महोत्सव तयारीमा संघ

कोहलपुर उद्योग वाणिज्य संघले औद्योगिक व्यापार तथा पर्यटन महोत्सव २०७४ को तयारी सुरु गरेको छ ।
संघले आगामी माघ माघ २६ देखि फागुन ८ सम्म गते सम्म कोहलपुरमा महोत्सव गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । संघको मंगलबार बसेको बैठकले महोत्सव तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको महासचिव तेज प्रसाद अधिकारीले दैनिक नेपालगन्जलाई जानकारी दिए ।

 
‘महोत्सवलाई भव्य र व्यवस्थित रुपमा आयोजना गर्न तयारी सुरु गरेका छौं’, महासचिव अधिकारीले भने । व्यवसायिक र पर्यटन प्रवद्र्धन स“गै संघको भवन निर्माणका लागि स्रोत समेत जुटाउने आयोजना गर्न लागिएको महोत्सवबाट ५० लाख बचत गर्ने लक्ष्य संघले लिएको छ । झण्डै तीन सय स्टल रहने महोत्सवमा ३ करोडको कारोबारको लक्ष्य लिइएको महासचिव अधिकारीले जानकारी दिए । ‘उद्योगी व्यवसायीका उत्पादन, कृषि, पर्यटन, घरेलु, उद्योग, कला, सस्कृतिसग सम्बन्धित वस्तुहरु महोत्सवमा रहनेछ’, महासचिव अधिकारीले सा“कृतिक कार्यक्रम समेत महोत्सवको आकर्षकको रुपमा रहने जानकारी दिंदै भने ।

 

 
संघको बैठकले जिम्मेवारी बा“डफा“ड गर्दै कला, संस्कृति, यातायात, अतिथि सत्कार तथा आवास व्यवस्थापनका लागि नम प्रसाद शर्मालाई जिम्मेवारी दिएको छ । त्यस्तै, स्टल बुकिङ्ग तथा सूचना प्रविधि उपसमितिको संयोजक प्रदिप भट्टराई, निर्माण तथा बाल उद्यान संयोजकमा लक्ष्मण पौडेल, सचिवालय संघ, संस्था, सञ्चार तथा पार्किङ्ग व्यवस्थापनका लागि सुनिल खनाललाई संयोजकको जिम्मेवारी दिइको छ । आर्थिक तथा टिकट व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी सुनिल खनाल, प्रचारप्रसार, नगर सजावट, व्यानर व्यवस्थापनको जिम्मेवारी इश्वर श्रेष्ठलाई दिइएको महासचिव अधिकारीले जानकारी दिए ।

 
बैठकले मञ्च सजावट, उद्घाटन तथा समापन कार्यक्रमको संयोजकमा मातृका सापकोटा, झाकी, र्याली, कृषि, जटिबुटी, विद्युत, खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा टिकाराम ढुंगाना, अनुगमन, मूल्यांकन तथा पुरस्कार व्यवस्थापन संयोजकमा नरेन्द्र प्रसाद शर्मालाई चयन गरेको छ ।
त्यस्तै, बैठकले विशिष्ट सदस्यमा टिकाराम ढुंगाना, सदस्यमा भरत कठायत र निर्मला मल्ललाई चयन गरेको छ भने वरिष्ठ सल्लाहकारमा चिन्तामणि धिताल, सल्लाहकारमा पोष्टराज भुषाल, ज्ञानेन्द्र उप्रेति, लक्ष्मण राज पौडेल, बलाराम काफ्लेलाई मनोनित गरेको महासचिव अधिकारीले बताए । संघको बैठकले कानुनी सल्लाहकारमा अधिवक्ता लोक बहादुर शाह, प्रेस सल्लाहकारमा विष्णु वेल्वासे, आर्थिक सल्लाहकारमा दधिराम सापकोटा लाई समेत चयन गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया