नेपालगन्जलाई पौने ३ अर्बको बजेट

नेपालगञज मंसीर ८ गते– नेपालगञ्ज उपमहानगरपालिकाले करिव दुई अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ को आय÷ व्यय प्रस्ताव प्रस्तुत गरेको छ । स्थानीय तहको निर्वाचनपछि आज नेपालगञ्ज आयोजित भव्य प्रथम सभा समारोहमा उपमहानगरपालिकाले चालु ०७४/०७५ को लागि आन्तरिक तथा बाह्य श्रोतबाट कुल आय दुई अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ हुने अनुमान गरेको हो ।

प्रथम सभामा उपमहानगरपालिकाका उप प्रमुख उमा थापामगरले चालु वर्षमा आन्तरिक श्रोतको आय १३ करोड ५१ लाख ७५ हजार, बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान गरि दुई अर्व ५७ करोड ५८ लाख ५६ हजार समेत कुल आय दुई अर्व ७७ करोड ९ लाख एक हजार हुने अनुमान वजेट सार्वजनिक गर्नु भयो । अनुमानित वजेट अन्तगर्त चालु खर्च ५६ करोड १७ लाख १९ हजार(२०प्रतिशत) र पुँजीगत खर्च दुई अर्व २० करोड ९१ लाख ८२ हजार ५ सय ९६(८० प्रतिशत) हुने अनमान गरिएको छ ।

गत ०७३/०७४मा आन्तरिक श्रोततर्फ १२ करोड १६ लाख २५ हजार आय अनुमान गरिएकोमा १० करोड ३१ लाख ५२ हजार राजश्व असुल भएको छ । आम्दानीको करिव ८५ प्रतिशत लक्ष्य पुरा भएको देखिन्छ । नेपालगञ्ज नेपालको पर्यटकीय द्धारः शिक्षा, स्वास्थ्य, कषि, उद्योग र व्यापार विकासको मुल आधार भन्ने नारासहितको सार्वजनिक वार्षिक वजेट, नीती तथा कार्यक्रममा नेपालगञ्जलाई केही वर्षमै विकासको उत्कृष्ट नमूना शहर बनाउन उच्च प्राथमिकता दिइने बताइएको छ ।

उपमहानगरपालिका उपप्रमुख थापाद्धारा प्रस्तुत प्रतिवेदनमा उपमहानगरपालिकाले आर्थिक तथा राजश्व वृद्धि र आन्तरिक व्यवस्थापन सुधारलाई जोड दिएको छ । कर दस्तुर, शुल्क दायरा विस्तार, सार्वजनिक जग्गाको अभिलेख, कर नबुझाउनेलाई सेवा सुविधाबाट वञ्चित, वसपार्क निर्माणपछि विभिन्न शुःल्क, कर, वहालकर व्यवस्थित र वृद्धि, ट्राफिक व्यवस्थापन, भ्रष्टाचार मुक्त, सुशासन युक्त प्रशासनको प्रवद्र्धन गरिने निती अघि सारिएको छ ।

 

उपमहानगरपालिका प्रमुख डा धवल शमशेर राणाले नगरको समग्र विकासका लागि विभिन्न शिर्षकमा निती तथा कार्यक्रम समेटनु भएको छ । नेपालगञ्जलाई स्मार्ट सीटीका रुपमा विकास गर्न योजना बनाउने, नगरको नयाँ पञ्चवर्षिय योजना तयार गरिने, एशियाली विकास वैंकको सहयेगमा सञ्चालित सडक, ढल, नाला, ल्याण्ड फील साइड लगायत योजनालाई प्राथमिकता दिने, चक्रपथ निर्माणमा पहल गरिने, डुवानमुक्त, प्लाष्टिकमुक्त शहर, वातावरण मैत्री नगर बनाउन एक घर एक चर्पी, एक व्यक्ति एक विरुवा र एक वडा एकबाल उद्यान बनाउने, भवन आचार सहिंता पालना गर्ने, गराउने, नगरका घर र वाटोको नक्साकन गर्ने, नगरलाई स्वस्थ दुध, मासु र अण्डमा निर्भर गराइने निती अवलम्वन गरिएको छ ।

 
राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने, प्रविधीयुक्त गौशाला, वैकल्पीक स्टेडियम निर्माण, पर्यटन विकासका लागि नगरका महत्वपूर्ण स्थान बागेश्वरी मन्दिर लगायत सवै धर्मका पवित्र स्थानलाई व्यस्थित गरि सहिष्णुता कायम राख्ने, मनिकापुरमा इको टुरीज्म पार्क, सुर्खेतरोडमा हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्रभावकारी बनाउने, क्लीन नेपलगञ्ज ग्रीन नेपालगञ्जका लागि सफा टोल अभियान सञ्चालन गर्ने, सार्वजनिक जग्गा, ताल, इनारको संरक्षण, बाल श्रम÷बाल विवाहमुक्त समाज निर्माण र पूर्ण साक्षरता घोषणालाई प्राथमिकता दिने, स्थानीय सञ्चामाध्यमससँगको सहकार्य, ठेला, टाँगा, रिक्सा व्यवस्थित गरिने लगायत गैससका कार्यक्रमलाई निती तथा वजेटमा समावेश गरिएको छ ।

 

उदघाटन समारोहमा काँगे्रस बाँकेका सभापति किरण कोइराला, एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, संघीय समाजवादी फोरमका अध्यक्ष कमरुद्धिन राई, राजपाका केशवराम वर्मा, प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, पुर्व जिवीस सभापति ओमप्रकाश जंग राणा, पुर्व मेयर विजय गुप्ता, पुर्व उपमेयर ओमप्रकाश आजाद, समसुद्धिन सिद्यीकी, नेपालगञ्ज उद्योग बाणिज्य संघ अध्यक्ष नन्दलाल बैश्य, पत्रकार महासंघ बाँके अधयक्ष ठाकुर सिंह थारु, गैसस महासंघ बाँके सचिव नमस्कार शाह लगायतले शुभकामना मन्तव्यसँगै प्रस्तुत नीती तथा कार्यक्रम कार्यान्वयनका लागि सवै पक्ष जिम्मेवार हुनु पर्ने बताउनु भयो ।

 

नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगर सदस्य, सम्वद्ध विज्ञ लगायतको सहभागिता रहेको बन्द सत्र पनि आपसी छलफलपछि सर्व सहमत सकिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया