १५ देखि ६० प्रतिशतसम्म छुटमा ती पुस्तकहरु बिक्री भैरहेका छन् । ‘तर, बिक्रीको कुरा छोड्दिनुस्, पुस्तकप्रतिको चासोसम्म पाइएन’, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधि सुधिर ढुंगेलले दैनिक नेपालगन्जसग भने, ‘बाकेमा पठन संस्कृति अत्यन्तै कमजोर रहेछ ।’
प्रतिष्ठानले पहिलो पटक काठमाडौं बाहिर यसरी महोत्सवमा स्टल नै राखेर ६० प्रतिशतसम्म छुट गरेर आफ्ना प्रकाशनहरु बिक्री वितरण गरिरहेको छ । ‘यहाका पाठकहरुका लागि यो महत्वपूर्ण अवसर हो’, ढुंगेलले भने । शिखा प्रकाशनले ६० रुपैया“ पर्ने बालकथा संग्रहदेखि १ हजार २ सय १२ रुपैया मूल्यको नेपाली काग्रेसको ऐतिहासिक दस्तावेजसम्म आफ्नो स्टलमा राखेको छ । पाच सय किसिमका पुस्तकहरु स्टलमा छानिछानि हेर्न, सोधपुछ गर्न र मन लागे किन्न पाउने व्यवस्था मिलाइएको छ ।
‘सहुलियतमा किन्न पनि पाइन्छ’, प्रकाशनका प्रमुख पुष्पराज पौडेलले दैनिक नेपालगन्जसग भने, ‘तर, यहा“ शैक्षिक महोत्सव वा पुस्तक प्रदर्शनी प्रति भन्दा सांगीतिक महोत्सवप्रतिको मोह देखियो ।’ हरिमाया भेटवालको ‘कल्ली’, मदन कृष्ण श्रेष्ठको ‘महको म’ र रेशम विरहीको ‘प्रेम दासको डायरी’ तुलनात्मक रुपमा पाठकको हातमा बढी परेको सुनाउदै शिखा प्रकाशनका प्रमुख पौडेलले भने, ‘पुस्तक प्रेमीहरुका लागि यो अवसर कहीं पनि यसरी उपलब्ध हुदैन ।’
एकता प्रकाशनका गणेश घलेले २५ रुपैया देखि ५ हजार मूल्यसम्मका १ हजार २ सय प्रकारका किताब आफ्नो स्टलमा राखिएको जानकारी दिंदै भने, ‘तर, यहाका सर्वसाधारणहरुमा पुस्तक प्रेमी निकै कम भेटियो ।’ घलेले व्यापारको अपेक्षाका साथ आफुहरु नआएको तर्क गर्दै भने, ‘कमसेकम पुस्तकप्रतिको चासो र मोह त देखिनु पथ्र्यो ।’ शब्दार्थका नेपालकै प्रतिक्रिया जस्तै एकताका घले पनि शिक्षकहरुले विद्यार्थीलाई शैक्षिक महोत्सवको महत्व बुझ्न र बुझाउन नसकेको टिप्पणी गर्छन् ।
आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केले शैक्षिक महोत्सवको फाइदा जति सक्दो धेरै विद्यार्थी, बालबालिकाले लिन सकुन् भन्ने चाहेको छ । निमा प्रकाशनले आफ्ना सबै प्रकाशनका नमूना पुस्तकहरु सित्तैमा बा“डिरहेको छ । तर, आयोजनाको उद्देश्य अनुसारको चासो न त अभिभावकमा देखियो न त विद्यालयले नै देखाउन सके । सोमबार सम्म ६१ विद्यालयका १० हजार बढी विद्यार्थीले महोत्सव प्रत्यक्ष अवलोकन गरेका छन् । जिल्ला शिक्षा कार्यालयले परिपत्र नै गरेर प्रत्येक विद्यार्थीलाई महोत्सवको अवलोकन गराउन सूचित गरेको छ ।
‘विद्यार्थीहरुलाई एक दिनअगाडी नै महोत्सव जाने कुरा सूचित गर्न र अभिभावकसग मन लागेको पुस्तक किन्ने पैसा लिएर आउन अनुरोध गर्ने कुरा विद्यालयसग अनुरोध गरेका थियौं’, आयोजक मूल समितिका प्रचार संयोजक बसन्त लामिछानेले आयोजनाको उद्देश्य अझ प्रष्ट पारिरहदा प्रज्ञा प्रतिष्ठानको स्टलमा रहेको ‘स्टोलेन इमेज अफ नेपाल’ खरिद गर्न एउटा विद्यार्थीले साथीहरु सग खाजा खर्च बटुलिरहेको दृश्य सम्झंदै ढुंगेलले भने, ‘बालबालिकामा पठन संस्कृति विकासका लागि यो महोत्सव सफल हुनसक्छ ।’
लैनसिंह वाङ्देलको उक्त पुस्तक काठमाडौंका गल्लीमा चार हजार रुपैया“सम्म बिक्री भैरहेको सम्झदै ढुंगेलले नेपालगन्जमा १ हजार ७ सयको पुस्तक ५ सय रुपैया“मा बिक्री गरिएको जानकारी दिए । शब्दार्थका निर्देशक नेपालले पनि १ हजार ६ सय सम्मका पुस्तकहरु निकै सहुलियत दरमा बिक्री भैरहेको जानकारी दिंदै भने, ‘हामी यहा बेच्न भन्दा बुझाउन आएका हौं, बेच्न त पसलहरु छदै छन् नि ।’ शिखा प्रकाशनका प्रमुख पुष्पराज पौडेल हुन् वा एकताका गणेश घले उनीहरु सबै आफ्ना प्रकाशनका पुस्तकहरु बारे पाठकसग भलाकुसारी गर्न र पढ्ने कुराको प्रेरणा दिन चाहन्छन् । ‘हाम्रो उद्देश्य पनि त्यही हो’, प्रचार संयोजक लामिछानेले उद्देश्य प्राप्तिका लागि सक्दो प्रयत्न गरिरहेको जानकारी दिंदै भने, ‘राष्ट्रिय स्तरका कलाकारहरु भित्र्याएर सर्वसाधारणहरुको आकर्षण बढाउने र आएका उनीहरु पुस्तकसगको सामिप्यमा पुगुन् भन्ने चाहना हो ।’
१ सय ५० स्टल रहेको महोत्सवमा १ सय ४० वटा त पुस्तक तथा स्टेशनरीका मात्रै छन् । केही स्पोर्टस् र केही विज्ञान प्रदर्शनी तथा खानपानका छन् । ‘५० रुपैया“ तिरेर एउटा सेलरोटी खान लोभ नमान्नेहरु तपाई एकएक जनाले एकएक पुस्तक किन्न किन लोभ गर्नुहुन्छ ?’, युवा स्रष्टा ऋचा लुइटेलले महोत्सवको महत्व बारे सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘यो मेला बुद्धि प्रसाद अधिकारीका लागि होइन, हाम्रा लागि हो ।’ उनले पुस्तक किन्न प्रेरित गर्दै आव्हान गरेकी छन्, ‘बा, आमालाई उपहार दिन धार्मिक पुस्तक, जीवन उपयोगी पुस्तक किन्नुस्, आफ्ना लागि रुचि अनुसार अनि बालबालिकाका लागि रुचि बमोजिम यहा जस्तो पुस्तक खोज्नुहुन्छ त्यो पाइन्छ, यहा“ उन, नुन र सुन होइन अहिले पुस्तक किन्नुस् ।’