‘धराप’मा पठन संस्कृति

तिव्र गतिमा फेरिएको प्रविधि र प्रवृत्तिका कारण गहन पठन संस्कृति धरापमा परेको धारणा यहा“ आयोजित एक कार्यक्रमका सम्बद्धहरुले व्यक्त गरेका छन् । नेपालगन्जमा पहिलो पटक शुक्रबार आयोजना गरिएको ‘स्रष्टा, पाठक र प्रकाशक’ बीच गरिएको अन्तरक्रियामा सहभागीहरुले पठन संस्कृति बढाउन नसकिए सामाजिक चेतनाको स्तर नकारात्मक दिशामा अगाडी बढ्ने धारणा राखे । उनीहरुले पद्धति फेरिंदा गहन कमजोर हुदै गएको भन्दै ‘प्रविधिबाट हुने टुक्रे पठन भन्दा मुद्रित पुस्तक बाटै गहन अध्ययनको अवधारणालाई बलियो बनाउदै लैजानुपर्ने’ सुझाव पनि दिए ।

 

नेपाल पुस्तक तथा स्टेशनी व्यवसायी महासंघ बाके शाखाले आयोजना गरेको आठौं राष्ट्रिय पुस्तक तथा शैक्षिक महोत्सव २०७४ का क्रममा शुक्रबार स्रष्टा, पाठक र प्रकाशक बीच अन्तरक्रिया गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जिवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा चर्चित साहित्यिक कृतिका स्रष्टा, प्रकाशक र स्थानीय अगुवा पाठकहरुको सहभागिता थियो ।

 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत रहेका भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिना र युवा स्रष्टा केशव सिग्देलले पठन संस्कृतिको अवस्था र भविष्य बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
‘प्रकाशक बजारमूखि हुनु, लेखकले रोयल्टी नपाउनु र पाठकले महंगो मूल्य चुकाउन नसक्नु जस्ता कारणले पनि पठन संस्कृति बढ्न सकेको छैन’, सहभागीहरुले भने । ‘पठन संस्कृति हराउदैन’, प्रतिष्ठानका सदस्य सचिव गिरीले अन्तरक्रियामा भने कमजोर होला तर हराउ“दै जाने सम्भावना छैन ।’

 

उनले सचेत समाजका लागि नपढी सुखै नभएको भन्दै ज्ञान विना समाज नचल्ने र ज्ञान आर्जन गर्न पढ्नै पर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै प्राज्ञसभा सदस्य तिमिल्सिनाले इमेल, इन्टरनेट, यूटुब लगायतका प्रविधिले मोबाइलमै व्यक्ति रमाउन थालेपछि ‘टुक्रे पठन’ मौलाएको टिप्पणी गरे । गहन अध्ययनका लागि मुद्रित पुस्तक नै आवश्यक भएको कुरामा जोड दिंदै तिमिल्सिनाले पठन संस्कृति बढाउन टोल स्तरमै अभियान चलाउन सुझाव राखे ।

 

वरिष्ठ स्रष्टा, प्राज्ञ सनत रेग्मीले गहन अध्ययनका पुस्तकहरु नछापिने र छापिएका पुस्तकहरुको पनि रोयल्टी नदिने प्रकाशकहरुको आलोचना गरे । लामो समय प्रतिष्ठानमा बिताएका कथाकार रेग्मीले आफु पुस्तकको बिक्रेता समेत रह“दाका अनुभव सुनाउदै प्रकाशकको आलोचना गरेका हुन् । सहभागीहरुले प्रकाशकहरु नाफामूखि हु“दै गएको र बजारको मागका आधारमा पुस्तक प्रकाशन गर्न थालेको आरोप लगाए । उनीहरुको टिप्पणी थियो, ‘बजारु पुस्तक’ले समाजलाई सही दिशा निर्देश गर्दैन ।

 

कतिपय सहभागी विद्यार्थीहरुले पठन योग्य पुस्तक अत्यन्तै महंगो हुदै गएको गुनासो गरे । ‘विद्यार्थीहरुले पुस्तक किनेर पढ्ने अवस्था छैन’, सहभागी विद्यार्थीहरुले भने, ‘प्रकाशकहरु विशुद्ध व्यवसायिक नाफामात्रै सोच्न थाले ।’ अन्तरक्रियामा सहभागी शिखा बुक्सका पुष्पराज पौडेल, सांग्रिलाका मणि शर्मा लगायतले लेखकहरुलाई राम्रो रोयल्टी दिन थालिएको, लेखकहरु गुणस्तरीय कृति दिन सके लेखेरै बाच्ने अवस्था सिर्जना हुन थालेको बताए ।

 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव नवनिधि पन्तको अध्यक्षतामा भएको अन्तरक्रियामा लोकसाहित्य स्रष्टा मनोहर लामिछाने, कथाकार अमर थापा, साहित्यकार राजेश्वर कार्की लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

प्रतिक्रिया