मतदान सुरु, उत्साहजन सहभागिता सहभागिता

आज बिहीबार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणका ४५ जिल्लामा मतदान सुरु भएको छ । नेपालगन्जको मौसम एकाएक बदलिएर चिसो रहेपनि त्यसलाई मतदाताको उत्साहलाई कम गर्न सकेन । ७ बजेदेखि मतदान सुरु हुने भएपछि मतदाता विहान साढे ५ बजेदेखि नै मतदान केन्द्रमा लामबद्ध हुन पुगिसकेका थिए ।

बाकेका सबैजसो मतदान केन्द्रमा मतदाताहरु घुइचो लागि सकेको छ । क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले जिल्लाका १ सय ३६ मतदान स्थलका ३ सय २७ मतदान केन्द्रमा सम्पूर्ण तयारी सकिएको बताए । बाकेमा २ लाख ७६ हजार ७ सय १८ मतदाता छन् ।

गत मंसिर १० गते भएको ३२ जिल्लाको मतदानको परिणाम समेत आजको मतदान सकिए लगत्तै गणना सुरु गरिनेछ । बा“के, बर्दिया लगायत निर्वाचन हुने देशका सबै जिल्लामा तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त अयोध्यीप्रसाद यादव लगायत मुख्य दलका शिर्ष नेताहरु समेतले निर्वाचनमा भाग लिन आम मतदातालाई आव्हान गरेका छन् ।


आज विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ४५ जिल्लाका १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताहरु निर्वाचनमा सहभागी हुनेछन् । मुलुकमा पहिलो पटक प्रदेशसभा निर्वाचन हुदैछ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको यो निर्वाचन सगै संविधानसभाले निर्माण गरेको ऐतिहासिक संविधान पूर्ण कार्यान्वयन हुनेछ र मुलुक राजनीतिक स्थायित्वको युगमा प्रवेश गर्ने विश्वास लिइएको छ ।


दशक लामो सशस्त्र विद्रोह, त्यसपछिको अर्को संक्रमणकालीन दशकलाई सम्बोधन गर्न संविधानसभाले जारी गरेको नेपालको संविधान २०७२ पूर्ण कार्यान्वयन स“गै मुलुक नया“ युगमा प्रवेश गर्ने भएको हो । निर्वाचनका सबै तयारीहरु पूरा भएका सम्बद्ध अधिकारीहरुले जनाएका छन् । बा“केका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले निर्वाचनका सबै तयारी सकिएको र विहान ७ बजेदेखि निर्धक्क भएर सहभागी हुन आव्हान गरेका छन् ।


दैनिक नेपालगन्जस“गको कुराकानीमा सुवेदीले लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको जनताको अभिमत निर्भयताका साथ व्यक्त गर्ने व्यवस्था मिलाइएको बताए । बा“केका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सुरक्षाका संयन्त्रहरुको भरपुर व्यवस्थापन गरिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरे ।

(नेपालगन्जको लग्दहवा मावि केन्द्र कारकादोमा विहान देखिएको दृश्य: तस्वीर झलक गैरे / हिमाल गैरे)

 

प्रतिक्रिया

प्रतिक्रिया