निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई अझ कडा पारिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार, जिल्लाको समग्र सुरक्षा व्यवस्था कडा पारिएको हो । सम्बद्ध स्रोतका अनुसार, जिल्लाका सबै संवेदनशील स्थानहरुमा नेपाली सेनाले वेश स्थापना गरिसकेको छ । नेपालगन्ज कारागार र नेपालगन्ज विमानस्थलको सुरक्षा कमाण्ड पनि सेना सम्हालेको छ ।
आवश्यकता अनुसार, सेनाले सुरक्षा गस्तीलाई तिव्रता दिन थालेको सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । ‘भारतसगको सीमानाका पूर्ण रुपमा शिल गरिएको छ’, प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले दैनिक नेपालगन्ज सग भने, ‘मतदानको भोलिपल्ट विहानसम्म भारतस“गको सीमा नाकामा आवागमन बन्द छ ।’
निर्बाचनका समयमा कुनैपनि घटना भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली १० मिनेटमा पुग्न सक्ने गरि सुरक्षा योजना बनाएको सुरक्षा अधिकारीले जनाएका छन् । बा“केका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले सबै मतदान स्थलमा प्रहरी पुगिसेको जानकारी दिए । ‘नियमित र आकस्मिक गस्तीस“गै चेकजा“चलाई तिव्रता दिइएको छ’, उनले भने ।