‘नेपालगन्ज आर्थिक महानगर’

नेकपा एमाले नेता शंकर पोखरेलले प्रदेश नं. ५ वटा महानगरका योजना अघि सारेका छन् । वाम गठबन्धनबाट प्रदेश नं. ५ का मुख्य मन्त्रीका रुपमा प्रस्ताव गरिएका पोखरेलले आफुस“ग त्यसखालको ‘भिजन’ रहेको प्रष्ट पारे । बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै पूर्व सञ्चारमन्त्री समेत रहेका पोखरेलले राजधानीका रुपमा दाबेदार रहेका नेपालगन्ज, दाङ्ग र बुटवलका छुट्टाछुट्टै विशेषता औंल्याए । ‘नेपालगन्ज आर्थिक राजधानीका रुपमा विकास हुनसक्छ’, पोखरेलले कोहलपुर–नेपालगन्ज जोडेर महानगरका रुपमा विकास गर्ने र त्यो प्रदेश नं. ५ को आर्थिक राजधानी बन्न सक्ने सम्भावना औंल्याए । ‘प्रदेश नं. ५, ६ र ७ आर्थिक केन्द्रका रुपमा नेपालगन्जको विकास रोक्न चाहेर पनि कसैले सक्दैन’, उनले भने ।
उद्योगी, व्यवसायी, बुद्धिजीवि, पत्रकारहरु बीच समृद्धि सभाका रुपमा आयोजना गरिएको बृहत व्यवसायिक भेला तथा अन्तरक्रियामा प्रमुख वक्ता पोखरेलले दाङ्गमा तुल्सीपुर र घोराही तथा रुपन्देहीमा बुटवल र भैरहवालाई छुट्टाछुट्टै विशेषताका महानगर बनाउन सकिने बताए । ‘मस“ग त्यो प्रष्ट खाका छ जसले प्रदेश नं. ५ लाई राष्ट्रिय विकासको मूलधारसग जोड्छ’, पोखरेलले आफु वाम गठबन्धनबाट मुख्यमन्त्रीमा निर्विवाद प्रस्तावित भएको संकेत दिंदै भने, ‘ढुक्क हुनुस् वाम गठबन्धनले जित्यो भने आर्थिक सम्भावनाको ढोका पश्चिमबाटै खुल्छ ।’
नेपालगन्जको विकल्प प्रदेश नं. ५ का अन्य सहर बन्नै नसक्ने ठोकुवा गर्दै नेता पोखरेलले भने, ‘नेपालगन्ज सम्भावना भएको सहर हो ।’ नेपालगन्ज औद्योगिक र व्यवसायिक हबको रुपमा विकास गरेर आर्थिक समृद्धि तर्फ अगाडी बढ्न सक्ने धारणा राख्दै उनले भने, ‘ट्रान्जिट रहेको नेपालगन्जमै पर्यटकीय स्थलको निर्माण गरी पर्यटकहरुलाई नेपालगन्जमा नै रोक्न सकिन्छ ।’
समृद्ध गाउ, समृद्ध सहर, समृद्धि प्रदेश र समृद्ध देश बनाउन योजनाबद्ध दीर्घकालीन सोंच राखेर मात्र विकासका योजना बनाइनु पर्ने धारणा राख्दै नेता पोखरेलले भने, ‘दीर्घकालीन सोंचको अभावकै कारण अहिलेसम्म देशले फड्को मार्न सकेको छैन ।’ जनताको जीवन स्तर नै परिवर्तन हुने गरी विकास नगर्ने हो भने व्यवस्था परिवर्तनको अनुभव जनताले नपाउने धारणा उनको थियो । विकास, निर्माणका कार्यक्रम तिव्र रुपमा सञ्चालन गरिए आर्थिक विकास हुदै जाने धारणा राख्दै नेता पोखरेलले त्यसका लागि दक्ष जनशक्ति उत्पादनको आवश्यकता औंल्याए । ‘नेपालले आफै सञ्चालन गरेका परियोजनामा समेत विदेशबाट दक्ष जनशक्ति ल्याउनु पर्ने बाध्यता छ’, नेता पोखरेलले भने, ‘ठूलो परियोजनामा विदेशले काम गर्दा नेपालीले पनि सिक्ने अवसर प्रदान गर्ने सोंच नहुदा दक्ष जनशक्तिको अभाव छ ।’
अर्थ अनुपत्पादक क्षेत्रमा खर्च गर्ने नेपालीको स्वभावका कारण पनि विकासले गति लिन नसक्नुको एउटा कारक रहेको नेता पोखरेलको भनाइ थियो । ‘जीवनभर कमाउने र कमाएको पैसा बस्नका लागि मात्र पाच तले घर बनाउने हो भने त्यसले आर्थिक विकासमा सहयोग पुग्दैन’, उनले भने, ‘समृद्धि हासिल गर्न अर्थलाई योजना अनुसार परिचालन गर्न आवश्यक छ ।’
राजनीतिक स्थायीत्व र नेतृत्वको चाहना हुने हो भने देश भित्रैको आन्तरिक पू“जी परिचालन मार्फत १० बर्षमै मुलुकलाई गरिबीबाट अलग गर्न सकिने धारणा नेता पोखरेलको थियो । उनले जनताले महसुस गर्ने गरी ५ बर्षमै विकासको गतिमा लम्किन सक्ने पर्याप्त सम्भावनाहरु रहेको बताए । वाम गठबन्धनका बारेमा आफ्नो धारणा राख्दै नेता पोखरेलले पार्टीको एकताको आधार तयार गर्दै माओवादी केन्द्र र नेकपा एमाले एक ठाउ“मा उभिएको बताए । ‘देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो तर देशको अवस्था परिवर्तन भएन’, उनले देशको अवस्था परिवर्तनका लागि वाम गठबन्धन आवश्यक रहेको तर्क गरे ।
कार्यक्रममा विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश समेत गरेका थिए । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खा“, मिसबाहुलहक अन्सारी, राप्रपाका नेता अभय कुमार बस्नेत, राप्रपा बर्दियाका नेता राजिव मल्ल, सत्यनारायण बर्मा, राजकुमार शुक्ल एमालेमा प्रवेश गरेका हुन् ।

 

 

संयुक्त उद्योग व्यवसायी संगठनका अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा वामगठबन्धनबाट बाके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार पशुपति दयाल मिश्र, बा“के क्षेत्र नं. २ (ख)का उम्मेदवार विजय कुमार गुप्ता, बाके प्रदेश नं. २ क का उम्मेदवार कान्त प्रसाद खटिक, वाम गठबन्धन संयुक्त निर्वाचन परिचालन कमिटिका जिल्ला संयोजक दिनेश चन्द्र यादव, पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदी, नेता दामोदर आचार्य लगायतले बोलेका थिए ।

 

समृद्धि सभामा व्यवसायिक मुद्दा

बिहीबार नेपालगन्जमा संयुक्त उद्योग व्यवसायी संगठनले आयोजना गरेको समृद्धि सभामा व्यवसायिक क्षेत्रका अगुवाहरुले औद्योगिक विकास मार्फत नेपालगन्जको विकासमा जोड दिएका छन् । उनीहरुले नेपालगन्जमा औद्योगिक सम्भावनाका विभिन्न क्षेत्रहरुको चर्चा गरेका थिए ।
सभामा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले राज्य सधैं नेपालगन्जको विकासमा उदासिन रहेको आरोप लगाए । ‘नेपालगन्जमा औद्योगिक विकासका लागि आवश्यक कामहरु बर्षौको प्रयासमा पनि सफल हुनसकेनन्’, उनले भने ।
बहुउद्देश्यीय सभा गृह निर्माणका लागि भोगाधिकार लिएको बर्षौ भइसक्दा पनि बजेट अभाव हु“दा काम सुरु हुन नसकेको जानकारी दिंदै अध्यक्ष वैश्यले भने, ‘वाम गठबन्धनको सरकार बनेमा हाम्रा मुद्दा सुनुवाई हुनेछन् भन्ने विश्वास छ ।’ नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगाह, बहुउद्देश्यीय सभा गृह, प्रदर्शनस्थल आवश्यक रहेको बताउ“दै नेता वैश्यले त्यसका लागि निर्वाचन पछि बन्ने प्रदेश सरकारले पहल गर्ने विश्वास व्यक्त गरे ।
‘आन्दोलनमा नेपालगन्ज सधै अगाडी छ’, अध्यक्ष वैश्यले भने, ‘तर, नेपालगन्ज विकासका हिसाबले त्यति नै पछाडी छ ।’ अब पनि नेपालगन्जलाई वेवास्ता गरिए व्यवसायीहरु पनि आन्दोलनमै जान बाध्य हुने अध्यक्ष वैश्यको भनाइ थियो ।
उद्योगी प्रदिप छाजेडले स्थानीय तह प्रदेश देखि केन्द्र सम्मको औद्योगिक नीति एउटै बन्नुपर्नेमा जोड दिए । उनले नेपालगन्जको औद्योगिक क्षेत्र अत्यन्तै साघुरो भएकाले नया“ औद्योगिक क्षेत्र निर्माण तर्फ ढिलो गर्न नहुने बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सतिश चन्द्र अग्रवालले आइटी कलेजको आवश्यकतामा जोड दिंदै दलहरुको ध्यानाकर्षण गराए । व्यवसायी मो. सरिफ बागवानले आर्थिक समृद्धिका लागि वाम गठबन्धनको विकल्प नरहेको धारणा राखे ।
व्यवसायी समेत रहेका बाके क्षेत्र नं. २ (ख)का उम्मेदवार विजय कुमार गुप्ताले आफु विजयी भएमा नेपालगन्जलाई आर्थिक राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले राजनीतिलाई समाज सेवाका रुपमा लिएर अगाडी बढेको बताउ“दै नेपालगन्जको विकासका लागि औद्योगिक, व्यवसायिक विकासमा लागि पर्ने बताए । ‘विद्युत, विश्वविद्यालय, औद्योगिक क्षेत्रको विकास नै मेरो लक्ष्य हो’, गुप्ताले भने ।
त्यस्तै, बाके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार पशुपति दयाल मिश्रले व्यवसायीको सम्मान, सुशासन र भ्रष्टाचार मुक्त समाज निर्माणका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘२४ जिल्लाको केन्द्र बिन्दु नेपालगन्ज रहेकाले यसलाई आर्थिक राजधानीका रुपमा विकास गर्न सकिने धारणा राखे ।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यले संविधान कार्यान्वयन र राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन विजय गराउन आवश्यक रहेको धारणा राखे । तीन वटा प्रदेशको केन्द्र नेपालगन्ज भएपनि विकासमा पञ्छाउने गरिएको बताउदै वाम गठबन्धनका नेता समेत रहेका आचार्यले भने, ‘वाम गठबन्धनको सरकार बनेमा नेपालगन्ज विशेष औद्योगिक क्षेत्र हुनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया