आचार संहिता लागू हुने निकाय र व्यक्तिहरू :
निर्वाचन आचार संहिताले स्बच्छ र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न मद्धत पुर्याउने भएकाले यसको पालना सबै सरोकारवाला निकायहरुले गर्नु पर्ने हुन्छ । निर्वाचन आचार संहिता नेपाल सरकार, नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह लाई हुन्छ । यस्तै चुनावी मैदान उत्रिएका उम्मेदवार, राजनीतिक दल, राजनीतिक दलको भातृ संगठन र सम्बन्धित व्यक्ति, आमसञ्चारका माध्यम, गैरसरकारी संस्था, नेपाल सरकारका कर्मचारी, प्रदेश सरकारका कर्मचारी, स्थानीय तहका कर्मचारी, निर्वाचन सम्बन्धी कार्यमा संलग्न व्यक्ति तथा सुरक्षाकर्मी,सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक,आयोगले तोकेको निकाय, संस्था वा व्यक्तिलाई पनि निर्वाचन आचार संहिता लाग्ने गर्दछ ।
उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण : सामान्य आचरणमा जस्तै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, वर्ग वा समुदायको आधारमा घृणा र द्वेष उत्पन्न नगर्ने, निर्वाचन कसूर मानिने कार्य नगर्न, नगराउने,निजी जीवनको कुरामा आलोचना नगर्ने, धार्मिक, पुरातात्विक, सरकारी, सार्वजनिक भवन, स्मारक, शैक्षिक संस्थामा निर्वाचन प्रचार प्रशार र सामाग्रीको प्रयोग गर्न हुदैन । यस्तै भित्तेलेखन, तुल, व्यानर प्रयोग गर्न, गराउन नहुने, मतदातालाई प्रभाव पार्न नगदी, जिन्सी वितरण, भोजभतेर गर्न नहुने, महिला तथा अपाङ्गता भएको व्यक्तिको भावनामा आँच आउने काम उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले गर्नु गराउनु हुदैन ।
यस्तै भाषण, वक्तव्यमा मर्यादित भाषाको प्रयोग गर्नु पर्दछ । मतदाता शिक्षा सामग्री बिगार्न हुदैन । सरकारी, स्थानीय तहको सम्पत्ति, साधनस्रोत प्रयोग गर्न हुदैन । प्रचारमा प्लाष्टिक सामग्री प्रयोग गर्न हुदैन । सार्वजनिक आवागमनमा अबरोध हुने कार्य गर्नु हुदैन । कानूनले निषेधित गरेको ठाउँमा आमसभा, बैठक, भेला गर्न हुदैन । साम्प्रदायिक भावना फैलाउने गरी मत माग्न हुदैन । चुनाव प्रचारमा बालबालिकाको प्रयोग गर्न हुदैन । यस्तै निर्वाचनको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्ने कार्य पनि गरिनु हुदैन ।
जुलुस, आमसभा सम्बन्धमा पालना गर्नु पर्ने आचरण : व्यक्तिको स्वतन्त्रता सम्बन्धी हकको हनन नहुने गरी सभ्य तरीकाले गर्ने, स्थानीय प्रशासनको अनुमति लिएर मात्र जुलुस, आमसभा, भेला गर्ने, जुलुस, आमसभा, र्याली, बैठक वा भेला गर्नु अघि सुरक्षा प्रवन्धको लागि स्थानीय प्रशासन र प्रहरीलाई समय, मिति, मार्ग र स्थानको बारेमा कम्तीमा ४८ घण्टा अगावै जानकारी गराउनु पर्ने, सार्वजनिक स्थलमा आमसभा, भेला, बैठक, र्याली गर्न नहुने, एकै स्थानमा एक भन्दा बढी उम्मेवार वा राजनीतिक दलले आमसभा, र्याली, बैठक, भेला नगर्ने, कानून तथा स्थानीय प्रशासनले निषेध गरेको सामग्री प्रयोग गर्न नहुने, ३ फिट x ५ फिट भन्दा ठूलो आकारको व्यानर वा झण्डा प्रयोग नगर्ने, अनुमति प्राप्त सवारी साधनमा ३ फिट x ३ फिट भन्दा ठूलो आकारको पोष्टरको प्रयोग गर्न हदैन ।
यस्तै अरुबाट आयोजित भेला, आमसभा बिथोेल्न नहुने, बालबालिकालाई सहभागी बनाउन, प्रयोग गर्न नहुने, आमसभा वा भेला बाहेक लाउडस्पिकर प्रयोग गर्न नहुने,मतदानको दिन भन्दा ४८ घण्टा अघि देखि मतदानको काम पूरा नभएसम्म जुलुस निकाल्न, नारा लगाउन, झण्डा, चिन्ह प्रदर्शन, प्रचारप्रसार गर्न हुदैन भने मोटर साईकल, रिक्सा, टाँगा तथा गोरुगाडा जस्ता सवारी साधनको र्याली गर्नु प्रदर्शन गर्न पनि पाईदैन ।
सवारी साधनको प्रयोग सम्बन्धी आचरण : प्रतिनिधि सभा सदस्य ँएत्ए तर्पmका प्रत्येक उम्मेदवारले बढीमा चारवटा चारपाङ्ग्रे हलुका सवारी साधन र बढीमा चारवटा मोटरसाइकल वा त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्दछन् । प्रदेश सभा ँएत्ए तर्फका प्रत्येक उम्मेदवारले बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारी साधन र चारवटा मोटरसाइकल वा त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा दुई वटा घोडा प्रयोग गर्न सक्दछन् । यस्तै राजनीतिक दलले एउटा जिल्लामा बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारी साधन वा त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्दछन् । एउटा दल, उम्मेदवारले प्रयोग गरेको सवारी साधन अर्कोले प्रयोग गर्न हुदैन । निर्वाचन अधिकृतले दिएको निस्सा सवारी साधनमा प्रयोग गर्नुुपर्ने कुरा निर्वाचन आचार संहितामा उल्लेख गरिएको छ । तर ब्यवहारमा हेर्दा यस बिपरित उम्मेदवारहरुले सवारी साधनको प्रयोग गरिरहेको पाईएकोले यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
निर्वाचन खर्च सम्बन्धी व्यवस्था : निर्वाचन खर्चको लागि अलग्गै बैङ्क वा वित्तीय संस्थामा खाता खोली निर्वाचन सम्बन्धी सम्पूर्ण कारोबार उक्त खाताबाट सञ्चालन गर्नु पर्दछ । राजनीतिक दलको हकमा विधान बमोजिम र उम्मेदवारको हकमा उम्मेदवार आफंै वा निजको आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्ने ब्यवस्था मिलाउनु पर्दछ । उम्मेदवार वा राजनीतिक दलले आयोगले तोकेको भन्दा बढी खर्च गर्न पाइदैन । उम्मेदवार वा राजनीतिक दलले पाँचहजार रुपैयाँभन्दा बढी चन्दा लिँदा बैङ्क वा वित्तीय संस्था मार्फत लिनुपर्ने हुन्छ । चन्दाको रुपमा नगद लिएमा चन्दा दिने व्यक्ति वा संस्थालाई सो रकम बुझेको रसीद वा भरपाई दिनुपर्ने, खर्चको विवरण बुझाउनु पर्ने, बैँक खाता पारदर्शी बनाउनु पर्ने कुराहरु पनि पालना गर्नु पर्दछ ।
मौन अवधिमा पालना गर्नुपर्ने आचरण : प्रचार प्रसार तथा मत माग्न नहुने, ३०० मिटर वरिपरि राखिएका सामग्री हटाउनु पर्ने,एस.एम.एस. तथा समाजिक संजाल मार्फत प्रचार प्रसार नगर्ने,निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, लोगो जस्ता सामग्रीको प्रयोग, बिक्रि, प्रदर्शन नगर्ने, प्रचार प्रसार गर्ने उद्देश्यले समाचार वा सुचना प्रकाशन प्रसारण गर्न हुदैन ।
मतदानको दिन पालना गर्नुपर्ने आचरण : मतदानका दिन कर्मचारी, सुरक्षाकर्मीलाई सहयोग गर्ने । प्रतिनिधिहरुले कुनै चिन्ह वा संकेत नभएको सादा परिचयपत्र वा व्याच प्रयोग गर्नु पर्ने । शान्तिपूर्वक मताधिकारको अधिकार प्रयोगमा कसैलाई बाधा बिरोध नगर्ने । मतदानको दिन सवारी साधनको प्रयोग गरी ओसार पसार गर्न नहुने । तर शारिरिकरुपले अशक्त वा हिँड्डुल गर्न नसक्नेको लागि मतदान अधिकृतको अनुमतिमा तोकिदिएको सवारी साधन प्रयोग गर्न पाउछन् । मतदान स्थलमा सम्बन्धित ब्यक्ति बाहेक प्रवेश गर्न नहुने ।
मतदान गर्नबाट बञ्चित गराउने अभिपा्रयले कुनै काम गर्न नहुने । यसका अलावा प्रचार प्रसारमा प्रयोग गर्ने पर्चा प्रयोग गर्दा ७५ ग्राम सम्मको कागजमा, कुल क्षेत्रफल ३०० वर्ग इञ्च सम्मको आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चामात्र प्रयोग गर्नुपर्ने । पर्चामा मुद्रक र छपाउने दल वा उम्मेदवारको नाम, ठेगाना उल्लेख गर्नु पर्ने । उमेदवारी दर्ताको बेलामा पारिवारिक तथा सम्पति विवरण बुझाउनु पर्ने हुन्छ । यस बाहेक नेपाल सरकार, स्थानीय तह तथा सार्बजनिक संस्था, कर्मचारीले, सञ्चार माध्यम, गैरसरकारी संस्था, निर्वाचन पर्यवेक्षक पनि निर्वाचनका सन्दर्भमा आचरण पालना गर्नु पर्ने हुन्छ ।
निर्वाचनका बेला बिशेष राजनैतिक दल र उम्मेदवारहरुले संचार माध्याको बढी नै प्रयोग गरेको सन्दर्भमा संचार माध्यामहरुले पनि निम्न बमोजिमका आचरणलाई पालना गर्नु पर्ने हुन्छ । सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्नु पर्दछ । जातजाति, सम्प्रदाय, धर्म, भाषा आधारमा सदभावमा खलल पर्ने गरी समाचार समप्रेशन नगर्ने । निर्वाचन शिक्षामूलक सूचना समाचारलाई उच्च प्रथमिकता दिने । निर्वाचन आयोगले तोकेको निकायबाट अनुमति लिएर मौन अवधिमा बाहेक विज्ञापन गर्ने । पेशागत आचरण विपरित कार्य गर्नु हुदैन । निर्वाचनमा भाग लिएका उम्मेदवारलाई समान अवसर दिने । आधारहीन सामग्री समाजिक संजालमा प्रकाशन प्रसारण नगर्ने । प्रकाशित समाचारको अभिलेख सुरक्षित राख्नु गर्नु पर्दछ ।
निर्वाचन आचार संहिताले निश्चय नै निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न मद्धत गर्दछ । त्यसैले आचार संहिता बिपरितका क्रियाकलापलाई सबै मिलि रोकौ । स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनमा हामी सबैले योगदान पु¥याऔ । (लेखक राष्ट्रिय निर्वाचन पर्यबेक्षण समिति नियोकमा आवद्ध छन् ।)