भ्रमित सेवाग्राही : विद्युत महशुलमा ‘सर्भिस चार्ज’

सरकारले विद्युत महशुलमा लिँदै आएको न्युनतम शुल्कलाई सर्भिस चार्जको नामबाट तोकेपछि सेवाग्राही अहिले चौतर्फी रुपमा भ्रमित हुँदै आएका छन् ।

 

१८ महिना अघि नेपाल सरकारले उपभोक्ताले प्रयोग गरेको युनिटका आधारमा सेवाशुल्क निर्धारण गर्ने रणनीति बनाएर लागुगरेपछि कतिपय सेवाग्राही सेवा शुल्कबाटै पीडित भएको गुनासो गर्दै आएका छन् । विद्युत युनिट अनुसार महसुल रकम बढि घटि हुने विषयमा सेवाग्राहीले ध्यान नदिँदा कतिपयको कम र कतिपयको सर्भिस चार्ज बढि भएको विषयलाई विद्युत कार्यालयले गडबडी गरेको आरोप लगाउँछन् । तर, वास्तविकता त्यो होइन ।

 
सेवाग्राहीले १८ महिना अघि तिर्दै आएको न्युनतम् शुल्क ८० रुपैयालाई घटाएर सरकारले ३० रुपैयामा झारेको थियो । देशमा ५० प्रतिशत भन्दा बढि सेवाग्राहीको १० युनिट भन्दा कम हुने गरेको तथ्यलाई सहुलियत दिन सरकारी योजना प्रभावकारी रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जका प्रमुख उमेश कुमार झाले बताए ।
‘मुख्य विषय के हो भने युनिटको बढि वा घटि खपत भए अनुसार सर्भिस चार्ज र युनिटको दर रेट महशुल फरक फरक हुन जान्छ’, दैनिक नेपालगन्ज संग झाले भने, ‘उपभोक्ताले कतिपय प्राविधिक विषय बुझ्न नसकेका कारण पनि समस्या हुन्छ ।’

 

पहिला ८० रुपैया न्युनतम चार्ज थियो, जसलाई अहिले सर्भिस चार्ज भनिन्छ, झाले भने, अहिले २० युनिट सम्म न्युनम सर्भिस चार्ज ३० रुपैया हो । कुनै प्रयोग नभएको खण्डमा पनि उपभोक्ताले ३० रुपैया बुझाए पुग्छ, उनले भने, पहिले ८० रुपैया“ तिर्नु पथ्र्यो । अर्थात कम खपत नै सर्भिस चार्ज घटाउन सक्ने उपाय हो । सरकारले यो विकल्प निर्धारण गर्नुको उद्देश्य सेवाग्राहीको स्तर र मापदण्ड तय गर्नु पनि हो । सेवाग्राहीले विद्युत उपभोग गर्ने आधारमा नै शुल्क लिने सरकारी प्रावधानलाई अवलम्बन गर्दै अहिले देशै भरिका विद्युत प्राधिकरणले सर्भिस चार्ज र युनिट अनुसारको रकम बृद्धि गरी लिँदै आएका छन् ।

 
सरकारी निर्णय अनुसार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले सिंगल फेज २३० भोल्टमा ५ एम्पियरको २० युनिटमा ३० रुपैया, १५ एम्पियरमा ५० रुपैया“, ३० एम्पियरमा ७५ रुपैया र ६० एम्पियरमा १२५ रुपैया सर्भिस चार्ज लिँदै आएको छ । त्यसैगरि १० केभीए सम्म ४०० भोल्टको थ्री फेज, ४०० युनिटको सेवाशुल्क ११०० रुपैया“ र १० केभिए भन्दा माथि १८०० रुपैया सेवा शुल्क लाग्ने विद्युत प्राधिकरणले जनाएको छ ।

 

२० युनिट सम्म ३ रुपैया, २१ देखि ३० युनिटको ७ रुपैया, ३१ देखि ५० युनिटको ८ रुपैया ५० पैसा, ५१ देखि १५० युनिटको १० रुपैया, १५१ देखि २५० युनिटको ११ रुपैया २५१ देखि ४०० युनिटको १२ रुपैया र ४०० युनिट भन्दा माथि प्रत्येक युनिटको १३ रुपैयाका दरले महशुल असूल भइरहेको विद्युत प्रमुख झाले बताए । विद्युत प्राधिकरण सरकारी नीति नियम र ब्यवस्था अनुसार संचालित कार्यालय रहेकोले कुनै प्रकारको भ्रम नरहेको झाले प्रष्ट पारे । उनले उपभोक्ताले ध्यानपूर्वक बुझ्न नखोजेका कारण असझदारी कायम भएको हुन सक्ने बताउँदै सेवाग्राहीलाई सूचित गर्न आफु सँधै तत्पर रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया