मतदानमा मतदाताले परम्परागत सोंच राखिदिंदा मुलुकमा सही परिवर्तन आउन नसकेको भन्दै विवेकशील साझा पार्टीका नेताहरुले ‘यसपटक विवेकको प्रयोग गर्न’ आव्हान गरेका छन् ।
बिहीबार नेपालगन्जमा बाके र बर्दियाका प्रतिनिधिसभा तथा प्रदेश सभा उम्मेदवार घोषणा गर्न पार्टीले आयोजना गरेको प्रमुख वक्ता, केन्द्रीय सदस्य गेहेन्द्र दाहालले भने, ‘जनता प्रति उत्तरदायी जनप्रतिनिधि चुनौं ।’
विवेकशील साझा पार्टीका प्रदेश नं. ६ का संयोजक समेत रहेका दाहालले ‘इतिहास बोकेको दलहरुले जनताको आशा पूरा गर्न नसकेपछि वैकल्पिक शक्ति निर्माणमा लागेको’ बताए ।
‘यसपटक राष्ट्रिय पार्टी अर्को पटक देशको नेतृत्व’ नाराका साथ अघि सरेको विवेकशील साझा पार्टीले बा“केका क्षेत्र नं. १ र २ मा प्रतिनिधिसभा र तीन वटै क्षेत्रमा प्रदेशसभा सदस्यमा उम्मेदवारी सार्वजनिक गर्यो । बिहीबार पत्रकार हरु माझ
विवेकशील साझा पार्टीले बाके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा कुशल अधिकारी तथा प्रदेश सभा सदस्यमा दयाराम थारु क र ज्योति परियार खमा उम्मेदवारी दिइएको सार्वजनिक गरियो ।
क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि नगेन्द्र कुवर र प्रदेश सभामा २ को ख बाट डा. विनोद कुमार कर्णको उम्मेदवारी दर्ता गरिएको पत्रकारहरुलाई जानकारी दिइएको थियो । क्षेत्र नं. ३ मा प्रदेश सभा तर्फ मात्रै ख बाट अमित लामालाई उम्मेदवार बनाएको विवेकशील साझाले प्रतिनिधिसभा सदस्य उठाएको छैन । ‘हामी राजनीति होइन देश निर्माणको अभियानमा छौं’, विवेकशील साझा पार्टीका जिल्ला संयोजक चिरञ्जीवि शर्माले पत्रकारहरुस“ग भने, ‘हामी मूल्य र मान्यताको राजनीतिमा युवा प्रवेशलाई प्राथमिकता लिइरहेका छौं ।’
कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार डा. विनोद कर्णले जनता माझ एउटा भरोसा लिएर जान लागेको धारणा राख्दै भने, ‘हामी भ्रष्टाचार गर्न, लुटतन्त्र मच्चाउन, लाखौं युवा विदेशीन बाध्य पार्न राजनीतिमा आएका होइनौं ।’ उनले पुराना राजनीतिक दलहरुका कारण नै त्यो अवस्था आएको टिप्पणी गर्दै भने, ‘त्यसैले हामीलाई लाग्छ यसपटक जनताले विवेक प्रयोग गर्नुहुनेछ ।’
कार्यक्रममा बर्दिया क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका चन्द्रकान्त ढकालले ७२ बर्षका उमेरमा नया“ पार्टी प्रवेश गर्नुपरेको खुलाउदै भने, ‘अब केही हुन्छ कि !’ पार्टी संयोजक चिरञ्जीवि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार संयोजक निरज शाहले निर्वाचन आयोगको संहिताको दायरामा रहेर प्रचारप्रसारका गतिविधिहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पार्टी प्रवक्ता नारायण पोखरेल, क्षेत्र नं. १ का संयोजक विनोद लामिछाने लगायतका नेताहरुले नया सम्भावनाको खोजी गरिएको भन्दै मतदाताले विश्वास गर्ने आशा गरे । उनीहरुले आफ्नो पार्टी नितान्त फरक ढंगले विधिसम्मत अगाडी बढेको दाबी गर्दै यसैपटक राष्ट्रिय पार्टीका रुपमा स्थापित गराउने उद्देश्य व्यक्त गरेका थिए । विवेकशील साझा पार्टीले पहिलो पटक नेपालगन्जमा आफ्नो औपचारिक कार्यक्रम गरेको हो ।