मतदाता परिचय पत्र वितरण सुरु

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज मंगलबार मतदाता परिचय पत्र वितरण सुरु भएको छ । स्थानीय तहको निर्वाचन पछि मतदाता नामावलीका लागि फोटो खिचाएकाहरुलाई मतदाता परिचय पत्र वितरण गरिन लागेको हो ।

 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका बेला परिचय पत्र बनाएकाले सोही परिचय पत्रले मतदानमा सहभागी हुन पाउने जनाएको छ । क्षेत्रीय निर्वाचन अधिकारी बसन्त राज अधिकारीका अनुसार, स्थानीय तहमा परिचय पत्र लिइसकेका बाहेकलाई परिचय पत्र वितरण गरिने भएको हो । साढे ३० हजार नया“ मतदाता लाई परिचय पत्र वितरण गरिने अधिकारीले बताए ।

 

मतदाता पत्र बुझ्न बाकी र गत भाद्र ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गते १८ बर्ष पुगेका नेपाली नागरिकले मतदाता परिचय पत्र प्राप्त गर्नेछन् । बा“केमा थपिएका साढे ३० हजार मतदाता सहित २ लाख ७६ हजार ७ सय १८ जना मतदाता रहेको निर्वाचन कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया