प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा स्थानीय तहमा भन्दा कम मत खसेको छ । देशभरी नै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा स्थानीय तहमा भन्दा कम खसेको हो । स्थानीय तहमा देशभरी ७० प्रतिशत मतदान भएको थियो ।
बा“केमा पनि गत असारमा सम्पन्न स्थानीय तह भन्दा कम प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगले बिहीबार सम्पन्न निर्वाचनमा बा“केमा ७०.७ प्रतिशत मत खसेको बताएको छ । उक्त प्रतिशत देशभरीको पहिलो चरणको ६५ र बिहीबार भएको दोस्रो चरणको ६७ प्रतिशत भन्दा बढी भएपनि बाकेको सन्दर्भमा कम हो । बा“केमा स्थानीय तहमा खसेको ७५ प्र्रतिशत भन्दा झण्डै ५ प्रतिशत मतदान कम भएको हो । ३० हजार बढी नया मतदाता थपिएपछि बा“केमा पहिले भन्दा मत प्रतिशत बढ्ने अपेक्षा गरिएको थियो । तर, त्यसो हुन सकेन ।
विश्लेषकहरु स्थानीय तहमा भन्दा प्रतिनिधि र प्रदेश सभा निर्वाचन तर्फ आकर्षक कम भएको कारण मान्छन् । मतदानको बेलामा पनि रोजगारीका लागि भारत जाने र बाहिरी जिल्लामा रहेका मतदाता भोट हाल्न नआउ“दा मत घटेको अनुमान गरिएको छ । कतिपय नया“ मतदाता समेत निर्वाचनमा सहभागी भएको पाइएन ।