बाकेका मतदान सकिएका केन्द्रहरुमा मतपेटिका शिल गर्न सुरु गरिएको छ । कतिपय केन्द्रहरुमा भने अझैपनि मतदान चलिरहेकाले केही समय लाग्ने बताइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाकेमा निर्वाचन आयोगले दिएको समयसीमा सकिएपनि मतदाता अझै लाइनमै छन् । ‘एउटै मतदान केन्द्रमा ३ सय बढीसम्म मतदाता लाइनमै छन्’, बाकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले नेपालगन्ज–२१ महाराजा मावि पुरैना केन्द्रको पछिल्लो अवस्था सुनाउदै भने, ‘हामी इमरजेन्सी लाइटको व्यवस्था मिलाउदैछौं ।’
५ बजिसक्दा नेपालगन्जको सरस्वति निमावि, बालमन्दिर लगायतका केही केन्द्रबाट मात्र मतदान सकिएको जानकारी आएको छ । ‘अधिकांस मतदान केन्द्रमा मतदाताहरु लाइनमै भएकाले मतदान जारी रहेको’ प्रजिअ केसीले बताए । उनका अनुसार, अहिलेसम्म ६१ प्रतिशत मतदान सकिएको प्रारम्भिक अनुमान गरिएको छ ।
(नेपालगन्ज उपमहानगरपालिका केन्द्रमा मतदान सकिएपछि मतपेटिका शिल गरिंदै तस्वीर : हिमाल गैरे)