व्यवसायीहरु चुनावी प्रचारमा

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दलहरुले निर्वाचनका प्रचारका गतिविधिलाई तिव्रता दिएका छन् । नेपालगन्जमा उद्योगी, व्यवसायीले नै प्रदेश सभा र प्रतिनिधिसभाको उम्मेदवारी दिएपछि यहाका व्यवसायीहरु पनि निर्वाचन प्रचारमा होमिएका छन् ।
‘निर्वाचनमा औपचारिक रुपमै व्यवसायीहरुले मत माग्दै हिडेको कमै देखिन्छ’, प्रचारमै संलग्न व्यवसायीहरु भन्छन्, ‘ आफ्नै क्षेत्रबाट उम्मेदवार पाएपछि यसपटक भने उम्मेदवारसगै व्यवसायी पनि मत माग्दै हिडेका हौं ।’ नेपालगन्जका व्यवसायी मतदाताको संख्या उल्लेख्य रहेको छ । त्यसैले पनि यहाबाट उद्योगी, व्यवसायीहरुले आफ्नो पक्षमा मत पार्न सहज हुने विश्वास स्थानीयबासीको रहेको छ । उद्योगी पशुपति दयाल मिश्र, व्यवसायी विजय गुप्ताले नेपालगन्ज क्षेत्र नं. २ बाट प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

 

 

निर्वाचन प्रचारमा सघाउन व्यवसायी संगठन पनि खुलेर नै लागेका छन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका व्यवसायीहरुलाई सघाउने उद्देश्यले व्यापारीहरुको संगठन नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्ष भाष्कर काफ्लेको अध्यक्षतामा संयुक्त जिल्ला सचिवालय नै गठन गरेका छन् । भाष्कर काफ्लेको अध्यक्षतामा रहेको १३ सदस्यीय समिति पछिल्ला दिन बाकेमा निर्वाचन प्रचारमा सक्रिय रहेको छ । ‘नेपालगन्ज व्यवसायिक र औद्योगिक सम्भावनाको सहर हो’, वाम गठबन्धनको प्रचारमा सक्रिय व्यवसायीहरु भन्छन्, ‘व्यवसायीले यहा“को समस्या बुझेको छन् र उनीहरु औद्योगिक, व्यवसायिक क्षेत्रको विकास गरी समृद्ध नेपालगन्ज बनाउन सक्छन् भन्ने विश्वासका प्रचार अभियानमा सहभागी भएका हौं ।’
बाके क्षेत्र नं. २बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पशुपति दयाल मिश्र र प्रदेश सभाका उम्मेदवार विजय कुमार गुप्ताले निर्वाचन प्रचारका क्रममा हुने कोणसभाहरुमा पनि व्यवसायिक क्षेत्रलाई उत्तिकै महत्व दिने गरेका छन् । उनीहरु आफु विजयी भएमा औद्योगिक र व्यवसायिक विकास मार्फत नेपालगन्जको विकास र समृद्धिका लागि अग्रसर हुने प्रतिबद्धता
जनाउदै आएका छन् । नेपालगन्ज विश्वविद्यालय, पर्यटन हव, भेरी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेज रुपमा बिस्तार गर्ने, विशेष आर्थिक क्षेत्र, राप्ती नदीको कटान रोक्ने र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित बसोबास गराउने, क्षेत्रमा पर्ने हरेक बाटोहरु पीच गर्ने प्रतिबद्धता वाम गठबन्धनका उम्मेदवारहरुले निर्वाचन प्रचारका क्रममा गर्दै आएका छन् । नेता मिश्र र गुप्ताको घरदैलो अभियानमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले समेत सम्बोधन गर्दै समर्थनमा शुभकामना दिइसकेका छन् ।

 

 

बुधबार नेपालगन्ज–१० मा मतदाताहरु भेट्दै मिश्रले नेपालगन्जलाई मध्यपश्चिमको पर्यटन क्षेत्रको हव बनाउन आफूहरुको उम्मेद्वारी रहेको बताएका छन् । उनले भने, ‘बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, मानसरोवर, रारा लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकहरुलाई नेपालगन्जमा केहीदिन होल्ड गर्न सकिने गरी यस क्षेत्रको विकास
गर्नेछु ।’ उनले पर्यटनसँगै संघीय प्रदेशको आर्थिक राजधानीका रुपमा नेपालगन्जलाई विकास गरेर लैजाने प्रतिवद्धतासमेत गरे ।

 
बाँके क्षेत्र नं. २ ‘ख’ का उम्मेद्वार विजयकुमार गुप्ताले नेपालगन्जलाई मध्यपश्तिमकै केन्द्रविन्दु बनाएर आर्थिक सम्वृद्धिको ढोका खोल्न वाम गठबन्धनले जित्नैपर्ने दावी गरे । भारतको रुपौडियासँग जोडिएको नेपालगन्ज–कोहलपुर कोरिडोरमा ठूला लगानीका उद्योगहरु सञ्चालन गर्नुका साथै बाँकेलाई औद्योगिक शहरका रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको उम्मेद्वार गुप्ताले बताए ।

 
‘नेपालगन्ज जडिबुटीजन्य उद्योगको पनि हव हो । यहाँ जडिबुटी प्रशोधन गर्ने केन्द्र छैन । उद्योग सञ्चालनका लागि हामीले प्रतिवद्धता पनि व्यक्त गरिसकेका छौँ,’ उम्मेद्वार गुप्ताले भने, ‘जडिबुटी उत्पादनका लागि मध्यपश्चिमको पहाडी तथा हिमाली भेग अग्रणी भएकाले जडिबुटीजन्य उद्योगको हवका रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने बताए ।’
पछिल्लो समय व्यवसायिक क्षेत्रमै सक्रिय मो. इस्तियाक राईले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिएका छन् । मो. इस्तियाक नेपालगन्जको विकासका विभिन्न क्षेत्रलाई आफ्नो चुनावी मुद्दा बनाउ“दै निर्वाचन प्रचारमा जुटेका छन् । इस्तियाकको निर्वाचन प्रचार अभियानमा पनि व्यवसायिक क्षेत्रका व्यक्तिहरुको उपस्थिति देखिन्छ ।
बा“केमा सबैजसो राजनीतिक दलका उम्मेदवारहरु दैनिक जसो प्रचारका गतिविधि सञ्चालनमा व्यस्त रहेका छन् । वामगठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले कांग्रेसमुक्त नेपाल बनाएपछि मात्रै नेपालमा विकास र सम्बृद्धिको युगको सुरुवात हुने बताएका छन् ।

 
बाँकेको बैजनाथ गाउँपालिकाको सुतैयामा बुधबार आयोजित कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार नन्दलाल रोकाय र पदेशसभा २ का उम्मेदवार आइपी खरेलले विकास र सम्बृद्धिको लागि कांग्रेसमुक्त नेपाल बनाउने अभियानमा साथ दिन उनीहरुले अपिल समेत गरे ।

 
त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट बाके क्षेत्र नं. ३बाट प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, प्रदेश क का उम्मेदवार चन्तराम थारु र प्रदेश ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारयाण शाहले बुधबार पनि घरदैलोलाई निरन्तरा दिएका छन् ।
प्रदेशसभा ख का उम्मेदवार लक्ष्मीनारायण शाहले पनि बाम गठबन्धन विरुद्ध एक ढिक्का भएर लोकतान्त्रिक शक्तिलाई जिताउन अपिल गरे । घरदैलोका क्रममा उनले भने, ‘तपाईसँगै रहेर काम गर्न चाहान्छौ, तपाईका समस्या आप्mनै समस्या ठानेर अघि बढ्ने छौं । लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्वर ३ को रनियापुरमा चुनावीसभा गरेको छ ।
विवेकशील साझा पार्टीबाट बा“के क्षेत्र नं. २ (ख)का उम्मेदवार डा. विनोद कर्णले बुधबार नेपालगन्ज–१०मा घरदैलो गरेका छन् । उनले त्यसक्रममा मतदाताबाट सहयोगको प्रतिबद्धता पाएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया