व्यवसायीद्वारा सामान किन्न भन्सारलाई चुनौति

नेपालगन्जका व्यवसायीहरुले आयात गरेको सामाग्रीको मूल्यांकन भन्सारले खरिद मूल्य भन्दा बढी गर्ने गरेको गुनासो गरेका छन् । बिहीबार नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा भएको आयात निर्यात सम्बन्धमा ऐन नियम, भन्सार मूल्याङ्कन र भुक्तानी व्यवस्था सम्बन्धी कार्यक्रममा सहभागी व्यवसायीहरुले भारतबाट सामान आयात गर्दा भन्सारले खरिद बिल भन्दा बढी मूल्यांकन गरी राजश्व निर्धारण गर्दा समस्या भएको बताएका हुन् ।

 

 
नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहनको आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले सामान खरिद गर्दा लिएको
बिललाई भन्सारले मान्यता नदिंदा बढी राजश्व तिर्नुपरेको बताए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भन्सार मूल्यांकन प्रक्रिया अझै पनि परम्परागत रहेको बताएको छ । ‘सबै विषय परिवर्तन हु“दै गएको छ तर भन्सार मूल्यांकन अझै पनि पञ्चायतीशैलीमा हुने गरेको छ’, अध्यक्ष वैश्यले भने, ‘कर तिरेर व्यवसाय गर्ने व्यवसायीहरुलाई सरकारले सधै शंकाको नजरले हेर्ने गरेको छ ।’

 

 
‘व्यवसायीले सामान आयात गर्दा बिल लिएर आएपछि मूल्यांकनको आवश्यकता नै छैन’, अध्यक्ष वैश्यले व्यवसायीले ल्याएको सामानको बिलमा शंका लागे भन्सारलाई खरिद गर्न चुनौति दिए । ‘व्यवसायीले कम मूल्यका बिल ल्याएका छन् भन्ने लाग्छ भने भन्सारले त्यो सामान खरिद गर्ने व्यवस्था गरिनुपर्छ’, उनले भन्सार मूल्यांकनका नाममा अनावश्यक थप रकम व्यवसायीलाई तिर्न बाध्य पार्न नहुने धारणा राख्दै भने ।

 

 
कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले भने भन्सार मूल्यांकन पारदर्शी रहेको दाबी गरे । उनले भने, ‘सरकारले निर्धारण गरे बमोजिम प्रक्रियागत रुपमा भन्सार मूल्यांकन हुने गरेको छ ।’ सामान आयात गर्ने व्यवसायीले आवश्यक कागजात पेश गर्न नसक्दा र बिल वास्तविक हो कि कममा बनाइएको हो मूल्यांकन गरी राजश्व निर्धारण हुने गरेको भन्सार प्रमुख आचार्यले जानकारी दिए । कार्यक्रममा भन्सार प्रमुख आचार्यले व्यवसायीले सामान आयात, निर्यात गर्दा भन्सारमा अवलम्वन गर्नुपर्ने विधि र प्रक्रियाका बारेमा व्यवसायीहरुलाई जानकारी समेत दिएका थिए ।

 

 
‘व्यवसायीबाट त्रुटि भए वा कसैले भन्सार छलेरमा सयौं गुना सजाय हुने गर्छ’, अध्यक्ष वैश्यले भने, ‘३÷४ ठाउ“का चेकिङ्ग भएर अवैध सामान भित्रिन्छ भने त्यसमा जिम्मेवार कर्मचारीहरुलाई किन कारवाही हुदैन ।’ कार्यक्रममा संघका पदाधिकारी, व्यवसायी लगायत सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया