रुपा गहतराज
नेपालगन्जमा धेरै पुस्तक पसलहरु छन् । धेरै पुस्तक पसलहरु पुरुषले संचालन गरेपनि महिलाले धानेका छन् । नेपालगन्जका लामो समयदेखि पुस्तक ब्यबसाय धान्दै आएकी महिला हुन्, उमा गौतम । २० बर्ष देखि गौतम पुस्तक पसल संचालन गर्दै आएकी छन् उमाले । एक्लै ब्यवसायको बागडोर समाल्दै आएकी उमा करले भन्दा पनि रहरले ब्यवसायमा आकर्षित भएको बताउछिन् । श्रीमान् सघाउन मात्र व्यवसायमा नहोमिएको उल्लेख गर्दै उमाले भनिन्, ‘आफनो आत्मा विश्वास बढाउन पनि ब्यवसायमा प्रवेश गरेकी हु ।’
अवसरमा भएमा महिलाले पनि सफल रुपमा व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण हुन् उमा । कुनै पनि ब्यवसायमा सहभागी हु“दा आत्मविश्वास र आत्मनिर्भरता बढ्दै जाने तर्क गर्र्दै उनको छ । पुस्तक व्यवसायलाई बौद्धिक स्तरको व्यवसाय ठान्छिन् उमा । ‘पुस्तक ब्यवसाय अन्य कारोबारहरु भन्दा फरक छ’, आफ्नो अनुभव सुनाउदै उमाले भनिन्, ‘धेरै बौद्धिक सर्कल हुन्छ । धैरै कुरा कुरा बुझिन्छ ।’ सुरुमा एउटा पसलबाट सुरुवात गरेका गौतम दम्पत्तिको अहिले नेपालगन्जमा दुई वटा पसल सञ्चालनमा छन् ।
उमा मात्र होइन नेपालगन्जकै मन्दिरा पाण्डे पनि पुस्तक ब्यबसायमा दुई दशक भन्दा बढी देखि जमिरहेकी छन् । त्रिवेणी पुस्तक पसलकी सञ्चालक मन्दिरा २०५० साल देखि यहि ब्यवसायमा छन् । विवाह पछि श्रीमान संगै ब्यवसायमा सक्रिय उनी अहिले एक्लै ब्यवसाय धानिरहेकी छन् । कुनैपनि ब्यवसाय गर्न आफैमा चुनौतीपूर्ण रहने मन्दिराको भनाइ छ । उनी भनिछन्, ‘परिवार र काम संगै ब्यवस्थापन गर्न गाह्रो छ । तर नसकिने चाहि होइन ।’ ब्यवसाय संगै राजनीतिमा सक्रिय मन्दिरा कुनै पनि ब्यवसायले महिलालाई आप्mनो क्षमता प्रदर्शन गर्ने अवसर जुटाइदिने धारणा राख्छिन् । उनले ब्यवसाय बारे बताउदै भनिन्, ‘सजिलो र सुरक्षित ब्यवसाय हुदा महिला आर्कषण बढ्दो छ ।’
महिलाहरु विभिन्न पेशा ब्यवसायमा सहभागिता बढिरहदा महिलाहरुको अरु व्यवसाय भन्दा पुस्तक ब्यवसायमा पनि उत्साह जनक सहभागिता बढिरहेको छ । शिक्षाको हबको रुपमा रहेको नेपालगन्जमा पुस्तक ब्यवसाय पनि फस्टयाइरहेको छ ।
उज्वल स्टेश्नरीका सञ्चालिका वसन्ता लामिछानेले पनि ब्यबसाय गर्न थालेको १५ बर्ष भयो । सुरुमा सजिलो ब्यबसाय भनेर हात हालेकी उनले सिक्दै जा“दा धेरै कुराको सिकाई भएको बताउछिन् । २०५३ साल देखि श्रीमानले संचालन गरेको ब्यवसायमा सहयोग गर्दागर्दै उनी आफै ब्यबसायी बनिन् । बसन्त भन्छिन्,‘काम ठुलो सानो हुदैन हरेक कामले आफैमा आत्मबिश्वास बढाउ“दो रहेछ ।’
मानसरोबर पुस्तक पसलकी संचालक मिना डा“गीले ५ बर्ष देखि एक्लै ब्यवसाय संचालन गरिरहेकी छन् । १५ बर्ष देखि श्रीमानले संचालन गरेको ब्यवसायको पुरै जिम्मा उनकै काधमा छ । श्रीमान् सरकारी जागिरमा भए पछि उनले एक्लै ब्यवसाय चलाउने निर्णय गरिन् । कुनै ब्यवसायकोे अनुभव नहुदा नहुदा पनि श्रीमानले संचालन गरेको ब्यवसायलाई एक्लै धानी रहेकी मिनाले भनिन्, ‘फुर्सदको बेला सहयोग गर्नुहुन्छ । परिवार र ब्यवसायको जिम्मा मेरो नै छ ।’
‘यो व्यवसाय महिला मैत्री छ’, विगत ५ बर्षदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा प्रत्यक्ष संलग्न पार्वता भण्डारीले उत्साहित हुदै भनिन्, ‘यो हाम्रा लागि सुइटेबल प्रोफेशन हो ।’ दुई बर्ष देखि माउण्ट एभरेष्ट बुक्स एण्ड स्टेशनरी हाक्दै आएकी पार्वता वास्तवमा सुरुका दिन श्रीमान् सघाउन व्यवसायमा संलग्न भएकी थिइन् । ‘त्यसपछि त मेरै हातमा सम्पूर्ण जिम्मेवारी आइलाग्यो’, उनले भनिन् ।