प्रत्यक्षतर्फ सकियो बाँकेको मतगणना, हेर्नुस् क–कसले जिते

तीन वटा क्षेत्र रहेको बाँकेमा सबै क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएको छ ।

 

जसमा वाम गठबन्धनले प्रतिनिधिसभा तर्फ २ र प्रदेश सभा तर्फ ४ सिटमा जित हात पारेको छ । संघीय समाजवादी फोरमले प्रतिनिधिसभा तर्फ १, प्रदेश सभा तर्फ १ र नेपाली काँग्रेसले प्रदेशसभा तर्फ १ सिटमा विजय हात पार्यो ।
प्रतिनिधिसभा तर्फ बाँके क्षेत्र नं. १ मा वाम गठबन्धनका महेश्वर गहतरा (अथक)ले विजय हात पारे । माओवादी केन्द्रका नेता अथकले ३११७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्र्रेसका माधबराम खत्रिले २८१७३ मत प्राप्त गरे ।

 

बाँके क्षेत्र नं. १ प्रदेश सभा तर्फ दुवै सिटमा वाम गठबन्धनकै उम्मेदवार विजयी भए । क मा माओवादी केन्द्रकी कृष्णा केसी र ख मा नेकपा एमालेकी आरती पौडेल विजयी भएकी हुन् । आरतीले १९३८९ मत ल्याउँदा उनका निकटम र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण प्रसाद गौडेल १५२०५ मत प्राप्त गरेका छन् । मुनाले १३ हजार ४ सय ३६ मत प्राप्त गरिन भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १० हजार २ सय ४० मत प्राप्त गरे ।

बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फ संघीय समाजवादी फोरमका मो. इस्तियाक राई विजय भए । उनले २१ हजार ५ सय २५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका पशुपति दयाल मिश्रले १५ हजार ६ सय ४१ मत प्राप्त गरेका छन् ।

 

बाँके क्षेत्र नं. २ प्रदेश सभा तर्फ क मा संघीय फोरम र ख मा नेपाली काँग्रेसका सुरेन्द्र हमाल विजयी भए ।
बाँके क्षेत्र नं. २ प्रदेश (क) मा संघीय समाजवादी फोरम नेपाल विजयबहादुर यादव विजयी भए हुन् । उनले ११ हजार ५ सय ७४ मत ल्याएका हुन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निरञ्जनसिंह सिजापतिले ७ हजार ७ सय ५१ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै, बाके क्षेत्र नं. २ (ख)मा सुरेन्द्र हमाल विजयी भए । उनले ९ हजार २ सय ११ मत प्राप्त गर्दै फोरमका उम्मेदवारलाई पराजित गरेका हुन् ।

 

बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनका नन्दलाल रोकाय विजयी भए । रोकायले ३१५९३ र उनका निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गरे ।

बाँके क्षेत्र नं. ३ ‘क’ प्रदेश सभा सदस्यमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आइपी) निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका चन्तराम थारुलाई १६९४ को फराकिलो मत अन्तरले विजय हात पारेका हुन् । माओवादी केन्द्र खरेलले १६ हजार ६ सय ७५ मत प्राप्त गरे ।

 

बाँके क्षेत्र नं। ३ खमा बाबुराम गौतम विजयी भएका छन् ।
वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार गौतमले ११ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्ष्मीनारायण शाहले ७ हजार ५ सय ९२ नब्बे मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया