नेपालगन्जमा शनिबारदेखि ह्वात्तै चिसो बढेको छ । दिउसोमा घाम लागेपनि चिसो हावा चल्दा जनजीवन प्रभावित हु“दै गएको छ । चिसो बढेसगै नेपालगन्जको न्यूनतम तापक्रम घट्दै गएको छ । शनिबार नेपालगन्जको न्यूनतम तापक्रम जम्मा ७ डिग्री सेल्सियस रह्यो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, शनिबार नेपालगन्जको अधिकतमत तापक्रम २१.४ डिग्रीसेल्सियस रहेको
थियो । मध्यपश्चिमको जुम्लामा यस बर्षकै अत्याधिक चिसो रह्यो । शनिबार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.४ डिग्री सेल्सियसमा झरेको छ । त्यहाको अधिकतम तापक्रम १७.४ रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
आइतबार विहान नेपालगन्ज लगायत पश्चिम नेपाल कुइरिमण्डल छ ।