वरिष्ठ कथाकार महेश विक्रम शाहलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कथाकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले शनिबार एक भव्य समारोह बीच नगद राशी सहितको उक्त पुरस्कार प्रदान गरे । वि.सं. २०६९ सालमा स्थापना गरिएको रु. ११ हजार राशीको यो पुरस्कार हरेक वर्ष प्रदान गरिदै आएको छ ।
प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार शाहलाई पुरस्कृत गरिएको थियो । २०६३ सालमा मदन पुरस्कार प्राप्त गरेका कथाकार शाह राष्ट्रिय प्रतिभा पुरस्कार, आख्यान पुरस्कार, सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार, भेरी साहित्य सम्मान, बगर साहित्य सम्मान, लोकेन्द्र साहित्य पुरस्कार लगायतका दर्जनौ पुरस्कारबाट सम्मानित भैसकेका छन् । ‘यसखालका सम्मान र पुरस्कारले मेरो लेखनलाई थप जिम्मेवार ऊर्जाशिल बनाउछ’, पूर्णिमा साहित्यरत्न ग्रहण गर्दै कथाकार शाहले भने ।
कथाकार शाहको सिपाहीकी स्वास्नी, छापामारको छोरो, अफ्रिकन अमिगो, ज्याक्सन हाइट लगायतका आधा दर्जन कृतिहरु प्रकाशित भएका छन् । ‘भुइ“खाट यसैबर्ष आउदैछ’, आफ्नो नया“ कृतिबारे जानकारी दिंदै शाहले कार्यक्रममा सहभागी सय बढी स्रष्टा बीच भने भने, ‘यसपछि कथा लेख्दिन ।’ शाहले उपन्यासतिर चासो बढेको बताउ“दै कार्यक्रममा घोषणा गरे छिट्टै मेरो उपन्यास पढ्न पाउनुहुनेछ ।
वास्तविक कथावस्तु र जीवित पात्रका आधारमा आफुले कृति रचना गरेको सुनाएका शाहले ४० बढी देश घुमिसकेका छन् । ‘शाहका कथामा अब आञ्चलिकता खोजेर हु“दैन’, उनको कृतित्व र व्यक्तित्व बारे चर्चा गर्दै युवा स्रष्टा केशव सिग्देलले भने, ‘उनका रचनाहरु अन्तर्राष्ट्रिय स्तरका छन् ।’ सागर गैरेले शाहका रचना बारे आफ्ना धारणा राखे । ‘शिल्प र शैलीका आधारमा कथाकार शाहका रचनामा पछिल्लो युगकै प्रतिनिधित्व पाउछु’, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष परदिप भट्टराइको धारणा थियो ।
कवि, गीतकार तथा गायक प्रेम प्रकाश मल्ल ‘मधुकर’, कथाकार सनत रेग्मी र कवि तथा गीतकार दिनेश अधिकारीले यसअघि प्राप्त गरेको पूर्णिमा साहित्य रत्न ग्रहण गर्ने शाह चौथो स्रष्टा हुन् । ‘यसलाई पश्चिमदेखि राष्ट्रिय मुलधारको साहित्यसग जोड्ने हाम्रो अभियान हो’, प्रतिष्ठानका अध्यक्ष ढकालले भने ।
कार्यक्रममा कवि मोमिला जोशीको एकल कविता वाचन गरियो । समकालिन कवितामा अब्बल मानिएकी कवि मोमिलाले आफ्ना रचना प्रस्तुतिस“गै अहिलेको पछिल्लो कविता अभ्यास र साहित्यिक अभियानबारे धारणा राखेकी थिइन् । उनले विभिन्न ५ धारका कविताहरु शिलशिलेवार प्रस्तुत गरिरह“दा सहभागीहरु मन्त्रमुग्ध देखिन्थ्ये । कवि मोमिला जोशीका पैयुँ फुल्न थालेपछि, नीलो नीलो आकाश र दुई थोपा आँसु, जूनकीरीहरू ओर्लिरहेछन्, दुर्गम उचाइमा फूलको आँधी (कविता संग्रह), ईश्वरको अदालतमा आउटसाइडरको बयान (ललित निबन्ध संग्रह) लगायत थुप्रै कृतिहरु प्रकाशित छन् ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि तिमिल्सिनाले पूर्णिमा साहित्य प्रतिष्ठानले गरेका उदाहरणीय साहित्यिक गतिविधिहरुको प्रशंसा गरे । कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव पुष्कर रिजालले गरेका थिए । प्रतिष्ठानले कोहलपुर क्षेत्रमा निरन्तर साहित्यिक गतिविधिसगै पूर्णिमा साहित्य पत्रिका प्रकाशन गर्दै आएको छ ।