पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगन्जलाई मुलुककै नमूना सहरका रुपमा विकास गर्नुपर्ने बताएका छन् । सोमबार नेपालगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले विभिन्न विकासका संरचनाहरु उद्दरण गर्दै नेपालगन्ज लाई पश्चिमकै केन्द्र, आधुनिक सहरका रुपमा विकास गर्दै मुलुककै नमूना बनाउनु पर्ने बताए । ‘ती पर्याप्त सम्भावनाहरु हामीले देखेका छौं जसले नेपालगन्जलाई ऐतिहासिक धरातलमा टेकेको अत्याधुनिक सहर बन्न सक्छ’, ओलीले हुलाकी सडक, सरकारी मेडिकल कलेज, चक्रपथ, विमानस्थलको स्तरोन्नती, औद्योगिक क्षेत्रको बिस्तार लगायतका सम्भावना औंल्याउ“दै भने ।
ओलीले मुस्लिम र मधेसी समुदायलाई विशेष सम्बोधन गर्दै आफु नेतृत्वको सरकार र एमालेले गरेका विभिन्न कामको संक्षिप्त जानकारी पनि गराएका थिए । एमाले अध्यक्ष अशोक कोइरालाले सञ्चालन गरेको सभामा वामगठबन्धनका उम्मेदवार महेश्वर गहतराज, पशुपति दयाल मिश्र, मो. हारुन लगायतले बोलेका थिए । सोमबार नै बर्दियाको गुलरियामा आयोजित अध्यक्ष ओलीले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने निश्चित भएको बताए ।
अध्यक्ष ओलीले भने, ‘देशको बिकासको लागि रोजगारी श्रृजना गर्छौ ।’ नेपालका गरिब, सुकुम्बासी, मुक्तकमैया, कम्लहरी, हलियाहरुको उत्थान र विकासको लागि आफ्नो पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरिसकेको बताउदै, बामपन्थीको सरकार बनेपछि आफुले गरेका प्रतिबद्धता सबै पुरा गर्ने बताए । चुनावी सभामा माओवादी केन्द्रका नेता राम बहादुर थापा (बादल)ले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै निर्वाचन पछि वामपन्थीको स्थायी सरकारले नया युगको नेतृत्व गर्ने बताए ।