नेपालगन्जलाई खेलाडीको सहर बनाउने प्रतिबद्धता

मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले नेपालगन्जलाई ‘खेलाडीको सहर’का रुपमा स्थापित गर्ने प्रतिबद्धताका लागि आफुहरु लागि परेको बताएका छन् ।

 
बुधबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा बोल्दै क्षेत्रीय अध्यक्ष ओलीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनासम्म पुग्दा खेलकुदका पूर्वाधारमा समेत नेपालगन्जले ठूलो फड्को मार्ने बताए । नेपालगन्ज म्याराथनको समिक्षात्मक अन्तरक्रियामा क्षेत्रीय अध्यक्ष ओलीले खेलकुद पर्यटनलाई नेपालगन्जले पहिचानको रुपमा स्थापित गर्न चाहिरहेको भन्दै नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्ड कप फुटबल र प्रधानमन्त्री कप भलिबल जस्ता आयोजनाहरु त्यसका लागि अग्रसर भैरहेको बताए । ‘अरु पनि यसखालका आयोजनाहरुका लागि हामी प्रेरित गर्नेछौं’, ओलीले भने ।

 

 

बाकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पहिचान र पर्यटनलाई बढावा दिन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै नेपालगन्ज म्याराथन सुरुवाती चरणमै राम्रो आयोजनाका रुपमा स्थापित भएको बताए । पत्रकार, आयोजक, आयोजनामा सघाउने साझेदार संस्थाहरु, उपाधी विजेता, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु बीच आयोजित समिक्षात्मक अन्तरक्रियामा सहभागीहरुले यसखालका आयोजनाहरुलाई नेपालगन्जबासीले सबैको साझा आयोजनाका रुपमा लिनुपर्नेमा जोड दिए । ‘हामीले नेतृत्व लिएका मात्र हौं’, नेपालगन्ज म्यारथनका आयोजक क्रियटिभ ह्याण्ड टिएस ठकुरीले आयोजना सफल हुनुमा सबै हकदार रहेको तर्कगर्दै भने, ‘आगामी आयोजनाहरु अझ भव्य, सभ्य र सफल ढंगले आयोजना गरिनेछन् ।’

प्रतिक्रिया

प्रतिक्रिया