सुरु भो कर सप्ताह (तस्वीरहरु)

शुक्रवारदेखि कर सप्ताह विभिन्न कार्यक्रम गरी देशव्यापी रुपमा मनाइदै छ । दिगो राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि सुदृढ कर शासन स्थापित गर्न भन्दै सरकारले २०६९ साल देखि राष्ट्रिय कर सप्ताह मनाउन थालेको हो । मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस र मंसिरको पहिलो सातालाई कर सप्ताहका रुपमा मनाइने गर्छ ।


यस बर्ष छैठौं कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पनि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ । आज कर सप्ताहको पहिलो दिन नेपालगन्जमा आन्तरिक राजश्व कार्यालयको आयोजनामा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरिमा लेखापरीक्षक, उद्योगी, व्यवसायी, कर अधिकृत लगायतको सहभागिता रहेको थियो ।


आन्तरिक राजश्व कार्यालय नेपालगन्जले कर सप्ताहका क्रममा बा“सगढी, कोहलपुर र नेपालगन्जमा कर सम्बन्धी विविध विषयमा छलफल गर्ने भएको छ । उक्त स्थानका उद्योग वाणिज्य संघको सहकार्यमा करदाता शिक्षा कार्यक्रम आयोजना गर्न लागिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका सूचना अधिकारी राजु प्याकुरेलले जानकारी दिए ।

त्यसक्रममा विद्यार्थी तथा प्राध्यापकहरुसग समेत आन्तरिक राजश्व कार्यालयले अन्तरक्रियात्मक कार्यक्रम गर्न लागेको छ । ‘सोमबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका अर्थशास्त्र तथा व्यवस्थापन अध्ययनरत् विद्यार्थीहरु स“ग करको प्रचलित अभ्यासका कार्यक्रममा अन्तरक्रिया गर्न लागिएको हो’, प्याकुरेलले भने ।

(तस्वीरहरु : विशाल रानामगर/नेपालगन्जन्यूज)

 

प्रतिक्रिया

प्रतिक्रिया