पूर्व प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको आइतबार विहान नर्भिक अस्पतालमा निधन भएको छ ।
आफ्नै घरमा अचेत अवस्थामा रहेका प्रकाशलाई अस्पताल पुर्याउने बित्तिकै उनीमा जीवन कुनै संकेत देखा नपरेको चिकित्सकहरुले बताएका छन् । अस्पतालले प्रकाशको मृत्यु बारे पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ । प्रकाश राजनीतिमा समेत सक्रिय थिए ।
निर्वाचन प्रचारमा रहेका प्रचण्ड हेलिकप्टर मार्फत काठमाडौं पुगेका छन् ।