बाँकेमा सुरक्षाका तीन घेरा

संविधान कार्यान्वयनका लागि ऐतिहासिक प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा हामी छौं । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था महत्वपूर्ण हुन्छ । सुरक्षा व्यवस्था मजबुत नहुदा सम्म शान्तिपूर्ण वातावरणमा भयरहित निर्वाचन नहुने भएकाले हामीले सुरक्षालाई पहिलो प्राथमिकता दिएका छौं ।
बाकेमा जम्मा १ सय ३६ वटा मतदान स्थल, ३ सय २७ मतदान केन्द्र छन् । ती केन्द्रमा जाने कर्मचारी, सुरक्षाकर्मीहरु, राजनीतिक दल, उम्मेदवारहरु पूर्ण रुपमा तयार अवस्थामा छन् । हामीले केन्द्रीय सुरक्षा रणनीति अनुरुप जिल्लामा सुरक्षा व्यवस्थापन, सूचना संकलन, समन्वय गर्दै सुरक्षा व्यवस्था मिलाएको व्यहोरा जानकारी गराउन चाहन्छु । सुरक्षा योजना निर्वाचनमा खटिने कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, मतदाता सबैलाई भयरहित वातावरण बनाउने भन्नेमा हाम्रो सुरक्षा योजना केन्द्रित छ ।
कतिपय मतदान स्थललाई अति संवेदनशील, कतिपयलाई संवेदनशील र कतिपयलाई सामान्य मतदान स्थल गरेर वर्गीकरण गरेका छौ । वर्गीकरणका आधारमा सुरक्षाकर्मीहरु परिचालन गरेका छौं । त्यस्तै, सुरक्षाको केही थ्रेट वा सम्भावनालाई सम्बोधन गर्न पहल र प्रयासहरु गरिरहेका छांै । सुरक्षा चुनौति रहेको क्षेत्रहरुमा, भौगोलिक रुपमा आवागमनमा समस्या रहेको ठाउमा पनि त्यसलाई समाधान गर्न पहल र प्रयास गरेका छौं ।
प्रत्येक मतदान स्थलसम्म गाडी पुग्ने अवस्था छ । प्रत्येक मतदान स्थलमा विजुली र टेलिफोनको व्यवस्था गर्न पहल गरेका छौं । अधिकांस मतदान स्थलमा त्यसको व्यवस्था भैसकेको छ । अरु जिल्ला र सीमा जोडिएका नाकामा हुन सक्ने अवाञ्छित गतिविधिका सम्भावनालाई दृष्टिगोचर गरेर हामीले सीमा ७२ घण्टा अगाडी देखि शिल गरिएको छ र, अरु जिल्लाबाट यस क्षेत्रमा आउने व्यक्तिहरुको प्रवाहलाई नियन्त्रित गर्ने अथवा खानतलासी र चेकजा“च गर्ने अभ्यास अघि बढाएका छौं । विभिन्न मानिसहरुको भेला हुन सक्ने सम्भावित स्थान होटल, गल्लीहरुमा सुरक्षाकर्मी परिचालित गरेर सुरक्षा प्रत्याभूति गरेका छौं ।

 

सुरक्षा रणनीति अन्तर्गत बाहिरी घेरामा नेपाली सेना आफ्ना विभिन्न पोष्ट खडा गरेर परिचालित भैसकेको छ । त्यसको पछाडी सशस्त्र प्रहरी परिचालित भएको छ भने मतदान स्थलमा नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिइरहेका छन् ।
हामी सग भएका सबै स्रोत साधनको अधिकतम प्रयोग गरेर सुरक्षा व्यवस्था मजबुत बनाएका छौं । त्यसैले आम मतदाताहरुलाई म ढुक्क भएर मतदानमा सहभागी हुन आव्हान गर्दछु । यो ऐतिहासिक अवसर हो, संवैधानिक दायित्व पुरा गर्नेे अवसर पनि भएकाले ढुक्क भएर मतदानमा भाग लिनुस् ।

 

सुरक्षा विषय बहुआयामिक पनि हुन्छ । हामीसग भएका जे–जति सुरक्षा निकाय छन् सबैलाई हामीले आ–आफ्नो भूमिका अनुसार परिचालित गरेका छौं । सुरक्षाकर्मीहरु फिल्डमा परिचालित भएर फिल्डको अवस्था बारे जानकारी लिइरहनु भएको छ । सुरक्षाकर्मी परिचालित भैसकेकाले कुनै पनि अवाञ्छित गतिविधि नहुने र कसैले अवाञ्छित गतिविधि गर्न खोजे त्यसलाई नियन्त्रणमा लिइने छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा १० मिनेटको दुरीमा अर्को बाह्य सुरक्षा फौज परिचालित भैसकेको छ । सडकमा गस्ती बढाइएको छ । चेकजाच, खानतलासी गरी सजगता अपनाएका छौं । सुरक्षाको प्रत्याभूति हुने विभिन्न गतिविधि अवलम्बन गरिसकेको हुनाले कसैले पनि सुरक्षाप्रति शंका गर्नुपर्ने अवस्था छैन । अहिलेसम्म बाकेको सुरक्षाको अवस्था सामान्य छ कसैले चिन्ता लिनु पर्ने अवस्था छैन । निर्वाचनका लागि विभिन्न चुनौतिहरु हुन्छन् ।

बाके जिल्लामा मात्रै ६५ किलोमिटर क्षेत्र भारतीय सीमाना सग जोडिएको छ । ती ठाउहरुमा परम्परा देखि नै खुल्ला रुपमा आवातजावत हुने गरेको छ । एउटा मुलुकमा घटना घटाएर अर्को मुलुकमा जाने सम्भावना रहने भएकाले त्यसलाई रोक्नका लागि हामीले दुई देशीय काउन्टरपार्टस् बसेर हाम्रा सुरक्षा चासोहरु राखेका छौं । दुवै तर्फबाट सुरक्षा सम्बन्धी आ–आफ्ना चासोहरु व्यक्त गरिएको छ । काउन्टर पार्टस् बैठकमा समकक्षी बीच त्यस्ता चुनौतिहरु विरुद्ध मिलेर लाग्ने बेला–बेलामा निर्णयहरु हुने गरेका छन् । भर्खरै भएको बैठकले पनि सोही निर्णय गरेको छ ।

७२ घण्टा अघि देखि नै सीमा शिल गर्ने निर्णय बमोजिम मंगलबार राती १२ बजेदेखि बाकेसग जोडिएको ६५ किलोमिटर क्षेत्रम शिल भैसकेको छ । कुनै अति आवश्यक एम्बुलेन्स, मानवीय हित र उद्दारका काम बाहेक अरु सम्पूर्ण आवतजावत बन्द गरिएको छ । यसले एउटा मुलुकमा घटना गराएर अर्को मुलुक भाग्ने सम्भावनालाई अति न्यून बनाएका छौं । साथै दुई देशका सुरक्षाकर्मीहरुको संयुक्त गस्तीलाई पनि हामीले निरन्तरता दिएका छौं । दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त तथा अलगअलग गस्ती गरेर सुरक्षाको प्रत्याभूति दिइरहेका छन् ।

 

धार्मिक र सामाजिक सद्भावको कुरामा भने बाकेलाई संवेदनशील मान्ने गरेका छौं । यहा मुस्लिम, हिन्दु, शिख समुदाय रहेको र विगतमा भएका केही अप्रिय घटनाका कारण पनि हामी यस जिल्लालाई संवेदनशील रुपमा लिने गर्छौ । धार्मिक संवेदनशीलताको फाइदा उठाउ“दै त्यसमा राजनीति गर्न खोज्ने सम्भावनालाई औंल्याउदै हामीले सम्पूर्ण राजनीतिक दलहरुलाई आफ्ना विचार, योजनामा धार्मिक सद्भाव नबिथोल्न अनुरोध गरेका छौं ।
समयसमयमा हामीले धार्मिक सद्भाव सम्बन्धी र राजनीतिक दलस“गको बैठकहरुमा यस्तो किसिमको सजगता अवलम्वन गर्न उहा“हरुलाई अनुरोध पनि गरेका छौं । र, सबै राजनीतिक दलबाट धार्मिक र सामाजिक कुरा राजनीतिमा जोडिनु हुन्न फरक–फरक दृष्टिकोणले हेरिनुपर्छ भनेर हामीलाई आश्वासन दिनुभएको छ । मलाई लाग्छ त्यो विषयले हाम्रो सद्भाव खल्बल्याउने छैन । र, राम्रोस“ग अभ्यास भएर निर्वाचन स्वच्छ रुपमा हुनेछ भन्ने हाम्रो अपेक्षा छ । यसमा आमनागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नागरिकहरुलाई धार्मिक र सामाजिक सहिष्णुता कायम गरिदिन अनुरोध पनि गर्दछु । अहिलेसम्मको अवस्था हेर्दा मैले सामान्य अवस्थामा रहेको पाउछु ।

 

सुरक्षा संयन्त्र मार्फत सूचना संकलन गरेर त्यस अनुसार सुरक्षा रणनीति बनाउने गरेका छौं । कतिपय अवस्थामा सूचनाको अप्रर्याप्तताले अथवा लहैलहैमा यस्ता घटना घट्ने भएकाले म आम नागरिकहरुलाई विशेष अनुरोध के गर्न चाहन्छु भने हल्लाका पछाडी नलाग्नुस् । आधिकारिकता पुष्टि भएपछि मात्र कुनै कदम चाल्नु पर्छ । लहैलहैमा लागेर विगतमा घटना भएको हामी पाउछौं । त्यसैले कुनै घटनाको आधिकारिकता बुझ्ने हो भने घटना नबढ्ने भएकाले आधिकारिता बुभ्mन आग्रह गर्दछु । नागरिकले आफ्नो दायित्व बुझ्नु पर्छ । र, नागरिक शिक्षा सिकाउनु राज्यको दायित्व हो । राज्यबाट औपचारिक, अनौपचारिक रुपमा नागरिक शिक्षा प्रदान भैरहेको छ । सरकार बलियो बनायो भने दण्डहीनता पनि अन्त्य हुन्छ । दण्डहीनता न्यून गर्न बलियो सरकार बनाउदै कानुनी व्यवस्थाको कडाईका साथ लागु गर्नुपर्छ ।
(प्रजिअ केसीसँगका कुराकानीमा आधारित)

प्रतिक्रिया

प्रतिक्रिया