वाम गठबन्धनका पक्षमा खुले नेपालगन्जका उद्योगी, व्यवसायी, सार्वजनिक अपिल नै निकाले

नेपालगन्ज अगुवा उद्योगी, व्यवसायीहरुले राजनीतिक स्थायित्व र समृद्धिका लागि वाम गठबन्धनका पक्षमा खुलेरै मत मागेका छन् । पहिलो पटक सार्वजनिक वक्तव्य जारी गरी उद्योगी, व्यवसायीहरुले वाम गठबन्धनका पक्षमा मत मागेका हुन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठदेखि नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) सम्मले वाम गठबन्धनलाई मतदान गर्न आव्हान गरेका छन् । अपिलमा हस्ताक्षर गर्नेहरुमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यदेखि नेपाल वन पैदावार उद्योग महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष कपिल प्रसाद अधिकारी सम्म छन् ।

 

नेपालमा कपर किङ्गको उपाधीले परिचित प्रसिद्ध उद्योगपति कन्हैयालाल वैद्य देखि उड किङ्गका रुपमा ख्याती कमाएका चम्पालाल बोथरा सम्मले हस्ताक्षर गरेको अपिलमा वाम गठबन्धनका तर्फबाट ‘बा“के क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार पशुपति दयाल मिश्र र प्रदेश सभा सदस्य क्षेत्र २ (ख)का उम्मेदवार विजय गुप्तालाई सुर्य चिन्हमा मतदान गरी विजयी गराउन’ आव्हान गरिएको छ ।

 

‘यो ऐतिहासिक अवसर पनि हो’, अपिलमा हस्ताक्षरकर्ता मध्येका अगुवा व्यवसायी अजय गुप्ताले उद्योगी, व्यवसायीहरु यसरी दलको पक्षमा खुल्नु कति जायज हो भन्ने नेपालगन्जन्यूज जिज्ञासामा भने, ‘हामीले करदाताको सम्मान र व्यवसायिक प्रतिष्ठा स्थापित गर्न वाम गठबन्धनले अघि सारेका दुवै उम्मेदवारलाई समर्थन गर्ने टुंगामो पुग्यौं ।’

 

वक्तव्यमा व्यवसायीहरुले व्यापारिक समस्या अनुभूति गरी निराकरणको पहल गर्न जडिबुटी, पर्यटन, कृषि लगायत उद्योग, व्यापारमा टेवा पुर्याउन उद्योगी, व्यवसाय मैत्री ऐन, कानुन एवं नीति नियम बनाउन वाम गठबन्धन सक्षम रहेको विश्वास गरिएको छ । ‘नेपालगन्जलाई आर्थिक केन्द्र महानगरको रुपमा विकास गर्न राजनीतिक स्थायित्व, शान्ति, स्थायी सरकार र सुशासनका निम्ति’ वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने । ‘राजनीतिक अस्थिरता र अनिश्चितताले मुलुक जरजर भयो यस्तो अवस्थामा राजनीतिक स्थायित्व अपरिहार्य छ’, अर्का हस्ताक्षरकर्ता नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान उपमहासचिव रचना श्रेष्ठले भनिन् ।

 

हस्ताक्षर गर्नेहरु होटल व्यवसायी महासंघका निवर्तमान वरिष्ठ केन्द्रीय उपाध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उद्योगपति प्रदिप छाजेड, औषधी व्यवसायी संघ भेरीका अध्यक्ष अभय बस्नेत, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष सतिश कुमार अग्रवाल, वर्तमान उपमहासचिव तारा रोकाय खत्री, जडिबुटी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष संजय जैन, अग्रणी व्यवसायी अय्युव हलवाई, अमृत सिंह थारु, अनय शर्मा, सन्तोष गोयन्का, अनिल मित्तल, पवन कुमार अग्रवाल, लोकेन्द्र अर्याल, खुर्शिद राई, धु्रव कुमार वैश्य, जितेन्द्र सिंह ठाकुर, सुरेश अग्रवाल, वकिल अहमद, अब्दुल नसिम लगायत छन् ।

को हुन् वाम गठबन्धनका पशुपति

प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार पशुपति दयाल मिश्र नेपालगन्जका प्रसिद्ध उद्योगपति र बैंक तथा वित्तिय क्षेत्रका लगानीकर्ता हुन् । सञ्चार उद्यमी समेत रहेका मिश्र कर्णाली विकास बैंकका अध्यक्ष समेत हुन् ।

रेडियो बागेश्वरी एफएमका सञ्चालक उनी नेपालगन्ज विश्व विद्यालय स्थापना संघर्ष समितिका सहसंयोजकका रुपमा लामो समयदेखि संघर्षरत् छन् । अर्थशास्त्रमा स्नातकोत्तर मिश्र २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्षमा निर्वाचित भएपछि गाविस महासंघ बाकेको अध्यक्ष, जिल्ला विकास समितिको सभापति हुदै जिल्लामा जनमत बनाउन सफल व्यक्तित्व हुन् । सुकुम्बासी समस्या समाधान आयोगको सदस्यका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका मिश्र २०५० सालमा सरकारी सेवाबाट निवृत्त भएदेखि निरन्तर राजनीतिमा पनि सक्रिय छन् ।

तमलोपा हुदै राजपा नेपालका केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारी सम्हालेका मिश्र हालैमात्र नेतृत्वसग असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र समूह गठन गरेका थिए । ‘वाम गठबन्धनको केन्द्रीय नेतृत्वले मधेसका सवाललाई ग्रहण गर्दै स्वतन्त्र समूहस“ग निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि हामीले उम्मेदवारी दिएका हौं’, सुर्य चिन्ह लिएर मैदानमा उत्रिएका मिश्रले भने, ‘अबको सरकार वाम गठबन्धनकै हुन्छ भन्नेमा कुनै विवाद छैन ।’

को हुन् वाम गठबन्धनका  विजय

बाके क्षेत्र नं. २ प्रदेश सभा ख का उम्मेदवार विजय गुप्ता हार्डवेयर व्यवसायी हुन् । व्यवस्थापनमा स्नातक गरेका गुप्ता व्यवसायिक क्षेत्रस“गै २०५० सालदेखि नेकपा एमालेमा संगठित राजनीति गर्दै आएका छन् । एमालेको केन्द्रीय उद्योग व्यवसाय विभागका सदस्य समेत रहेका गुप्ता प्रदेश नं. ६ का संयोजकको जिम्मेवारीमा पनि छन् । मारवाडी समुदायमा निकै लोकप्रिय विजय गुप्ता मारवाडी युवा मञ्चका संस्थापक अध्यक्ष हुन् ।

 

लायन्स क्लब अफ नेपालगन्जका संस्थापक सदस्य गुप्ता सामाजिक क्षेत्रमा उत्तिकै क्रियाशील छन् । ‘पैसा प्रशस्त कमाइयो’, उम्मेदवारी दिएपछि नेपालगन्जन्यूजडटकमसग गुप्ताले भनेका थिए, ‘अब देशका लागि केही गर्नुपर्छ, आफ्ना ठाउका लागि केही गर्नुपर्छ भनेर उम्मेदवार बनेको हु“ ।’ त्यसलगत्तै निर्वाचित भएपछि प्राप्त पारिश्रमिक पूर्ण रुपमा सामाजिक कार्यमा लगाउने घोषणा गरेका गुप्ता प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर व्यवस्थापन समितिमा उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । जिल्लाकै नमूना विद्यालयका रुपमा धम्बोझी उच्च माविमा १० बर्षदेखि सञ्चालक सदस्यको जिम्मेवारीमा रहेका गुप्ता विभिन्न सामाजिक संघ, संस्थाहरुको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया