नेपालगन्जमा ‘डनगिरी’, युवा माथि खुकुरी प्रहार

प्रदेश नं.५ का प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक मधु पुडासैनीले प्रदेशको कुनैपनि जिल्लामा डन गिरी हुन नदिने चेतावनी दिएको तेस्रो दिननै एक युवा माथि खुकुरी प्रहार भएको छ ।
नेपालगन्ज वडा नं.२ बुद्ध चोक बस्ने विशाल सुनार माथि युवाहरुको एउटा समूहले खुकुरी र रडले आक्रमण गरी घाइते बनाएको हो । सोमवार साँझ ७ः३५ बजेको समयमा विशाल सुनार माथि ६।७ जना युवाहरुले अचानक आक्रमण गरेका हुन्, दैनिक नेपालगनज संग प्रहरीले भन्यो, यसमा गुण्डाहरुको गिरोह संलग्न रहेको अनुमान छ ।

 

प्रारम्भिक अनुसन्धानबाटै प्रहरीले न्युरोड बस्ने केही युवाको पहिचान भइसकेको प्रहरीले जनाएको छ । यसमा विवादको विषय मोटरसाइकल मर्मत देखियो, अनुसन्धानमा रहेका एक प्रहरी अधिकृतले भने, घाइते स्थिति गम्भिर रहेकोले थप उपचारका लागि लखनउ रेफर गरिएको छ ।
आक्रमणबाट विशाल सुनारको टाउको, ढाढ, र दुबै खुट्टामा गम्भिर चोट लागेको चिकित्सकले बताएका छन् । स्थिति चिन्ताजनक रहेकोले लखनउ रेफर गरिएको हो । खुकुरी प्रहारबाट विशालको टाउकोमा गम्भिर चोट छ ।

प्रदेश प्रहरी प्रमुख पुडासैनीले निर्वाचन सुरक्षा समीक्षा गर्न शनिवार नेपालगन्ज आयोजना गरेको एउटा कार्यक्रममा कुनैपनि स्थानमा डनगिरी हुन नदिने चेतावनी दिएको तेस्रो दिन नै युवा माथि खुकुरी प्रहार घटना भएको हो ।
प्रहरीले घटनामा संलग्न युवाहरुको खोजी कार्य सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया