असन्तुलित जीवनशैलीले बढ्दो मधुमेह

देबेन्द्र राज पौडेल / दैनिक नेपालगन्ज
सामान्यतया मधुमेह भन्नाले रगतमा ग्लुकोजको मात्रा बढेको भन्ने बुझिन्छ । ‘इन्सुलिन नबनेमा वा इन्सुलिनले राम्रो स“ग काम नगरेमा रगतमा ग्लुकोजको मात्रा बढ्न जान्छ’, वीर अस्पतालका डाइबिटिज एण्ड इन्डोक्राइमोलोजी डा. अलर्क देवकोटा रजौरियाले उक्त अवस्थालाई मधुमेह भन्ने गरिएको जानकारी दिंदै भने । असन्तुलित जीवनशैली नै मधुमेहको प्रमुख कारण मानिन्छ तर, अन्य अवस्थामा पनि मधुमेह हुने गरेको डा. रजौरिया बताउ“छन् । ‘अझ समयमै मधुमेह भएको थाहा नहु“दा त्यसले मृर्गौला, हड्डी, मुटु, आ“खा लगायतका अंगमा समेत ठूलो क्षति पुर्याउने गरेको छ’, डा. रजौरिया स्वस्थ रहन वर्तमान परिवर्तित जीवनशैली प्रति सजग हुन आवश्यक रहेको सुझाव दिंदै भन्छन् ।
‘मुख्य दुई प्रकारको मधुमेह बढी देखिन्छ’, डा. रजौरियाले त्यसबाहेक बालबालिका र गर्भावस्थामा समेत मधुमेह भटिने गरेको जानकारी दिंदै भने । टाइप वानका मधुमेहका बिरामी दुब्लो, ४० बर्ष भन्दा कम उमेरका हुन्छन् भने टाइप टु मा ४० बर्ष भन्दा बढीका विरामीहरु पर्दछन् ।

 

 
‘टाइप टु मधुमेह विरामीको संख्या अत्याधिक रहेको पाइन्छ’, डा. रजौरियाले भने, ‘टाइप वान का बिरामीहरु लगभग १० प्रतिशत रहेको पाइन्छ ।’ यद्यपि, टाइप वानका बिरामीको संख्या पनि बढ्दो रहेको डा. रजौरियाको भनाइ छ । ‘स्वास्थ्यमा भएको पहु“का कारण टाइप वानका विरामी पत्ता लाग्ने क्रम पनि बढ्दो नै छ’, डा. रजौरियाले पहिले समान्य रुपमा कम उमेरका बिरामीको मधुमेह चेकजाच नहुने गरेको बताउदै भने । कुल मधुमेह रोगी मध्ये टाइप टुका ९० प्रतिशत रहेको अनुमान गर्छन् डा. रजौरिया ।

 

 
‘अव्यवस्थित जीवन शैली, वंशाणुगत तथा मोटोपना नै टाइप टु मधुमेहको प्रमुख कारण हो’, डा. रजौरिया भन्छन् । ‘मधुमेह हुने बित्तिकै हामीले थाहा पाउ“छौं भन्ने छैन’, मधुमेहका लक्षण तत्काल नदेखिन पनि सक्ने बताउ“दै डा. रजौरिया भन्छन् , ‘कतिपय बिरामीको अन्य रोगको चेकजा“च गर्ने क्रममा मधुमेह भएको आशंकामा परिक्षण गर्दा बल्ल थाहा हुने गरेको छ ।’ मोटोपना बढी भएमा, छिनछिनमा पिसाब लागेमा, भोक बढी लागेमा, घाउ निको नभएमा, बढी थकान महसुस हुने गरेमा, आखामा धमिलो पना आएमा मधुमेहको परीक्षण गराउन उत्तम हुने सुझाव डा. रजौरियाको
छ ।

 

 
‘४० बर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गर्नु राम्रो हो’, डा. रजौरियाले भने, ‘आमा, बाबु कसैलाई मधुमेह छ भने ३५ बर्ष कटेपछि नै परीक्षण गर्नु राम्रो हो ।’ मधुमेह भएको समयमै थाहा भएमा त्यसलाई नियन्त्रणमा राख्न सहज हुने गरेको चिकित्सकहरु बताउ“छन् । तर, अहिले मधुमेह रोग सामान्य जस्तै भैसकेको डा. रजौरिया बताउ“छन् । उनी भन्छन्, ‘मधुमेह रोग लाग्दैमा आत्ती हाल्नु पर्दैन तर, विशेषज्ञको सल्लाहमा औषधी तथा अनुशासित जीवनयापनमा भने ध्यान दिनुपर्छ ।’

 

 
टाइप वानका डायवेटिजका विरामीहरुले स्वस्थ्यवर्धक खानपिनमा ध्यान दिने, नियमित शारीरीक व्यायाम गर्ने अनि ईन्सुलिन लिने गरेमा सामान्य जीवन यापन गर्न सकिन्छ । टाइप टुका डायवेटिज भएकाहरुले भने स्वस्थ्यवर्धक खानपीन, नियमित शारीरीक व्यायाम, समय समयमा रक्त परीक्षण र आवश्यक परेमा मुखले खाने ओखती या ईन्सुलिनजन्य सुईहरु लगाएर ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ । ‘मधुमेह लागि सकेपछि आखा, मुटु, पिसाब लगायतको परीक्षण गराइरहने, धुम्रपान, मद्यपान नगर्ने हो भने समस्या बढ्न पाउ“दैन’, डा. रजौरियाले भने ।
‘मानिसहरु शारीरिक व्यायाम र शरीरलाई आवश्यक मात्रामा शुद्ध खाना प्रति लापरवाही गर्दा नै स्वास्थ्यमा समस्या देखिने गरेको हो’, रजौरियाले भने । ‘जहा जे पायो त्यही, जति पनि खाइदिने तर शारीरिक व्यायाम नगर्ने हो भने रोगले संक्रमण त गरिहाल्छ’, उनी भन्छन् ।

 
मधुमेह फेला पर्ने क्रम बढेपछि बा“केमा विभिन्न संस्था तथा मेडिकलले निःशुल्क मधुमेह चेकजाच शिविर समेत सञ्चालन गर्दै आएका छन् । मधुमेह रोगीको संख्या बढ्दै गएपनि त्यससम्बन्धी विशेषज्ञ चिकित्सक भने मध्य र सुदूरपश्चिममा उपलब्ध नरहेको बताउ“छन् औषधी व्यवसायी संघ भेरीका प्रवक्ता जीवन शर्मा । जे शर्मा मेडिकलका सञ्चालक समेत रहेका स्वास्थ्यकर्मी शर्मा परिवर्तित जीवन शैलीले पनि मधुमेह संक्रमित बढेको बताउ“छन् । उनी भन्छन्, ‘रोग लागेपछि सन्तुलित जीवन जिउन बाध्य हुनु भन्दा त्यसअघि नै ख्याल गर्ने हो भने स्वस्थ रहन सकिन्छ ।’
‘यहाका बिरामी स्पेशलिष्ट खोज्दै काठमाडौं र लखनउ जान थालेपछि मैले आफ्नै मेडिकलमा मासिक रुपमा मधुमेह स्पेशलिष्ट लाई निम्त्याउने गरेको छु’, शर्माले भने, ‘यसबाट धेरै लाभान्वित पनि हुनुभएको छ ।’

 

 

मधुमेह रोगी सबैभन्दा बढी भएको पहिलो देश हाम्रो छिमेकी राष्ट्र चीन हो जहाँ लगभग १० करोड जनसंख्या मधुमेह रोगी छन् भने दोस्रो देश पनि हाम्रो छिमेकी राष्ट्र भारत हो जहाँ करिब ७ करोड मधुमेह रोगी भएको मानिन्छ । नेपालमा पनि मधुमेह रोगीको संख्या दिनानुदिन बढ्ने क्रममा छ । एकिन तथ्याङ्क नभएतापनि नेपालमा पनि एक लाख बढी मधुमेह रोगी रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया