आजबाट कर सप्ताह

आज शुक्रवारदेखि कर सप्ताह विभिन्न कार्यक्रम गरी देशव्यापी रुपमा मनाइ“दै छ । दिगो राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि सुदृढ कर शासन स्थापित गर्न भन्दै सरकारले २०६९ साल देखि राष्ट्रिय कर सप्ताह मनाउन थालेको हो । मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस र मंसिरको पहिलो सातालाई कर सप्ताहका रुपमा मनाइने गर्छ ।

 
यस बर्ष छैठौं कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पनि सप्ताहव्यापी
रुपमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ । आज कर सप्ताहको पहिलो दिन प्रभातफेरी आयोजना गर्न लागिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका सूचना अधिकारी राजु प्याकुरेलले जानकारी दिए ।

 
आन्तरिक राजश्व कार्यालय नेपालगन्जले कर सप्ताहका क्रममा बा“सगढी, कोहलपुर र नेपालगन्जमा कर सम्बन्धी विविध विषयमा छलफल गर्ने भएको छ । उक्त स्थानका उद्योग वाणिज्य संघको सहकार्यमा करदाता शिक्षा कार्यक्रम आयोजना गर्न लागिएको सूचना अधिकारी प्याकुरेलले बताए ।

 
त्यसक्रममा विद्यार्थी तथा प्राध्यापकहरुस“ग समेत आन्तरिक राजश्व कार्यालयले अन्तरक्रियात्मक कार्यक्रम गर्न लागेको छ । ‘सोमबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका अर्थशास्त्र तथा व्यवस्थापन अध्ययनरत् विद्यार्थीहरु स“ग करको प्रचलित अभ्यासका कार्यक्रममा अन्तरक्रिया गर्न लागिएको हो’, प्याकुरेलले भने ।

तपाईको व्यवसाय दर्ता छैन ?

दर्ता नगरे पसल, व्यवसायको कर नै तिर्नु पर्दैन भन्ने भ्रममा हुनुहुन्छ भने सचेत हुनुहोस् । त्यस्ता व्यवसायीहरुलाई करको दायरामा ल्याउन आन्तरिक राजश्व कार्यालयले अनुगमन गरी कारवाही गर्ने गरेको छ ।

 

कर सप्ताहको पूर्व सन्ध्यामा दैनिक नेपालगन्जस“ग कुरा गर्दै आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत जनकराज शर्माले दर्ता नगरी व्यवसाय गर्ने र समयमा कर नतिर्ने व्यवसायीलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने गरेको जानकारी दिए । उनले यस आ.व.मा २ सय ३२ वटा करदातामा पुगेको जानकारी दिंदै भने, ‘त्यसक्रममा जरिवाना समेतको निर्णय भएको छ ।’ ‘करमा दर्ता नभई व्यवसाय सञ्चालन गर्न पाइ“दैन’, प्रमुख कर अधिकृत शर्माले भने, ‘दर्ता नगरे करबाट मुक्ति हुन्छ भन्ने कसैले सोच्छ भने उ एकैपटक जरिवानामा पर्न सक्छ ।’ ‘अनुगमन गर्दाको समयमा दर्ताको कारवाही मात्र हु“दैन’, उनले भने, ‘जहिले देखि व्यवसाय सञ्चालनमा छ सोही मितिदेखि कानुन बमोजिम कर तथा जरिवाना तिर्नुपर्ने हुन्छ ।’

 
‘कानुन बमोजिम नगर्ने जो कोही पनि कारवाहीको दायरामा आउ“छन्’, प्रमुख कर अधिकृत शर्माले कारोबार गर्दा सम्बन्धित कार्यालयमा दर्ता भई ढुक्क भएर व्यवसाय गर्न सुझाव दिंदै भने । व्यवसायीहरुले भने औपचरिक कार्यक्रमहरुमा नै दर्ता नगरी सञ्चालन गरिएका व्यवसायले दर्ता भएर सञ्चालित व्यवसायलाई धराशयी बनाउने गरेको गुनासो गर्दै आएका छन् । ‘सम्बन्धित निकायले कडाईका साथ अनुगमन नगरिदिंदा समस्या धेरै नै छ’, कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले भने, ‘हामीले यसबारेमा पटकपटक वाणिज्य र राजश्व कार्यालयलाई अनुरोध समेत गरेका छौं ।’ ‘विना भन्सार भित्रिने सामाग्री पनि नियमसंगत चलिरहेका व्यवसायलाई असर गरिरहेको छ’, उनले भने ।

 

 
महासचिव अधिकारीले कोहलपुरका व्यवसायीहरुलाई दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न तालिम समेत सञ्चालन गरिएको जानकारी दिएका छन् । ‘व्यवसाय दर्ता प्रक्रिया, कर तथा लेखा विधिबारे यसै महिना २ सय व्यवसायीहरुलाई तालिम दिइसकेका छौं’, उनले भने ।

 
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले करको दर घटाएर साना व्यवसायीलाई पनि कर तिर्न उत्प्रेरित गर्नुपर्ने धारणा राख्छन् । ‘करको दायरा बढाउने र दर घटाउने हो भने साना व्यवसायी पनि दर्ता भएर कारोबार गर्न आकर्षित हुन्छन्’, उनी भन्छन्, ‘सानो र ठूलो पू“जीका व्यवसायीलाई करको दर एउटै हु“दा दर्ता प्रति व्यवसायी आकर्षित हुन नसकेका हुन् ।’ ‘कर राष्ट्रको विकासका लागि हो’, उनले भने, ‘राज्यले कर तिर्ने व्यवसायीलाई सम्मान गर्नुपर्छ ।’

 
‘घुमन्ते, फिरन्ते, ठेलामा हुने व्यवसायबाट दर्ता गरेर सञ्चालित व्यवसायीलाई नोक्सान भएको गुनासो जायज नै हो’, प्रमुख कर अधिकृत शर्माले भने । ‘सीमापारीबाट सामान भित्र्याएर स्थान फेरेर स–साना व्यवसाय गर्नेलाई करको दायरामा ल्याउन चुनौति देखिएको छ’, प्रमुख कर अधिकृत शर्माले यद्यपि, भन्सार स“ग त्यसबारेमा छलफल भैरहेको
बताए । ‘राजश्व छली नहोस् भन्ने उद्देश्यले राजमार्गका विभिन्न ठाउ“मा राजश्व कार्यालयले चेकजा“चको व्यवस्था गरिएको छ’, उनले भने ।

 

 
आन्तरिक राजश्व कार्यालय अनुगमनका साथै कर शिक्षाका कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । गत आ.व. ४८ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको आन्तरिक राजश्व कार्यालयले चालु आ.व.को ३ महिनामा ६ वटा कर सचेतना सम्बन्धी प्रशिक्षण दिइसकेको छ । ‘व्यवसायीहरुबाट माग भए सहजीकरणका लागि हामी तयार नै हुन्छौं’, कर सप्ताहका क्रममा समेत थप ५ वटा कर दाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिंदै प्रमुख कर अधिकृत शर्माले भने ।

प्रतिक्रिया

प्रतिक्रिया