‘खरानी भएपछि निभ्यो आगो ’

‘जब खरानी भयो अनि आगो निभ्यो’, पंकज श्रेष्ठको भनाइ हो यो । श्रेया इन्टिरियर इन्डष्ट्रिज प्रा.लि.को शो रुम तथा अम्बे फर्निसिङ्ग गार्डेनको गोदाममा गत जेठमा भएको आगलागीमा लगभग ४ करोड ५० लाख क्षति व्यहोरेका श्रेष्ठ निभ्न लागेको आगो पुनः फैलिंदा आफुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको बताउ“छन् । करोडौं ऋण, धन गरेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरु यस्ता दुर्घटनाहरुबाट हुने क्षतिले फेरि उठ्नै नसक्ने अवस्थामा पुग्छन् । चलिरहेको व्यवसाय एकैपटक खरानीमा हुदा भोगेको पीडाबाट कसरी उठ्ने र पुनः पुरानै अवस्थामा पुग्न सकिएला र ? भन्ने भावना पीडित व्यवसायीहरुमा पाइन्छ ।

 

 
त्यस्तै असमञ्जसको स्थितिमा छिन् न्यू आरडी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिना शाही । उनको डिमार्टमेन्ट स्टोर पनि गत असोज १९ गते राती आगो निभाउ“दा सम्म खरानी नै भयो । तत्कालै आगो निभाउन पुगेका प्रहरीलाई सञ्चालक शाहीले ६० लाख बढी सामान रहेको प्रहरीलाई जानकारी दिएकी थिइन् । ‘सबै सखाप भयो’, विमाबाट राहतको आशामा रहेकी शाही भन्छिन्, ‘अब पुनः पहिलेकै लगानी गरेर व्यवसाय गर्ने नगर्ने पारिवारिक सल्लाहमा छु ।’
अम्बे फर्निसिङ्गका सञ्चालक श्रेष्ठ तत्कालै आगो निभाउने व्यवस्था नहु“दा पूर्ण रुपमा शोरुम र गोदाम ध्वस्त भएको बताउछन् ।

 

 

‘निभ्न लागेको आगो दमकल पानी लिन जा“दा फेरि दन्क्यो’, श्रेष्ठ सम्झन्छन्, ‘दमकल फर्किदासम्म निभाउनै नसकिने गरी आगो फैलिसकेको थियो ।’ पर्याप्त दमकल र समयमै पानीको जोहो भैदिएको भए क्षति कम हुने श्रेष्ठ भन्छन् । प्रहरीको अथक प्रयास, रा“झा, बर्दिया, कोहलपुरबाट समेत दमकल आएपछि आगो अन्य पसलहरुमा चाही“ फैलेन । तर, त्यतिबेलासम्म श्रेष्ठको सम्पत्ति भने स्वाहा भैसकेको थियो । श्रेष्ठ आफ्नो एक दशक व्यवसाय सञ्चालन गर्दा बनाएको गुडविलको सहयोगले पुनः व्यवसाय स्थापित गरिरहेको बताउ“छन् ।

 
तीन बर्ष अघि धम्बोझी चोकमा रातीमा आगलागी भयो । त्यसमा आधा दर्जन पसलहरु ध्वस्त भए । तर, त्यसपछि पनि स्थानीय सरोकारवालाबाट यस्ता आगलागीका घटना तत्काल नियन्त्रणका लागि कुनै पहल र प्रयास भएको पाइ“दैन । पछिल्लो पटक घरबारी टोलका दुई वटा कपडाका पसलमा आगो लगानी भयो । नेपालगन्जको पुष्पलाल चोकमा भदौ २५ गते भएको आगलागीमा एउटा ग्यारेजस“गै अम्बे अटो पार्टस्, रितु किराना पसल, अन्सारी अल्मिुनियम, न्यू सुर्खेती रेष्टुरेन्ट, र बराल रिकण्डीसन सखाप भयो । ग्यारेजमा लागेको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फैलदै अन्य पसललाई समेत खरानी बनायो ।

 
दुई बर्ष अघि घरबारीटोलमा रहेको नमस्ते प्रिन्टर्समा भएको आगोले ६० लाख बढीको क्षति पुर्यायो । नमस्ते प्रिन्टर्सका सञ्चालक ज्योतिलाल भण्डारीले रा“झाबाट आएको दमकल खराब बाटोका कारण घरबारीटोल छिर्न नसकेपछि थप क्षति ब्यहोर्नु परेको सुनाउ“छन् । ‘राती १ बजे लागेको आगो विहान ७ बजे बल्ल नियन्त्रणमा आयो’, भण्डारी भन्छन्, ‘त्यतिबेलासम्म सबै खरानी भैसकेको थियो ।’ भण्डारी यसबर्ष बर्षातमा सडकमा तालिएको पानी प्रेसमा छिरेपछि ३ लाख बराबरको कागज पानीले नोक्सान भएको बताउ“छन् । बर्षात्मा जलाम्मे हुने समस्या घरबारीटोलका व्यवसायीको छ ।
अलिकति झरी पर्ने बित्तिकै सडकमा तालिने पानी पसलमा पस्दा धेरै व्यवसायीको मालसामान नोक्सान भएको छ भने सडकमा पानी तालिंदा ग्राहक समेत नआउने गरेको व्यवसायी बताउ“छन् । ‘हरेक बर्ष उही समस्या दोहोरिंरह“दा पनि नगरपालिकाले पानी निकासको लागि उचित व्यवस्थापन गरेन’, भण्डारी भन्छन्, ‘न त यसबारे व्यवसायीहरुको संगठन नेपालगन्ज उद्योग वाणिज्य संघले नै सम्बन्धित निकायमा आवश्यक दबाब सिर्जना गर्यो ।’

 

 
आगलागीका घटनामा धेरै व्यवसायीको एउटै गुनासो रहने गर्छ, पर्याप्त दमकल भएन, दमकल समयमा आएन, दमकलका लागि आवश्यक पर्ने पानी उपलब्ध भएन, आगलागी नियन्त्रणमा लागि आधुनिक प्रविधिको व्यवस्था भएन आदी । श्रेया इन्टरियरका सञ्चालक श्रेष्ठ आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि उपमहानगरपालिकाले पर्याप्त दमकल व्यवस्था गर्नुपर्ने बताउ“छन् । ‘खरानी भएपछि आगो निभाउनुको अर्थ हु“दैन’, श्रेष्ठ नेपालगन्जमा बजार क्षेत्र बढ्दै गएकाले आगो निभाउन आधुनिक प्रविधि समेत आवश्यक रहेको धारणा राख्दै भन्छन् । नेपालगन्ज उपमहानगरपालिकाको दमकल नगरभवनमा राखिने गर्दछ । व्यस्त रहेको उक्त ठाउ“बाट दमकल तत्कालै निकाल्न पनि भीडभाडका कारण ग्राहो नै पर्ने गर्दछ ।

 

 
कारका“दोमा आधा दर्जन पसल एकै पटक जलेपछि नेपालगन्ज उद्योग वाणिज्य संघले घटनाप्रति दुःख व्यक्त गर्दै व्यवसायिक सुरक्षाका लागि आगो नियन्त्रणका प्रविधिको प्रयोग र व्यवसायको बिमा गर्न आव्हान गर्दै सूचना प्रकाशित
गर्यो । संघका अध्यक्ष नन्दलाल वैश्य भवितव्य घटनाबाट बिमाले व्यवसायीलाई आर्थिक क्षति हुन नदिने भएकाले बिमाको सुझाव दिएको सूचना प्रकाशन गर्दा बताएका थिए । बिमा गर्न जति सजिलो छ त्यति नै मुस्किल बिमा रकम पाउन रहेको व्यवसायीहरु बताउ“छन् । बिमा रकम तत्काल प्राप्त गरेर व्यवसायमा लगानी गरांैला भनेर सोच्नु कल्पनामात्र हुने गरेको व्यवसायीहरुको भनाइ छ । ‘आगलागीबाट सबै जलेको पीडा एकातिर हुन्छ, डकुमेन्टेसनको बहानामा अर्काे समस्या झेलाउ“छ’, व्यवसायीहरु भन्छन् । नमस्ते प्रिन्सर्सले आवश्यक डकुमेन्ट बुझाउ“दा पनि क्लेम अनुसार बिमा रकम पाउन नसकेको बताउ“छन् सञ्चालक भण्डारी । ‘लामो समय झन्झन बहोरेपछि बिमा रकम त पाए“’, भण्डारीले ४५ को क्लेममा ८ लाख मात्र पाएको जानकारी दिंदै भने ।

 

 
व्यवसायीहरु उद्योगी, व्यवसायीहरुको छाता संगठन पनि जिम्मेवार भएर व्यवसायीहरुलाई दैविप्रकोप जन्य घटनाबाट बच्ने उपायहरु सुझाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया