बाके २ मा किन हारे पशुपति ?

बाके क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फ निकटतम प्रतिद्वन्द्वी रहेका वामगठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्रले गठबन्धन भन्दा बढी भोट प्राप्त गरेका छन् । बाके क्षेत्र नं. २ को समानुपातिक तर्फको मतगणनामा वाम गठबन्धनले भन्दा सुर्य चिन्ह लिएर उठेका उम्मेदवार मिश्रले बढी भोट प्राप्त गरेका हुन् ।

मिश्रले निकटतम प्रतिद्वन्द्वी हुँदा पनि १५ हजार ६ सय बढी मत जित्न सफल भएका थिए । उनी सम्बद्ध दल नेकपा एमालेले ९ हजार ८ सय ७७ र साझेदार नेकपा माओवादी केन्द्रले २ हजार ७ सय ६६ मत समानुपातिक तर्फ प्राप्त गरेका छन् । मिश्रले प्राप्त गरेको मत दुबै पार्र्टीको भन्दा भण्डै ३ हजारले बढी छ ।

गठबन्धन भन्दा ३ हजार मत मिश्रले व्यक्तिगत प्रभावका आधारमा पाएको विश्लेषकहरु बताउछन् । यद्यपि, निर्वाचन परिणाम सार्वजनिक भएसगै उम्मेदवार मिश्रले गठबन्धनमा रहेका केही नेताले इमान्दारिता पूर्वक भूमिका निर्वाह नगरेको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा मतदातालाई धन्यवाद दिंदै मिश्रले वाम गठबन्धनमा रहेका नेताहरु पैसामा विवेकको आरोप लगाएका थिए ।  उनको आरोप क्षेत्र नं. २ को निर्वाचन कमाण्ड सम्हालेका दामोदर आचार्य र ललित रौनियार लगायतप्रति लक्षित थियो । मिश्र निकट भन्छन्, ‘आचार्यजी स्टेरिङ्ग समातेर एक्सिलेटर दाबेर बस्नुभयो ।’ उनको टिप्पणी थियो, आचार्यले चुनावी अभियानको गियर अप गर्दै गरेनन् ।
रौनियार प्रति भने विरोधी अभियानमै लागेको मिश्र निकटको आरोप छ ।

पशुपतिले वामगठबन्धनका केही नेता पैसामा विकेको आरोप लगाएपनि त्यसले मतदातामा कुनै प्रभाव नपारेको पाइएको छ । त्यसको प्रमाण प्राप्त मतले देखाएको नेताहरु बताउछन् । ‘हारको झोंकमा पशुपति जीले गैर राजनीतिक प्रतिक्रिया लेख्नुभयो’, वाम गठबन्धनका निर्वाचनमा सक्रिय एक नेताले भने, ‘बाके २ मा संगठन नै कमजोर देखियो ।’

नेताहरुले बाके क्षेत्र नं. २ मा पार्टी हार्नुको कारण संगठन कमजोर रहेको स्वीकारेका छन् । साथै प्रचारप्रसारमा कमजोरी भएको हुनसक्ने पनि नेताहरु स्वीकार्छन् । बाके क्षेत्र नं. २ का दुवै प्रदेश सभामा वाम गठबन्धन पराजित भएको थियो । समानुपातिक मतलाई आधार मान्दा गठबन्धनका सबै भोट गठबन्धनले नै प्राप्त गरेका छन् ।

बाके क्षेत्र नं. २ मा स्थानीय तहको मतलाई आधार मान्दा काग्रेस र राप्रापको गठबन्धन अगाडी थियो । कांग्रेसले गत स्थानीय निर्वाचनमा १२ हजार ७ सय मत प्राप्त गरेको थियो । त्यहाँ राप्रपाको ८ हजार ५ सय र फोरम लोकतान्त्रिकको १ हजार मत थियो । डुडुवा गाउँपालिकामा राम्रो पकड रहेको संघीय फोरमको ८ हजार १ सय मत रहेको थियो । स्थानीय तहको निर्वाचन क्षेत्रमा एमालेको मत ९ हजार ४ं सय रहेको छ । वाम गठवन्धनको सहयात्री दल माओवादी केन्द्रको मत ७ हजार १ सय रहेको छ ।

एमालेसग गठबन्धन गरेको स्वतन्त्र समूहबाट उम्मेदवार पशुपतिले एमालेकै भोट नपाउने विश्लेषण निर्वाचन अघि गरिएपनि त्यसो नभएको पाइयो ।

प्रतिक्रिया

प्रतिक्रिया