फष्टाउदै कपि उद्योग

नेपालगन्जमा विद्यार्थीका लागि अत्यावश्यक कपि उत्पादन फष्टाउन थालेका छन् । एक दशकदेखि एउटै उद्योगमा निर्भर नेपालगन्जमा पछिल्ला बर्ष कपि उद्योग थपिंदै गएका हुन् । ‘पछिल्ला दिनमा बिस्तार कपि उद्योगहरु फष्टाउन थालेका छन्’, एक दशकदेखि सनराइज कपि उद्योग सञ्चालन गर्दै आएका रामप्रसाद गौतमले दैनिक नेपालगन्जसग भने, ‘खुला सीमानाले सिर्जना गरेका बाधाहरुलाई राज्यले नियमन गरिदिने हो भने उद्योग राम्रोसग फष्टाउन सक्छ ।’

 
नेपालगन्जमा कपि, रजिष्टर लगायतका स्टेशनरी मसलन्द उत्पादन र बिक्री वितरण गर्दै आएको सार्थक इन्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक आशिषराज श्रेष्ठले खुला सीमाना नियमन नगरिदिंदा सोचेजस्तो उपलब्धी प्रभावकारी हुन नसकेको बताए । ‘चोरी, पैठारीबाट भएका कारोबारका कारण पनि उद्योग फष्टाउन बाधा परेको छ’, सनराइजका सञ्चालक गौतमले भने ।

 
जनशक्तिको समस्या बीच पनि ‘अनडिमाण्ड सप्लाई गर्न सक्ने’ क्षमता विकास गरेको सार्थक इन्टरप्राइजेजका सञ्चालक राजु उपाध्यायको भनाइ छ । ‘दक्ष कामदारका लागि भारतीय जनशक्तिमा भर पर्नुपर्ने अवस्था छ’, सञ्चालक उपाध्यायले दैनिक नेपालगन्जस“ग भने, ‘दक्ष जनशक्तिमा नेपालीहरु हुने हो भने राम्रो उत्पादन दिन पनि सक्छौं र रोजगारीको सिर्जना पनि गर्न सकिन्छ ।’ नेपालगन्जमा ३ वटा कपि उद्योगले उत्साहजनक उत्पादन गरिरहेका छन् । ‘केही कपि उद्योग नया“ पनि आइरहेका छन्’, गौतमले तुलनात्मक रुपमा कारोबार फष्टाउदै गएको जानकारी दिंदै भने, ‘भन्सार छलेर भैरहेको कारोबारलाई निरुत्साहित गर्न सके नेपाली कपि उद्योगहरुले बजार ओगट्न सक्छन् ।’

 
‘विभिन्न भारतीय कम्पनीका कापीहरुको नाम नै तोकेर विद्यालयहरुले अभिभावकलाई दिने दबाब चिर्न जरुरी छ’, निजी विद्यालयहरुले सिण्डिकेट लगाएको गुनासो गर्दै सार्थकका सञ्चालक उपाध्यायले भने, ‘यसबाट राजश्व पनि चुहावट भैरहेको छ र भारतीय ब्राण्डलाई बिस्तार गर्ने काम गरिएको छ ।’

 

सम्बद्ध उद्योगपतिहरुका अनुसार, नेपालगन्जबाट भैरहेका उत्पादनहरु जिल्ला बाहिर राम्रो माग छ । ‘क्वालिटि हु“दैनथ्यो भने माग बढ्दैनथ्यो’, सार्थकका प्रबन्ध निर्देशक श्रेष्ठले पहाडी क्षेत्रमा आफ्ना उत्पादनहरुको माग बढिरहेको जानकारी दिंदै भने, ‘नेपालगन्जमा खुला सीमानाका कारण सोझै रुपैडिहा गएर सामान किन्ने प्रचलनले समस्या पार्यो ।’ त्यही भनाइ सनराइजका सञ्चालक गौतमको पनि छ । उनले भारतीय उत्पादन सग प्रतिस्पर्धा गर्न उधारो कारोबार गर्नुपर्ने बाध्यताले असर गरिरहेको टिप्पणी गरे । ‘नीतिगत समस्या छैन तर, व्यवहारिक समस्याले हामीलाई फष्टाउन चाहेजति दिइरहेको छैन’, गौतमले एक दशकअघि ओम ज्ञवाली, विष्णु गौतम, चिरञ्जीवि ज्ञवाली लगायतस“ग सामूहिक लगानीमा सुरु गरिएको सनराइजलाई हाल एक्लै सञ्चालन गरिरहेका छन् ।

 

नेपाली कपि बजारलाई स्थानीय उद्योगले थेग्न सक्छ ?, सञ्चालकहरु भन्छन्, ‘बजारको सुनिश्चितता भयो भने सोही अनुसार लगानी बढाएर पनि काम गर्न सकिन्छ । उनीहरुका अनुसार, सबै कच्चा पदार्थ भारत निर्भर हु“दा पनि भारतीय उत्पादनहरुलाई चुनौति दिएर बजार बिस्तार गर्न स्थानीय उद्योगहरु बिस्तारै सक्षम भैरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया