विकासका लागि सबैको साथ

‘मैले कहिल्यै आफुलाई विशेष र ठूलो मान्छे ठानिन’, दैनिक नेपालगन्जबाट उनको विजय पछि प्रतिक्रिया लिन गरेको टेलिफोनको सुरुवातमै नमस्कारबाट कुरा सुरु गरेका सुरेन्द्र हमालले आफ्नो जितको कारण राजनीतिमा ठूलो योगदान दिएको पारिवारिक पृष्ठभूमि, खेलकुद क्षेत्रमा पुर्याएको ठूलो योगदान र आफ्नो व्यक्तिगत व्यवहारलाई आधारका रुपमा अघि सारे ।

 

हुनपनि देशभरीमै काग्रेस पछाडी परिरहेको बेला स्व. सुशिल कोइरालाको गृह जिल्लाबाट सुरेन्द्रको जितलाई काग्रेस वृत्तबाट गौरवबोध गरिएको छ । ‘यो जित म प्रतिको विश्वास र आशाको जित हो’, आफुले व्यक्त गरेका प्रतिबद्धताहरु पालना गर्नेमा आश्वस्त पार्दै नवनिर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रले दैनिक नेपालगन्जस“ग भने, ‘विकास निर्माणदेखि नेपालगन्जलाई सुन्दर बनाउनेसम्मका अघि सारिएका योजनाहरु पूरा गर्न सबैको साथ चाहिन्छ ।’ १० हजार बढी मतदाताहरुलाई मत दिएर जिताएपनि भोलि विकास निर्माणमा सबै जनताको साथ चाहिने धारणा राख्दै सुरेन्द्रले भने, ‘विकास निर्माणको कुरा म एक्लै गरेर हुने होइन सबै जनताको साथ र सहयोगबाट मात्र नेपालगन्ज, बा“के र राष्ट्रबन्न सम्भव हुन्छ ।’,

 

घरबारीटोल नेपालगन्जका रैथाने सुरेन्द्र परिवारका ६ दाजुभाई मध्ये राईलो हुन् । २०१९ सालमा जन्मिएका उनी नेपाली काँग्रेसका तत्कालीन जिल्ला सभापति स्व. रणेन्द्र हमाल (भाइराजा) का राइलो भाई हुन् । ‘दाजुकै संगतबाट राजनीतिमा आकर्षित भइयो’, सुरेन्द्र १३ वर्षको कलिलो उमेरमै खेलकुद क्षेत्रमा प्रवेश गरे, खेलकुदसँगै बिद्यार्थी राजनीतिमा पनि होमिएको सम्झदै भन्छन् ।

 

हुनपनि राजनीति भन्दा खेलकुदमा चिनिएका सुरेन्द्र खेलकुदमा संघर्ष गर्दाको परिणाम स्वरुप २०३२ सालमा पहिलो पटक टेवुल टेनिस प्रतियोगितामा सहभागिता जनाए । २०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर उनले पाए । उनको टोली २०३५ मा टेवुल टेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो । त्यसपछि सुरेन्द्रको ध्यान भारत्तोलन खेलतर्फ मोडियो । प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता (२०३८) मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता (२०४०) मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेष्टम्यान (२०४१) मा वेष्ट लिफ्टर भए ।

 

 

सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप (२०४१) मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए । हमालले २०४५ देखि २०४७ मा दाङ र नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थिए । यसका साथै भारतको दिल्लीमा आयोजित एशियन खेलकुद (सन् १९८२), लास्एन्जेल्स ओलम्पिक (सन् १९८४) र एशियन गेम बेजिङ(सन् १९९०) मा उनले पोजिसनको लागि डिप्लोमा उपाधी पाएका थिए ।

 

 

तर, सुरेन्द्रको राजनीतिक जीवन पनि कम्ति रोचक छैन । ‘हुनत म राजनीतिमा रुचि रहरले भन्दा परिस्थितिले होमिएको मा५े हु’, सुरेन्द्रको भनाइ छ । विद्यार्थी जीवनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल बिद्यार्थी संघको तर्फबाट स्थानीय महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको सचिव हुदै सभापति भएर काम गरे । २०४४ सालमा पार्टीले टिकट दिएपछि स्थानीय चुनाव लडे ।

 

 

पार्टीले २०४९ सालमा तत्कालिन नेपालगन्ज नगरपालिकाको उपमेयरको टिकट दियो । ओलम्पियन हमालले नगरपालिकाको उपमेयर जिते र पाँच वर्षसम्म विकास निर्माणको काममा समय बिताए । त्यसपछि पार्टीको विभिन्न पदमा रहेर राजनीति र खेलकुदको व्यवस्थापकीय पक्षलाई सम्हाल्न थाले । स्थानीय तहमा नगरप्रमुखको दाबेदारी गरेका सुुरेन्द्र प्रदेश सभाका लागि आश्वासन दिएपछि चुनावी अभियानमा डा. सुरेश कनोडियासगै होमिए । उनलाई प्रदेशसभा सदस्यका पार्टीले टिकट दिएपछि राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय कोषाध्यक्ष रहेका उनले जिम्मेवारीबाट राजिनामा दिएर प्रचार अभियानमा सक्रिय भएका थिए । ‘खेलकुद क्षेत्रले म बाट गरेका अपेक्षा पूरा गर्नु पनि मेरो कर्तव्य रहनेछ’, सुरेन्द्रले भने ।

प्रतिक्रिया

प्रतिक्रिया