सुन जाच्ने मेसिन सहित ज्वेलर्स

नेपालगन्जमै सुनको शुद्धता जाँच्न टन्च मसिन सहितको गहना पसल सञ्चालनमा ल्याइएको छ ।
साइनिङग टे«ड एण्ड इन्भेष्टमेन्टले साढे २ करोड लगानीमा नेपालगन्जको न्युरोडमा संस्कृति ज्वैलर्स सञ्चालनमा ल्याइएको हो । संस्कृतिले ५२ लाखको लागतमा सुनचाँदीको गहनामा शुद्धता जाँच्ने मेसिन जडान गरेको जनाएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुले गहना पसलको उद्घाटन गरे । सुर्खेतमा रहेको संस्कृति ज्वैलर्सले नेपालगन्जको न्युरोडमा शाखा विस्तार गरेको जनाएको छ ।

 

संचालक सुदर्शन श्रेष्ठले ज्वैलर्समा सुन र चाँदीको शुद्धता नाप्ने टन्च मेसिनबाट आइएसओ प्रमाणित गहनाहरु विक्रि वितरण गरिने गरेको जानकारी दिए । ‘आधुनिक एवं परम्परागतका गरगहनाहरु दक्ष कारिगढबाट जुनसुकै डिजाइनमा निर्माण गरि सेवा प्रवाह गरिने ज्वैलर्सका संचालक टिमिला श्रेष्ठले बताइन् ।

 

साढे दुई करोडको लागतमा नेपालगन्जको शाखा विस्तार गरिएको संचालक श्रेष्ठले बताउनुभयो । २०७३ साल माघ २ गते सुर्खेतमा केन्दिय कार्यालय रहेको ज्वैलर्सको दोश्रो शाखा नेपालगन्ज रहेको उहाँले बताउनुभयो । थप शाखा विस्तारका लागि ज्वैलर्सले नयाँ बर्षमा कोहलपुर र दैलेखका खोल्ने तयारी गरिरहेको संचालक श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया