बाकेमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम धमाधम आउन थालेको छ । शनिबार मात्रै बाके क्षेत्र नं. २ को सबै परिणाम घोषणा भएको छ । त्यस्तै, क्षेत्र नं. १ क र ३ क को प्रदेशसभा सदस्य निर्वाचन परिणाम पनि घोषणा गरिएको छ ।
निर्वाचन आयोगले तोकेको समयसीमा भन्दा पहिले नै मत परिणाम सार्वजनिक गर्ने गरी काम भैरहेको बा“केका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । ‘आयोगले दिएको समयसीमा भन्दा पहिले काम सक्छौं’, सुवेदीले बा“के क्षेत्र नं. २ को निर्वाचन परिणाम घोषणा गरेपछि दैनिक नेपालगन्ज स“ग भने । सुवेदीले क्षेत्र नं. २ को निर्वाचन अधिकृतको जिम्मेवारी समेत सम्हालेका छन् ।
बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा संघीय समाजबादी फोरम नेपालका मोहम्मद इस्तियाक राई
विजयी भएका छन् । उनले २१ हजार ५ सय २५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका पशुपति दयाल मिश्रले १५ हजार ६ सय ४१ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका ओम प्रकाश आजादले ११ हजार ६ सय २२ र राजपाका विजय कुमार गुप्ता १ हजार ४ सय ९७ मत प्राप्त गरे । प्रदेश सभा तर्फ बाँके क्षेत्र नं. १ ‘क’ प्रदेश सभामा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी कृष्णा के.सी. (नमुना) निर्वाचित भएकी छिन् ।
त्यस्तै, बाँके क्षेत्र नं. २ प्रदेश (क) मा संघीय समाजवादी फोरम नेपाल विजयबहादुर यादव विजयी भएका छन् । उनले ११ हजार ५ सय ७४ मत ल्याएका हुन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निरञ्जनसिंह सिजापतिले ७ हजार ७ सय ५१ मत प्राप्त गरेका छन् । यादव अघिल्लो बर्षसम्म नेपाली का“ग्रेस बा“केका सचिव थिए ।
त्यस्तै, बाके क्षेत्र नं. २ (ख)मा सुरेन्द्र हमाल विजयी भएका छन् । उनले ९ हजार २ सय ११ मत प्राप्त गर्दै फोरमका उम्मेदवारलाई पराजित गरेका हुन् ।
बाँके क्षेत्र नं. ३ ‘क’ प्रदेश सभा सदस्यमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आइपी) निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका चन्तराम थारुलाई १६९४ को फराकिलो मत अन्तरले विजय हात पारेका हुन् । माओवादी केन्द्र खरेलले १६ हजार ६ सय ७५ मत प्राप्त गरे ।
मतगणना जारी रहेका बा“की क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । क्षेत्र नं. १ र ३ को प्रतिनिधिसभा तथा प्रदेश सभा दुवै पदमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।